
नवलपरासी,१३ कातिक
जिल्ला कृषि ज्ञान केन्द्र नवलपरासीको बजेट लज्जा स्पद रुपमा बर्षेनी घट्दै जादा सरकारको नीति र नियतिमा फकर देखिन थालेको छ । ज्ञान केन्द्रले शुक्रवार स्थानीय तहका प्राविधिकहरुसँग राखेको अन्तरक्रियामा प्रस्तुत गरेको कृषिको बजेट कार्यक्रममा बर्षेनी बजेट घट्दै गएको तथ्याँक प्रस्तुत हुदा नेताले किसानका लागि गर्ने भाषण र भित्रि भित्र गर्दै आएको कर्तुतलाई उजागर गरिदिएको हो ।
जिल्लाको बर्षेनी कृषि बजेट कटौतीले सेवालाई प्रभावकारी बनाउन नसकिएको ज्ञान केन्द्रका प्राविधिकहरुले बताएका थिए । बर्षेनी कृषिको बजेट घट्दै जादा कृषकलाई सेवा प्रवाहमा समस्या आउने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले बताए । कृषि ज्ञान केन्द्र प्रति कृषकको चाँसो बढदै गएको तर सरकारले बजेट कटौती गर्दै गएको छ, उनले भने, बजेटमा वृद्धि गर्नका लागि जिल्ला स्थित जनप्रतिनिधिहरुले पहल गर्नका लागि आग्रह समेत गरेका थियौ, तर केही लागेन ।
उनका अनुसार चालु आर्थिक बर्ष २०८३,०८४ का लागि ३ करोड ५५ लाख बजेट विनियोजित छ । जुन बजेट गत बर्षको भन्दा पनि घटेर आएको छ, देखिन्छ । त्यो भन्दा पहिलाका स्थापनाकालको बजेट हेर्ने हो भने विगत पाँच बर्षको कृषि ज्ञान केन्द्रका लागि बजेट प्रवाह हे पहिलो बर्ष(०७७÷०७८) मा १६ करोड ६९ लाख,दोश्रो बर्ष (०७८÷०७९) १२ करोड ६२ लाख,तेश्रो बर्ष (०७९÷०८०) ८ करोड ७६ लाख,चौथो बर्ष (०८०÷०८१) ५ करोड ८३ लाख,पाँचौ बर्ष (०८१÷०८२) मा ४ करोड ६२ लाख र छठौ बर्ष आर्थिक बर्ष २०८२।०८३ मा ४ करोड ४ लाखमा बजेट झरेको थियो । जुन बेला १२ खर्बको राष्ट्रिय बजेट थियो,त्यो बेला कृषि बजेट १६ करोड बढि आउने र अहिले २१ खर्बको बढिको राष्ट्रिय बजेट सरकारले ल्याउदा कृषि बजेट घटेर ३ करोड ५५ लाखमा झर्नु सरकारको कृषि प्रतिको लागनी लज्जास्पद भएको देखिन्छ । के कारण होला ? किसानले आफुले जिताएका नेता र साँसदसँग प्रश्न गर्नु पर्ने र ति जनप्रतिनिधिले पनि चाँसो लिइनु पर्ने बताएका थिए ।
राष्ट्रिय बजेटमा वृद्धि हुदै बजेट भाषण भए पनि जिल्ला स्थित कृषि ज्ञान केन्द्रको बजेट ओरालो लाग्दै आएको तथ्याँकले देखाएको छ । कृषि ज्ञान केन्द्रबाट बजेट बनाएर पठाउन माग गर्ने तर ज्ञान केन्द्रले बर्र्षेनी बजेट कार्यक्रम थप गरेर माग गर्दै आएका पनि स्थापनाकाल देखी बर्षेनी बजेट कटौती हुदै आएको ज्ञान केन्द्रका प्रमुख अर्यालको भनाई थियो । बजेटभाषणमा कृषिको बजेट बढाइएको भाषण सुनेर उत्साही भएर ज्ञान केन्द्रमा