कृषि

भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ कार्यालयमा एजोलाको प्रदर्शनी
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ कार्यालयमा एजोलाको प्रदर्शनी

नवलपरासी,१४ चैत्रपशु आहारको रुपमा प्रयोग गरिने एजोला बनस्पतीको विउँ सहितको प्रदर्शनी स्थल भेटेनरी अवस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले बनाएको छ । एजोलाको बिउँ किसानले लैजान सकुन र एजोलाबारे जानकारी पनि लिन सक्ने गरि विज्ञ कार्यालयले आफ्नो कार्यालय परिसरमै विँउ सहितको प्रदर्शनी स्थल बनाएको हो ।एजोला पानीमा हुने एक प्रकारको बनस्पती भएको बताउदै कार्यालय प्रमुख श्रवण कुमार चौधरीले किसानलाई यसको महत्व र घरमा खेती गर्न सक्ने यसको उपाय र प्रयोगबारे जानकारी गराउदै आएको समेत बताएका थिए । पशु आहारको यो सहज र सुलभ स्रोत हो,कार्यालय परिसरमा राखिएको उतm एजोला बनस्पती देखाउदै उनले,पशुलाई आवश्यक पोषक तत्वले यो परिपुर्ण बनस्ती हो । यसको प्रयोग किसानले जान्नु पर्छ । माछा,बंगुर,हाँस लगायतका अन्य पशुले पनि यसलाई खाने गर्छन् । पानीमा तैरिने खालको यो बनस्पतीलाई किसानले विस्तारै प्रयोग गर्दै आएको समेत उनले सु...
कृषि विद्युतीकरण गर्न सुस्ताले बनायो १६ करोडको डिपिआर
कृषि, समाचार, सुस्ता गाउँपालिका

कृषि विद्युतीकरण गर्न सुस्ताले बनायो १६ करोडको डिपिआर

नवलपरासी,११ चैत्रजिल्लाको सुस्ता गाउपालिकाले खेत ÷खेतमा सिचाईका लागि विद्युतिकरण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गराएको छ । सुस्ताका किसानले सहज सुलभ ढंगले सिचाई गर्न सकुन भनि खेतबारीमा कृषि मिटर जडान गरि सिचाई गर्ने उदेश्यले कृषि विद्युतिकरणका लािग सो डिपिआर गराएको हो ।बलौटे जमिन भएको सुस्ताको अधिकाँश खेती योग्य जग्गामा सिचाई समस्याबारे स्थानिय किसानले माग गर्दै आएका थिए । गाउपालिका भरिका खेती योग्य जग्गा क्षेत्रमा विद्युतीकरण गराई बोरिगँ र विद्युत मिटर जडान गराउन सकुन भनेर सो डिपिआर गराइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । गाउपालिकाका पाँच वटै वार्डका जग्गामा विद्युत विस्तारका लागि विद्युत पोल,तार र आवश्यक ट्र«ान्सफर्मर जडानका लागि सो डिपिआर गराइएको हो,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,खेतसम्म विद्युत पुर्याउने कार्य गाउपालिकाले आफ्न...
मुलपानीमा बन समुहमा सम्पन्न गरियो बन डढेलो सचेतना सप्ताह
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मुलपानीमा बन समुहमा सम्पन्न गरियो बन डढेलो सचेतना सप्ताह

नवलपरासी, ७ चैत्र,डिभिजन बन कार्यालयले आफ्ना विभिन्न कार्यक्रम गर्दै बन डढेलो सचेतना सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । चैत्र १ देखी ७ गतेसम्म बन क्षेत्र भित्र र सामुदायिक बन मार्फत डिभिजन कार्यालयले विभिन्न जनचेतना,आगो निभाउने प्रयोगात्मक अभ्यास,विद्यालय शिक्षा कार्यक्रम गर्दै सप्ताह मनाउने कार्य सम्पन्न गरेको हो ।उतm कार्यक्रम सुनवल ४ स्थित मुलपानी सामुदायिक बन उपभोतmा समुहको बन क्षेत्र भित्र जिल्लाका सरोकारवाला विच सो कार्यक्रमको समापन गरिएको थियो । बन डढेलो सप्ताह सकिए पनि बन डढेलो रोक्ने कार्य निरन्तर जारी नै रहने डिभिजन बन अधिकृत महेन्द्रराज बाग्ले तथा मुलपानी सामुदायिक बन उपभोतmा समुहले प्रतिवद्धता जनाएका थिए । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव (रुदल)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उतm कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,प्रहरी उपरिक्षक लगायत सुरक्षा निकायको समेत सहभागि...
रासायनिक मलखाद्य खरिदको अधिकार पनि संघ सरकारले प्रदेश सरकारलाई दिनु पर्छ: कृषि मन्त्री यादव
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

