संस्कृति

रामग्राम विकास कोषले शुरु गर्यो जागरण कार्यक्रम
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम विकास कोषले शुरु गर्यो जागरण कार्यक्रम

नवलरासी,२ असोजजिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्ना कार्यक्रम अगाडी बढाउदै स्थानिय स्तरमा जागरण कार्यक्रम पनि शुभारम्भ गरेको छ । कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने, स्तुपमा आफ्नो कार्यालय सञ्चालन गरिनुका साथै स्तुपको महत्व जानकारी गराउने उदेश्यले जागरण कार्यक्रम पनि शुर गरेको हो ।जागरण कार्यक्रमको शुभारम्भ स्तुप परिसर नजिकैको सामुदायिक उत्तम बालहित माविका शिक्षकसँग सम्पदा संरक्षणमा सरोकारवालाको भुमिका विषय अन्तरक्रिय मंगलवार गरिएको कोषका सदस्य तथा विपश्यनाका सहायक अचार्य समेत रहेका रामप्रसाद पाण्डेले जानकारी गराए । बुद्धको स्तुपको महत्वबारे अध्यात्मिक महत्वसँगै प्राचिन पुरातात्विक सम्पदाको संरक्षण किन आवश्यक छ ? भन्ने कुरा जानकारी हुन आवश्यक छ । सबै भन्दा पहिला यसबारे स्थानिय शिक्षकलाई सोबारे जानकारी गराउन आवश्यक...
मुस्लिम समुदायले मनाए १४९९ औ मोहम्मद जयन्ती
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

मुस्लिम समुदायले मनाए १४९९ औ मोहम्मद जयन्ती

जिल्लामा इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको १४९९ औ जन्मज्यन्ती धुमधामका साथ मनाइएको छ । संसार भर मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको जन्मज्यन्ती धुमधामका साथ मनाई रहेका बेला जिल्लाका मुस्लिमहरु धर्मावलम्बीहरुले परासी सदरमुकाममा वृहद जुलुस निकाली उक्त ज्यन्ती धुमधामका साथ मनाएका हुन् ।राष्ट्रिय ओल्मा काउन्सिल नेपाल र मोहम्मद ज्यन्ती मुल समितिको संयुक्त नेतृत्वमा जिल्लाको सदरमुकाम परासी बजारमा एक भव्य ज्लुस निकाली मोहम्मद ज्यन्ती मनाइएको थियो । जिल्लाको विभिन्न गाउँ तथा पालिकाहरुबाट आएको स–साना मोहम्मद ज्यन्ती ज्लुसहरु रामग्राम २ हाटबजारमा जुटी एक भव्य ज्लुसको सकल दिइएको थियो । हाटबजारबाट निकालिएको उक्त भव्य मोहम्मदी ज्लुस बाईपास चोक, घोडपाली हुदै जिल्ला प्रशासन, घण्टाघर चोक हुदै बुद्धचोकको परिक्रममा गरेको थियो । मोहम्मद ज्यन्ती ज्लुस परा...
धार्मिक एकता सम्मेलन सम्बोधन गर्न भदौ २९ गते उपराष्ट्रपति नवलपरासी आउदै
नवलपरासी (ब.सु.प.), समाचार, समाज, संस्कृति

