
नवलपरासी,२२ कातिक
पाल्हिनन्दन गाउँपालिका–२, अमानीगञ्जमा नवयुवक लक्ष्मी पूजा समितिको आयोजनामा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य (प्रदेश साँसद) वैजनाथ जैसवाल प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय कला, संस्कृति, परम्परा र सामाजिक एकताको महत्व उजागर गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिमार्फत स्थानीय मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा जोड दिइएको थियो । प्रमुख अतिथि जैसवालले कार्यक्रममा सहभागी भई आयोजक समिति तथा स्थानीयवासीको उत्साहमा साथमा साथ रहेको बताएका थिए । उनले यस्ता सांस्कृतिक कार्यक्रमले समाजमा आपसी सद्भाव, भाइचारा र एकताको भावना बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । स्थानीय स्तरमा आयोजना हुने सांस्कृतिक गतिविधिले नयाँ पुस्तालाई आफ्नो मौलिक कला, संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, यस्ता कार्यक्रमले सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै विभिन्न समुदायबीच आपसी समझदारी र सहकार्यको वातावरण निर्माण गर्नसमेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने अवसर प्रदान गरेकोमा जैसवालले नवयुवक लक्ष्मी पूजा समितिप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको थियो छ। उहाँले आयोजक समितिको सक्रियता र सांस्कृतिक संरक्षणप्रतिको प्रयासको प्रशंसा गर्दै कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरिएको स्थानिय समाजसेवी जितेन्द्र गुप्ताले बताएका थिए । उनले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक एकता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिएका थिए ।