रासायनिक मलखाद्य खरिदको अधिकार पनि संघ सरकारले प्रदेश सरकारलाई दिनु पर्छ: कृषि मन्त्री यादव

नवलपरासी, २९ फागुन,लुम्बिनी प्रदेश सरकारका कृषि तथा भुमि ब्यवस्था मन्त्री भण्डारीलाल (यादव) अहिरले किसानलाई मल खरिद समेतको अधिकार प्रदेश सरकारलाई दिनु पर्ने बताएका छन् । नवलपरासी केरा उत्पादक संघको छठौ बार्षिक साधारणसभा उदघाटन गर्ने क्रममा सो कुरा बताएका हुन् । रासायनिक मल खरिद गर्ने अधिकार संघ सरकारले आफैसँग राखेको र मल वितरणका कार्य मात्रै प्रदेश सरकारसँग राख्दा किसानको भावना र चाहना अनुसार प्रदेश सरकारले किसानलाई बेलामा मल उपलब्ध गराउन नसकेको जानकारी गराएका थिए । नेपाल कृषि प्रधान देश हो,तर किसानलाई आवश्यक सुविधा पुर्याउन नसक्नु दुर्भाग्य भएको उनको भनाई थियो । किसानलाई कृषि कार्य गर्नका लागि आवश्यक सिचाई,मलखाद्य,उन्नत विँउ,विषादी र उत्पादित बस्तुको बजारीकरण लगायतको समस्या विद्यमान नै रहेको हुदा किसानको समस्याबारे आफु जानकार रहेको बताएका थिए । आफु स्वमं कृषि पेशा गर्दै अहिले राजनी...
नाममा कृषि ज्ञान केन्द्र, ब्यवहारमा कृषि अनुदान केन्द्र
कृषि, समाचार

नाममा कृषि ज्ञान केन्द्र, ब्यवहारमा कृषि अनुदान केन्द्र

नवलपरासी,२८ फागुनजिल्लाका कृषकहरुलाई कृषि सम्बन्धि ज्ञान वितरण तथा कृषि सम्बन्धि नयाँ खोज अनुसंधान गर्ने उदेश्यले लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कृषि ज्ञान केन्दै अनुदान वितरण कार्यमा ब्यस्त हुदा अनुदान केन्द्र जस्तो भएको छ । कार्यालयको उदेश्य र अहिले गरिदै आएको कार्य शैलि नमिलेको अनुभुति ज्ञान केन्द्रका कर्मचारीले नै महशुस गर्दै ज्ञान केन्द्रले ज्ञानको कुरा छाडेर अनुदान वितरण गर्ने केन्द्र बनेको महशुस गर्न थालेका हुन् ।कृषि ज्ञान केन्द्र एक कृषि विज्ञहरु बस्ने र कृषकहरुलाई कृषि शिक्षा,तालिम,गोष्टि,सेमिनार गर्दै प्रयोगात्मक अभ्यास गराउने हो, कृषि ज्ञान केन्द्रका निमित प्रमुख सन्तोष चौधरीले भने,तर सरकारले कृषकका लागि पठाउने गरेको कार्यक्रम अधिकाँस अनुदानको रुपमा वितरण गर्ने खालको हुदा अनुदान वितरणका प्रकृया गत काम गर्दा मुल काम कृषि ज्ञान दिइने कार्य हुन सकेको छैन् । किसानलाई पनि ज्ञ...
चुरे तराईको बन क्षेत्रमै छ,जैविक मल र सिचाई जलको भण्डारण स्रोत
कृषि, समाचार