धार्मिक एकता सम्मेलन सम्बोधन गर्न भदौ २९ गते उपराष्ट्रपति नवलपरासी आउदै

नवलपरासी,२७ भदौजिल्लामा भदौ २९ गते हुन गई रहेको धार्मिक एकता सम्मेलनलाई सम्बोधन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव आउने भएका छन् । ओल्मा काउन्सिल नेपालको आयोजनामा हुन गईरहेको इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको १४९९ औ जयन्तीको अवसरमा धार्मिक राष्ट्रिय एकता सम्मेलनलाई सम्बोधन गर्न आउने भएको उपराष्ट्रपतिको कार्यालयले पत्राचार गरेको हो ।ओल्मा काउन्सिल नेपालको आमन्त्रणमा उपराष्ट्रपति आउने काउन्सिलका राष्ट्रिय अध्यक्ष सैयद गुलाम हुसैन मजहरीले जानकारी गराए । उनका अनुसार उपराष्ट्रपतिको सचिवालयले सम्मेलनको सुरक्षा ब्यवस्थाका लागि विहिवार नै आईपुगेको छ । सम्मेलनको तयारी भब्य रुपमा भईरहेको उनको भनाई थियो । उतm सम्मेलनमा हिन्दु धर्मको तर्फबाट गजेन्द्रमोक्ष धामका धर्मगुरु कृष्ण प्रपन्नाचार्य,इस्लाम धर्म गुरु मुफ्ती महबुब आलम,बौद्ध धर्मगुरु लुम्बिनीको राजकिय बौद्धविहारका भन्ते सागर धम्म र इसाई ...
रामग्राम विकास कोषद्धारा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना गरिदै
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम विकास कोषद्धारा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना गरिदै

नवलपरासी,२७ भदौजिल्लामा हालै गठित रामग्राम विकास कोषले आफ्ना कार्य अगाडी बढाएको छ । कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने र स्तुपमा आफ्नो कार्यालय सञ्चालन गरिनुका साथै स्तुपको वरिपरि चक्रमण क्षेत्र विस्तर गर्ने जानकारी गराएको हो ।कोषका अध्यक्ष समेत रहेका नगरप्रमुख यादवले स्तुप क्षेत्रको सुरक्षार्थ छिटै प्रहरी विट स्थापनाका लागि कोषको कार्यालयकै छेउमा राखिने गरि आवास,भन्सा सहितको पुर्वाधार बनाई सकेको जानकारी गराए । जिल्लाका शुरक्षा प्रमुखहरुले सो विटका लागि स्थलगत अध्ययन अवलोकन पुरा गरि सकेका छन्, उनले भने, जिल्ला सुरक्षा समितिले विट राख्नका लागि निर्णय गरि सरोकारवाला निकायमा पठाई सकेको छ, उनले भने, आसा गरौ छिट्टै प्रहरी विट स्थाना हुन्छ । त्यसै गरि बुधवार अष्टमी देखी नै स्तुपमा कोषको तर्फबाट दिपावली तथा स्तुपमा धातु प्रार्थ...
प्रतापपुरको बाउन्नगढी प्राचिन बौद्धकालिन भएको पुरातात्विक खोज
पर्यटन, प्रतापपुर गाँउपालिका, समाचार, संस्कृति

प्रतापपुरको बाउन्नगढी प्राचिन बौद्धकालिन भएको पुरातात्विक खोज

नवलपरासी,२३ भदौजिल्लाको प्रतापपुर गाउपालिका २ स्थित बाउन्नगढी क्षेत्र बौद्धकालिन भएको गाउपालिकाले जनाए पछि पुरातात्विक खोजी हुन थालेको छ । प्राचीन कोलिय गणराज्य अन्तरगत नै बौद्ध कालिन प्राचीन (गजगढी) अर्थात अहिलेको बाउन्नगढी भएको बताउदै गाउपालिकाले बौद्ध स्थल भएको दाबाी पश्चात रामग्राम विकास कोषका सदस्य समेत रहेका पुरातत्वका जानकार नारद यादवले सो स्थानमा पुगेर पुरातात्विक बस्तुको खोज गरेको हुन् ।झण्डै १२ विघामा फैलिएको उतm गढी क्षेत्रमा पुरातात्विक खोज गर्दा एन.वि.पि.(खपडाका टुक्राहरु) फेला परेको बताउदै यादवले थप खोजका लागि उत्खनन र भुभौतिक सर्वे गर्न आवश्यक रहेको बताए । गाउापालिकाको अनुमान ठिकै रहेको छ, उनले भने, प्राचिन बस्तु फेला परेका छन् । थप अनुसंधान आवश्यक छ । प्राचीन कोलिय गणराज्य अन्तरगत ठूलो संख्यामा गज(हात्ती) सैनिक रहेको र उतm सैनिक गढी पनि यसै क्षेत्रमा रहेको बौद्ध गन्...
रामग्राम १६ सितापुर कोटहीमाई स्थानमा पुरातात्विक खोज
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम १६ सितापुर कोटहीमाई स्थानमा पुरातात्विक खोज

