
नवलपरासी,१३ कातिक
सुनवलमा भई रहेको प्रथम सुनवल नगरस्तरीय क्रिकेट प्रतियोगिता–२०८३ को तृतीय पुरस्कारका लागि सुनवल–४ निवासी युवा इन्जिनियर राजेश शर्माले ३१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । विभिन्न समाजिक संघसस्थालाई सहयोग गर्दै आएका युवा समाजसेवी इन्जिनियर शर्माले खेलप्रेमी युवाहरुलाई प्रोत्साहित गर्ने उदेश्यले सो रकम प्रदान गरेका हुन् ।
सुनवल नगरपालिकामा आयोजना हुन लागेको प्रतियोगितामा स्थानीय खेलकुदको विकास तथा युवाहरूलाई क्रिकेटप्रति आकर्षित गर्ने उद्देश्यले शर्माले तृतीय पुरस्कार प्रायोजन गर्ने घोषणा गरेका थिए । प्रतियोगितालाई सफल बनाउन स्थानीय व्यवसायी, समाजसेवी तथा खेलप्रेमीहरूबाट सहयोग जुट्ने क्रम बढिरहेका बेला शर्माको सहयोग घोषणाले आयोजकलाई थप उत्साहित बनाएको छ । स्थानीय स्तरमा खेल प्रतिभाको पहिचान, खेलाडीको क्षमता विकास र क्रिकेट खेलको प्रवद्र्धनमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । आयोजक वडा नं. ४, सुनवल नगरपालिकाले प्रतियोगिताको तृतीय पुरस्कारका लागि सहयोग घोषणा गरेकोमा राजेश शर्माप्रति आभार व्यक्त गरेको छ । इन्जिनियर शर्मा महलपोखरी सुनवल युवा क्लबका अध्यक्षको रुपमा युवा तथा समाजसेवामा कृयाशिल ब्यतmी हुन् ।