चुरे तराईको बन क्षेत्रमै छ,जैविक मल र सिचाई जलको भण्डारण स्रोत

नवलपरासी,२५ फागुनचुरे तराईको बन र खोलानाला मल र जलको भण्डार हुन सक्ने अपार सम्भावना बोकेको भए पनि सरकारी निकाय त्यस प्रति उदासिन देखिएको सरोकारवालाले बताएका छन् । चुरे तराईको बन संरक्षण र ब्यवस्थापन मात्र गरे तराई मधेशको भुमिलाई आवश्यक पर्ने जैविक मल र सिचाई जल आपुर्ति हुन सक्ने आधार बनाउन सक्ने सरोकारवालाले त्यस प्रति सरकारी उदासिनता अहिलेसम्म रहेको बताएका हुन् ।किसानलाई पनि चुरेको मल र जलबारे जनचेतना बढाउन नसकि आयातित रासायनिक मल र भुमिगत जल प्रति अभिप्रेरित गर्नु दुर्भाग्य पुर्ण रहेको संघिय सँसद राष्ट्रियसभाका पुर्व साँसद रामलखन हरिजलले बताएका हुन् । राष्ट्रिय सिचाई जल उपभोतmा महासघका पुर्व महासचिव समेत रहेका पुर्व साँसद हरिजनले यसबारे आफुले सदनमा पटक पटक उठाउदै आएको तर संसद र सरकार एक कानले सुन्ने र आर्को कानले उठाउने प्रवृतिका कारण त्यसबारे समान्य खोज अनुसंधान समेत हुन नसकेको बताए । च...
सात करोड लगानीको लुम्बिनी प्रदेशकै ठूलो गोब च्याउ उद्योग नवलपरासीमा सञ्चालन
कृषि, समाचार

सात करोड लगानीको लुम्बिनी प्रदेशकै ठूलो गोब च्याउ उद्योग नवलपरासीमा सञ्चालन

नवलपरासी,२४ फागुनजिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा लुम्बिनी प्रदेशकै पहिलो ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम) को उद्योग सञ्चालनमा आएको छ । झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा ल्याएको हो । बुधवार औपचारिक रुपमा पुजापाठ गरेर उद्योग सञ्चालन गरिएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी गराए । नेपालको दोश्रो र लुम्बिनी प्रदेशको पहिलो ठूलो लगानीको च्याउ उद्योग भएको बताउदै उनले च्याउ उत्पादन प्रकृया सबै आधुनिक प्रविधिमा आधारित आटोमेटिक सिस्टमले चल्ने जनाए । नेपालमा बढदो च्याउको माग आपुर्ति गर्नमा यो उद्योग सहयोगी बन्नेमा उनले विश्वास ब्यतm गर्दै भने,नेपालमा च्याउ आयात भन्दा नेपालमै च्याउ उद्योग स्थापना गरि च्याउको उत्पादन गरौ भनेर उद्योग सञ्चालन ल्याएका छौ । च्याउ उत्पादनका लागि आवश्यक उपकरण,कच्चा पदार्थ तथा प्रशोधन प्रकृयाका लागि प्लान्ट...
डुबान क्षेत्रका किसानलाई मकैबाली तर्फ प्रोत्साहित गर्दै सरावल
कृषि, समाचार, सरावल गाउँपालिका