आउछन्, उनले बजेट तथ्याँक नै देखाउदै भने, तर ज्ञान केन्द्रमा आउने बजेट सुनेर निरास भएर फर्कने गरेका छन् । प्रदेश सरकार अन्तरगत रहेको कृषि बजेट तँ घटेरै आउने गरेको छ, उनले थपे, स्थानिय र संघले पनि कृषकका लागि बजेट नबाईदिदा ज्ञान केन्द्रमा प्राविधिकहरु भए पनि कृषकलाई कृषि सेचतना,तालिम,गोष्ठि,अध्ययन भ्रमण प्रयोगात्मक सिकाई गराउनुका साथै नयाँ नयाँ प्राविधिक अभ्यास समेत गराउन सकिएको छैन् । बजेटसँगै अहिलेसम्म कुनै कुनै कार्यक्रमको खर्च गर्ने कार्यविधि समेत नआएको उनले बताएका थिए ।
जिल्लाका जग्गाको तथ्याँक विवरण अनुसार जिल्ला भित्र अहिले ३९ हजार ४ सय ७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर खेती गरिएको जमिन ३७ हजार १ सय २२ हेक्टर देखाइएको छ । यसरी कुल खेती नभएर बाँझो अवस्थामा २ हजार २ सय ८५ हेक्टर जमिनमा खेती नगरिएको अवस्थाले बाँझो नै हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । सबै भन्दा बढि खेतीयोग्य जग्गा रामग्राम नगरपालिकामा ७ हजार ९ सय ६ हेक्टर रहेको छ,जस्मा ७ हजार ८ सय ७५ हेक्टर जग्गामा खेती गरिएको र ३१ हेक्टर जमिन बाँझो अवस्थामा देखिन्छ । त्यसै गरि क्रमशःवर्दघाट नगरपालिकामा खेतीयोग्य जग्गा ६ हजार ७२ हेक्टर रहेकोमा ५ हजार ४ सय ७६ हेक्टरमा खेती गरिएको छ भने ५ सय ९६ हेक्टर बाँझो छ । सुनवल नगरपालिकामा ४ हजार ९ सय ३४ हेक्टर खतीयोग्य जग्गा रहेकोमा ४ हजार ९ सयमा खेती भई रहेको र ३४ हेक्टर बाँझो छ । सरावल गाउपालिकामा ५ हजार ५ सय ४९ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ३ सय ४२ हेक्टरमा खेती भई रहेको र २ सय ७ हेक्टर बाँझो छ ।
प्रतापपुर गाउपालिकामा ५ हजार ९ सय ७८ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ८ सय ७ हेक्टरमा खेती भएको र १ सय ७१ हेक्टर बाँझो अवस्थामा देखिन्छ । त्यसै गरि सुस्ता गाउपालिकामा ५हजार १ सय ९७ हेक्टर खेतीयोग्य जमिन रहेको र ४ हजार ५ सय ९५ हेक्टरमा खेती भई रहेको र ६ सय २ हेक्टर बाँझो अवस्था देखाउछ । पाल्ह्ीनन्दन गाउपालिकाको कुल ३ हजार ७ सय ७१ हेक्टर खेतीयोग्य जमिन रहेको र ३ हजार १ सय २७ हेक्टरमा खेती भएको तथा ६ सय ४४ हेक्टर जग्गा बाँझो देखाइएको छ । खेतीयोग्य जग्गा सबै भन्दा थोरै रहेको र सबै भन्दा बाझो खेती हुने जग्गा पनि पाल्हीनन्दनमै देखिएको छ । यसै गरि सिचाईको आधारमा कुल २० हजार २ सय ८ हेक्टर सिचिँत क्षेत्रफल छ । जुन कुल जग्गाको ५१.२८ प्रसिसत जग्गामा मात्र सिचाई पुगेको छ ।
