
नवलपरासी,१ मंसिर
गण्डकी प्रदेशको विनयीत्रिवेणीमा पर्ने गजनेन्द्रमोक्ष धाममा ‘गजेन्द्र मोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ सुरु हुँदैछ । धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणीधाममा मंसिर १ गतेदेखि महायज्ञको तयारी पूरा भएसँगै यज्ञस्थललाई भव्य रूपमा सिँगारिएको हो ।
धार्मिक आस्था, संस्कृति र आध्यात्मिक चेतनाको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महायज्ञ मंसिर २९ गतेसम्म सञ्चालन हुने मोक्षधामले जनाएको हो । मोक्षधामका प्रमुख कमलनयनाचार्यको उत्तराधिकारीका रुपमा रहेका कृष्णप्रपन्नाचार्यका अनुसार महायज्ञलाई लक्षित गर्दै त्रिवेणीधाममा आकर्षक सजावट गरिएको छ । यज्ञ स्थललाई धार्मिक वातावरण झल्किने गरी सिँगारिएको छ, भने श्रद्धालु भक्तजन तथा आगन्तुकलाई स्वागत गर्न आवश्यक व्यवस्थापनका कामहरू गरिएको छ । महायज्ञस्थलको भव्य सजावटले त्रिवेणीधामको धार्मिक महत्त्वलाई थप आकर्षक बनाएको उनको भनाई थियो । बैदिक विश्वविद्यालय स्थापनार्थ धननान्याञ्चल महायज्ञको रुपमा सञ्चालन हुदै छ । मोक्षधाममा विगत बर्ष देखी नै माध्यमिक तहसम्मको संस्कृति शिक्षा अन्तरगत मुतिmनाथ वेदविद्याश्रम सञ्चालन भई रहेको र सो वेदविद्याश्रमलाई विशिष्ठतम महाविद्यालयको रुपमा अभिवृद्धि गर्दै विश्वविद्यालयको रुपमा स्थापनाका लागि अष्टाचाल धनधान्यञ्चल महायज्ञ हुने उनको भनाई थियो ।
महायज्ञको नामसँग जोडिएको गजेन्द्र मोक्ष प्रसङ्ग हिन्दु धर्मशास्त्रमा भगवान् विष्णुको भक्तवत्सलता, धर्म र भक्तिको शक्तिसँग सम्बन्धित प्रसिद्ध कथा हो । धार्मिक मान्यताअनुसार गजेन्द्र नामक हात्तीलाई ग्राहले आक्रमण गरी संकटमा पारेपछि उनले भगवान् नारायणको आराधना गरेका थिए । भक्तको पुकार सुनेर भगवान् विष्णु प्रकट भई गजेन्द्रलाई ग्राहको पञ्जाबाट मुक्त गराउनुभएको धार्मिक कथा श्रीमद्भागवत महापुराणमा वर्णित छ । यसै धार्मिक तथा आध्यात्मिक मान्यतालाई केन्द्रमा राखेर आयोजना गरिएको महायज्ञले भक्तजनमा धार्मिक चेतना, सद्भाव, भक्ति र नैतिक मूल्यको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । यस्ता धार्मिक अनुष्ठानले समाजमा आध्यात्मिक जागरणसँगै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा समेत योगदान पु¥याउने विश्वास गरिन्छ ।
पुर्वि नवलपरासीको त्रिवेणीधाम नेपाल कै महत्त्वपूर्ण धार्मिक तीर्थस्थलमध्ये एक हो । नारायणी, गण्डकी र अन्य पवित्र नदीहरूको संगमस्थलका रूपमा परिचित त्रिवेणीधाममा वर्षभरि नै विभिन्न धार्मिक अवसरमा श्रद्धालु भक्तजनको आवागमन हुने गर्दछ । विशेषगरी माघेऔँसी, मकर सङ्क्रान्ति तथा अन्य पर्वहरूमा यहाँ ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गर्छन् । धार्मिक महत्त्वका साथै प्राकृतिक सौन्दर्य र सीमावर्ती क्षेत्रको विशिष्ट पहिचान बोकेको त्रिवेणीधाममा आयोजना हुने यस महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ । महायज्ञ अवधिभर विभिन्न स्थानबाट श्रद्धालु, धर्मानुरागी तथा पर्यटकहरू त्रिवेणीधाम पुग्ने सम्भावना रहेकाले स्थानीय क्षेत्रमा चहलपहल बढ्ने देखिन्छ ।
लामो समयसम्म सञ्चालन हुने महायज्ञले त्रिवेणीधामको धार्मिक पहिचानलाई राष्ट्रिय स्तरमा थप प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, धार्मिक पर्यटनसँग जोडिएका स्थानीय व्यवसाय, होटल तथा अन्य सेवामूलक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ । मंसिर १ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने गजेन्द्र मोक्ष नारायण वैभव विराट महायज्ञले त्रिवेणीधामलाई आगामी दिनमा धार्मिक तथा आध्यात्मिक गतिविधिको थप महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