डुबान क्षेत्रका किसानलाई मकैबाली तर्फ प्रोत्साहित गर्दै सरावल

नवलपरासी,१६ फागुनजिल्लाको सरावल गाउपालिकाले बाढी प्रभावित क्षेत्रमा मकैबालीलाई प्राथमिकता राखेर किसानलाई प्रोत्साहित गर्ने कार्य अगाडी बढाएको छ । बाढी प्रभावित वार्डहरुका किसानलाई अनुदानमा विँउ उपलब्ध गराई ब्यवसायिक रुपमा मकै खेती गर्नका लागि प्रोत्साहित गर्न लागेको हो ।बाढीको बेला धानबाली डुबेर नष्ट हुने हुदा धानबाली भन्दा गर्मियामको मकैबालीलाई प्राथमिकतामा राखेर मकै खेती गर्न गाउपालिकाले प्रोत्साहित गरिरहेको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । गाउपालिकाको वार्ड नं.७,६ र ५ पुर्ण डुबान हुने र अन्य वार्डमा पनि आँशिक डुबान हुने हुदा किसानलाई राहत पुग्ने गरि मकै तर्फ प्रोत्साहित गरिएको छ,अध्यक्ष चौधरीले भने,बर्षायामको धानबाली बाढीले गर्दा नष्ट हुन्छ,तर त्यो भन्दा पहिला किसानले मकैबाली तिनै खेतबाट लिन सक्छन् । जस्ले गर्दा डुबानमा धानबाली नष्ट भएर घाटा लागे पनि किसानलाई बैकल्पिक बाली...
गाँउमै केरा किसान भेट्दै कृषि तथा पशुपंक्षी मन्त्रालयका<br>सचिव डा.शर्मा
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

गाँउमै केरा किसान भेट्दै कृषि तथा पशुपंक्षी मन्त्रालयका
सचिव डा.शर्मा

नवलपरासी,९ फागुनजिल्लामा फस्टाउदो केरा खेतीको अवस्था बुझ्न संघिय सरकारको कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा.गोबिन्द शर्माले केरा खेती हुने क्षेत्र तथा केरा किसानलाई भेटेका छन् । मंगलवार नवलपरासीमा पुगेर उनले केरा किसानको समस्या,केराबालीको सम्भाब्यता,खेती गर्दा आउने चुनौती तथा सरकारले खेल्नु पर्ने भुमिकाबारे किसानसँग प्रत्यक्ष छलफल गरेका हुन् ।संघिय सरकारद्धारा नै नवलपरासी जिल्लामा केरा जोन स्थापना गरि केरा प्रवद्र्धन गर्दै आएको छ । केरा खेती प्रोत्साहन गर्नका लागि स्थानिय सरकार,लुम्बिनी प्रदेश सरकार र संघिय सरकारले लगानी गर्दै आएका छन् । तिनै सरकारको तर्फबाट केरा किसानलाई प्रोत्साहित गर्ने कार्य भई रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी गराएका थिए । नवलपरासीमा केरा खेतीको सम्भावना राम्रो रहेको र किसानहरु पनि केरा खेती प्रति आकर्षित हुदा सरकारको ध्यान पनि केरा ...
नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली मर्मत गरिदै
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली मर्मत गरिदै

नवलपरासी, ११ फागुननेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा मर्मत सम्भारको कार्य शुरु भएको छ । नहरको तेश्रो ढोका पनि खुल्ला गरि पानी प्रवाह गर्ने सिचाई प्रणाली सुदृणिकरण भएसँगै पानी प्रवाह सहज ढंगले होस भनि विभिन्न स्थानमा नहर मर्मतका कार्य थालिएको हो ।कुल ३२ किलोमिटर लम्बाईको उतm नहर भित्र ठाँउ ठाँउमा माटो भरिएर पानी प्रवाहमा अवरोध हुने समस्या छ । धेरै स्थानमा नहर सफाई गर्ने कार्य थालिएको छ । नहरको डिल मर्मतसँगै डिल भत्किएर नहर पुरिने स्थानमा पक्कि संरचना निर्माण गर्ने कार्य पनि भई रहेको गण्डक नहर ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले जनाए । सतही सिचाई किसानका लागि अति आवश्यक छ,उनले भने,यसका लागि विगत भन्दा अहिले धेरै मात्रामा नहरको अवस्था सुधार भई सकेको छ । ब्यवस्थापन कार्यालयले किसानलाई सहज ढंगले पानी प्रवाह गर्नका लागि नहर मर्मत सम्भार गर्ने कार्य थालेको छ । उनका अनुसार हाल सुस्ताको र...