नवलपरासी,७ असारप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक बस्तुहरु फेला परेसँगै रामग्राम १६ सितापुर स्थित कोटहीमाई स्थानमा पनि पुरातात्विक खोजमा स्थानिय लागेका छन् । राजधानी कोलनगरमा पाईने खैरो भाडा(ग्रेवेयर) जस्तै उतm स्थानमा प्राचिन बस्तु फेला परेको र सोही अनुसार सितापुरको कोटहीमाई स्थानमा पनि पुरातात्विक खोजका लागि पुरातत्वको खोज गर्न लागेका हुन् । राजधानीसँग समकालिन कुनै नगर भएको र उतm स्थानमा राजधानी कोलनगर (पण्डितपुर) कै समकालिन बस्तु पनि भएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताएका थिए । अहिले यादवलाई नै सितापुरमा पनि लगेर अध्ययनका लाग पुरातात्विक समाग्रि संकलन गर्न लगाइएको स्थानिय राधेश्याम सिँह सैथवारले बताए । कोलनगरको कोटहीमाईसँगै साईने भएको यो सितापुर पनि पुरातात्विक स्थल भएको स्था...
ओल्मा काउन्सिलद्धारा हाजीहरुको विदाई
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

ओल्मा काउन्सिलद्धारा हाजीहरुको विदाई

नवलपरासी,३० बैशाखजिल्लाबाट हजका लागि जाने यात्रीलाई ओल्मा काउन्सिल नेपालले विदाई गरेको छ । इस्लाम धर्मावलम्बीहरु साउदीको मक्का मदिनामा धार्मिक तिर्थयात्रामा लागि जाने हजयात्रीलाई काउन्सिलले औपचारिक रुपमा विदाई कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।अ आफ्नै तरिकाले हज गर्न मक्का जाने इस्लामधर्मावलम्बीहरु विगत बर्ष देखी नै जाने गरेका थिइ । तर अहिले जिल्लाबाट हजका लागि जाने ब्यतिmलाई एक औपचारिक कार्यक्रम मार्फत विदाई गर्ने र हजयात्राबाट फर्केका हाजीहरुबाट हजयात्रामा आउने समस्या,कठिनाई बारे जानकारी समेत गराउने उदेश्य राखी विदाई गर्ने संस्कृतिको शुरुवात गरिएको काउन्सिलका अध्यक्ष मौलाना सैयद गुलामले जानकारी गराए । यो एउटा संस्कृतिको विकास गर्ने छ,उनले भने,सबैमा भावनात्मक एकता श्रद्धाको विकास पनि हुनेछ । धार्मिक विश्वासले जाने यात्रा सुखद रहोस भन्ने पनि शुभकामना दिदै विदाई गरिएको उनको भनाई थियो ।...
पाल्हीनन्दन गाउपालिकाद्धारा इदको अवसरमा शुभकामना आदानप्रदान
पाल्हिनन्दन गाउँपालिका, समाचार, संस्कृति

