
नवलपरासी,२० कात्तिक
चाडपर्वको व्यस्ततामा सुरक्षा निकाय र जनप्रतिनिधिको ध्यान अन्यत्र केन्द्रित भएको मौका छोप्दै जिल्लाका विभिन्न खोलानालामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी–निकासी बढेको स्थानीयले आरोप लगाएका छन ्। विशेषगरी सुस्ताको नारायणी नदी देखी सुनवल नगरपालिका क्षेत्रका भूमही र तुरिया खोलाबाट ढुंगा, मिस्कटलगायत नदीजन्य पदार्थ उत्खनन गरी भण्डारण गर्ने र टिपरमार्फत अन्यत्र पठाउने गतिविधि भइरहेको उनीहरूको भनाइ हो ।
स्थानिय पालिकाका पदाधिकारी र प्रहरीको सेटिगँमा तस्करी भई रहदा जिल्ला अनुगमन समेत मौन बस्दा बालेन सरकारको शुसासनको अभियानलाई नै चुनौती भएको स्थानियले बताएका थिए । स्थानिय तहहरु पुराना दल निकटका प्रतिनिधि रहेका छन्,सुनवलका एक स्थानियले भने,तर जिल्ला तहका प्रमुख जिल्ला अधिकारी लयायत सुरक्षा प्रमुखहरु संघिय सरकारकै अंग हुन् । तर उनीहरुले समेत कुनै खालको अनुगमन गरेको पाइएको छैन् । खोला वरिपरि जहाँ तहीँ ढुगाँ,बालुवाका भण्डारण हेर्न पाईन्छ,उनले थपे,तर ति भण्डार कानुनी रुपमा राखिएका हुन,कि अवैध हुन, खोलामा दिनहु जसो राती राती टेक्टरले ढुगाँ डुवानी गर्ने र भण्डारण गर्ने पछि टिपर मार्फत सप्लाई हुने गरेका छन् । दिनहुँ भण्डारणबाट खोलाजन्य समाग्रि विक्रि भई रहेका छन्,तर भण्डारण सकिएकै छैनन्,खोलाको औपचारिक रुपमा निकासी पनि खोलिएको छैन् । यि सबै गतिविधि स्थानिय जनप्रतिनिधि र प्रहरीलाई थाहा नहुने कुरै भएन् । तर जिल्लाका अनुगमन कारी निकायले समेत कानमा तेल हालेर बसेको उनको आरोप थियो । प्रहरी प्रति तँ स्थानियको विश्वास नै गुम्दै गएको छ,उनले भने, बरु खोला नालाको सुरक्षा पनि नेपाली सेनालाई नै सरकारले दिए हुन्थ्यो ।
जिल्ला स्तरको अनुगमन निकाय मध्येकै एउटा निकाय हो,जिल्ला समन्वय समिति (जिसस),तर त्यहाबाट पनि अनुगमन नहुनु दुखद भएको उनको भनाई थियो । यता जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले यस्ता गुनासा आएको स्वीकार गर्दै भने, साउन महिनामै सबै गाउपालिका र नगरपालिकालाई मौज्दातको विवरण पठाउन माग गरेको बताए । हालसम्म कुनै पालिकाले मौज्दात विवरण पठाएका छैनन, उनले भने, आफुले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालसँग जिल्ला स्तरमा अनुगमन गर्न जिल्ला दैवि प्रकोपको बैठकमा कुरा राख्दा तिहार पछि अनुगमन गर्ने बताएको उनले सुनाए । तिहार पछि अनुगमन पत्रकार सहितको अनुगमन गछौ, उनले थपे,सार्वजनिक सम्पति जोगाउनु सबैको कर्तब्य हो । खोलाको अधिकाँश आमदनी स्थानिय सरकार र प्रदेश सरकारकै आय हुन्छ,तर त्यहीबाट अनुगमन हुन सकेको छैन् । तस्करी पनि रोकिएको छैन् ।
स्थानीयका अनुसार सुनवलस्थित प्रस्तावित औद्योगिक ग्राम क्षेत्रअन्तर्गत पर्ने तुरिया खोलाबाट समेत रातको समयमा व्यापक रूपमा नदीजन्य पदार्थ निकाल्ने गरिएको छ। खोलाबाट ट्र्याक्टरमार्फत ढुंगा तथा मिस्कट ल्याएर औद्योगिक ग्राम परिसरभित्रको झाडीमा लुकाई राख्ने र पछि टिपरमार्फत बाहिर पठाउने गरिएको स्थानीयको दाबी छ । यसका लागि झाडीभित्र जेसीबीसमेत लुकाएर राख्ने गरिएको उनीहरूले बताएका छन ्। वर्षायाम सकिएसँगै सुरु भएको भनिएको यस्तो गतिविधि चाडपर्वको समयमा थप बढेको स्थानीयको आरोप छ। साँझ तथा बिहानको अँध्यारो समयमा ट्र्याक्टर परिचालन गरी नदीजन्य पदार्थ संकलन गर्ने र सुरक्षित स्थानमा भण्डारण गरेर अनुकूल समयमा टिपरमार्फत निकासी गर्ने गरिएको उनीहरूको भनाइ छ । एक स्थानीयका अनुसार सुनवल चोकसम्म प्रहरीका घुमुवासँग तालमेल मिलाएर टिपर भित्र्याउने र नदीजन्य पदार्थ लोड गरी बाहिर पठाउने गरिएको छ । उनले यसमा प्रहरीको निगरानी कमजोर भएको हो वा कसैको मिलेमतो रहेको हो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताए । यद्यपि, प्रहरी कर्मचारीको संलग्नताबारे स्थानीयले लगाएको आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
समस्या सुनवलमा मात्र सीमित नरहेको र रामग्राम नगरपालिकाका विभिन्न खोलाबाट समेत नदीजन्य पदार्थ चोरी–निकासी भइरहेको स्रोतको दाबी छ । समयमै नदीजन्य पदार्थको ठेक्का व्यवस्थापन नहुँदा अवैध उत्खनन गर्नेहरू सक्रिय भएको स्थानीयको भनाइ छ । सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले पनि समयमा खोला ठेक्का नहुँदा नदीजन्य पदार्थको अवैध उत्खनन बढेको बताएकी छन्। चालु आर्थिक वर्षमा खोला ठेक्का प्रक्रियाका लागि आवश्यक निर्णय गरी डिभिजन वन कार्यालय नवलपरासीका प्रमुखलाई प्रक्रिया अघि बढाउन आग्रह गरिए पनि ठेक्का हुन नसकेको उनको भनाइ छ ।
यता, डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख धनिश्वर न्यौपानेले बाबा बर्दगोरियाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचना प्राप्त भएपछि तत्काल गस्ती परिचालन गरिएको बताएका थिए । खोला ठेक्का गर्ने विषयमा स्थानीय तहबाट समेत निवेदन प्राप्त नभएको उल्लेख गर्दै उनले दसैँको बिदाका कारण प्रक्रिया अघि बढ्न नसकेको र अब आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन ्। यसैबीच, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाले सुनवल क्षेत्रमा नदीजन्य पदार्थको चोरी–तस्करी भइरहेको भन्ने गुनासो आउने गरेको स्वीकार गरेका छन्। त्यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरीले प्रयास गरिरहेको बताउँदै उनले नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार नियन्त्रणमा वन कार्यालय र स्थानीय सरकार बढी जिम्मेवार हुने स्पष्ट पारे। प्रहरी सहयोगी निकायका रूपमा रहने उनको भनाइ छ।
यस विषयमा सुनवल नगरपालिकाकी अनुगमन प्रमुखसमेत रहेकी उपप्रमुख सूर्य दुबेलाई सम्पर्क गर्दा फोन उठेन । चाडपर्वको समयमा सुरक्षा निकायको व्यस्तता र ठेक्का प्रक्रियामा भएको ढिलाइलाई अवसर बनाएर नदीजन्य पदार्थको अवैध कारोबार भइरहेको स्थानीयको आरोप छ । अब सम्बन्धित निकायले खोलाको वास्तविक अवस्था अनुगमन गर्ने, अवैध उत्खननमा प्रयोग भएका उपकरण तथा सवारीसाधनमाथि निगरानी बढाउने र ठेक्का प्रक्रिया समयमै टुंग्याउनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ। अन्यथा प्राकृतिक स्रोतको दोहनसँगै स्थानीय तहले प्राप्त गर्नुपर्ने राजस्वसमेत गुम्ने अवस्था निरन्तर रहनेछ ।