पाल्हीनन्दन गाउपालिकाद्धारा इदको अवसरमा शुभकामना आदानप्रदान

नवलपरासी,२७ चैत्रजिल्लाको पाल्हीनन्दन गाउपालिकाले इस्लाम धर्मालम्बीहरुको महान पर्व इदको पुर्व सध्यामा शुभकामना आदाप्रदान गरेको छ । जिल्लाका सातवटै गाउपालिका मध्ये पाल्हीनन्दनले सम्पुर्ण इस्लामक धर्मावलम्बीहरु सहित स्थानिय जनप्रतिनिधि र राजनीतिक दलहरु सहितको सहभागिताम सो कार्यक्रम गरेको हो ।गाउपालिकाकी उपाध्यक्ष सकिनाको सक्रियतामा आयोजित उतm कार्यक्रममा साझ इस्लाम धर्मावलम्बी सहित अन्य समुदाय सहितको सहभागितामा साझा रोजा खोल्ने कार्यक्रम पनि सामुहिक रुपमा आयोजना गरिएको थियो । गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा भएको उतm शुभकामना आदान प्रदान कार्यक्रममा पुर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपाल पहिला देखी नै धार्मिक सहिसुण्ता भएको मुलुक भएको बताएका थिए । आफ्नो धर्म प्रति कट्टर रहने तर अरु धर्मको पनि सम्मान गर्ने कुरा नेपालबाट सँसारले सिक्नु पर्ने कुरा औल्याउदै त्यसैक...
प्रतापपुर गाउपालिकाको बाउन्नगढी नै प्राचीन बौद्ध कालिन गजगढी
प्रतापपुर गाँउपालिका, समाचार, संस्कृति

प्रतापपुर गाउपालिकाको बाउन्नगढी नै प्राचीन बौद्ध कालिन गजगढी

नवलपरासी,१८ फागुनजिल्लाको प्रतापपुर गाउपालिका २ स्थित बाउन्नगढी क्षेत्र बौद्धकालिन भएको गाउपालिकाले जनाएको छ । प्राचीन कोलिय गणराज्य अन्तरगत नै बौद्ध कालिन प्राचीन (गजगढी) अर्थात अहिलेको बाउन्नगढी भएको बताउदै गाउपालिकाले बौद्ध स्थलको रुपमा विकास गर्ने योजना रहेको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका हुन् ।प्राचीन कोलिय गणराज्य अन्तरगत ठूलो संख्यामा गज(हात्ती) सैनिक रहेको र उतm सैनिक गढ पनि यसै क्षेत्रमा रहेको बौद्ध गन्थहरुमा उल्लेख भएको पाइन्छ । सोही गजगढी कालान्तरमा बाउन्नगढी भएको र यस क्षेत्रमा देवीदेवताको पुजा आजा समेत हुने गर्दा यहाँ बाउन्नगढी देवीको रुपमा अहिले पनि पुजापाठ हुदै आएको छ,गाउपालिका अध्यक्ष यादवले भने,तर यसको प्राचिनताको पहिचान र ऐतिहासिक खोज अनुसंधान गर्दै यसलाई वृहद लुम्बिनीक्षेत्र(ग्रेटर लुम्बिनी)सँग जोडेर विकासका लागि गाउपालिकाले योजना बनाउने छ । यो प्राचिन सम्प...
शिवरात्रीमा लाग्ने अतरहटी मेलाको भब्य तयारी
समाचार, सरावल गाउँपालिका, संस्कृति

शिवरात्रीमा लाग्ने अतरहटी मेलाको भब्य तयारी

नवलपरासी,१७ फागुनजिल्लाको सरावल गाँउपालिका वडा नम्बर २ अत्रहट्टीमा रहेको शिवमन्दीरमा यस वर्ष ५० औँ महाशिवरात्री मेलाको तयारीमा स्थानियबासी जुटेका छन् । विगत बर्ष देखी नै समान्य रुपमा शिवरात्रीको दिन लाग्दै आएको उतm मेलालाई अहिले केही विस्तारित बनाउने योजना सहित स्थानियबासी जुटेका हुन् ।डेढ शताब्दी देखी उतm मेला लाग्दै आएको दाबी सहित मेलाको तयारीबारे आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले पुरानो उक्त मन्दिरमा विगत ५० वर्ष देखि महाशिवरात्रीको अवसरमा मेला लाग्दै बताएका थिए । जानकारीमा आए देखी यस वर्ष मेला आयोजनाको ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सवका कार्यक्रमका साथ मेला संञ्चालन गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष देवानन्द चौधरीले गराएका थिए । उनका अनुसार मेलाको स्वर्ण महोत्सवको अवसरमा विभिन्न सांस्कृतीक तथा खेलकुदका कार्यक्रम आयोजना गरिने छ । यही फागुन २४ देखी २७ गतेसम्म मेलामा विभिन्न...