चाडपर्वको आडमा खोला जन्य समाग्रिको तस्करी बढदै

नवलपरासी,७ कातिक
प्रहरी, प्रशासन र जनप्रतिनिधि बडा दशैंमा केन्द्रित हुदा खोला तस्कर खोलामा नदिजन्य पदार्थ उतखन्नमा केन्द्रित देखिएका छन् । सुरक्षा निकायको ब्यस्तताको मौका छोप्दै जिल्लाको सुनवल स्थित तुरिया खोला लगायत जिल्लाका विभिन्न खोलानालामा नदीजन्य पदार्थ चोरी तथा तस्करी बढ्न थालेको हो ।
सुनवल नगरपालिका को प्रस्तावित औद्योगिक ग्राम क्षेत्रमा तुरिया खोलाबाट ढुगाँ,मिस्कटर चोरी गरि भण्डारण गर्ने र टिपर मार्फत बाहिर पठाउने कार्य तिब्र रुपमा भई रहेको स्थानियले जनाएका छन् । चाडपर्वको ब्यस्तताको फाईदा तस्करलाई भएको छ,एक स्थानियले भने, यसमा प्रहरीले चोरी तस्करी रोक्न नभ्याएको हो,कि मिलोमतोमा मौका दिएको हो ? यो कुरा पनि विचारणिय छ । खोला नालाको ठेक्का लाग्ने बेला अहिले धमाधम चोरी तस्करी गरि खोलाजन्य समाग्रि झिकि सक्छन् । औद्योगिक ग्राम क्षेत्रमा रहेको खर भित्र लुकाई जेसिबि राखिएको हुन्छ । राती राती टेक्टर खोलाको ढुगाँ झिकेर औद्योगिक ग्रामको कम्पाउण्ड भित्र राख्ने गरेका छन् ।


सुनवल चोकसम्म प्रहरीका घुमुवाहरुसँग सेटिगँ र तालमेल मिलाई टिपर छिराउने र लोड गरि बाहिर पठाउने गरिएको उनले सुनाए । यस्ता कार्य बर्षा सकिए देखि नै शुरु भएका छन् । यसमा प्रहरी र नगरपालिका दुबै मौन देखिन्छन् । खोला कि सबैलाई लागि खुल्ला गरिदिए हुन्थ्यो,उनले भन्, अ आफ्ना आवश्यकताका लागि सबै गाँउलेले निर्माण समाग्रि लग्न पाउने थिए । तर खोला रोकिएको नाटक गर्ने तर केही सिमित ब्यतिmका लागि मात्रै खुल्ला गर्ने गरेको देखिएको छ । यो अत्यन्तै दुखद पक्ष रहेको उनले सुनाएका थिए ।
सुनवलमा मात्रै होईन रामग्राम नगरपालिकामा नदिजन्य पदार्थ चोरी निकासी गरेका छन स्रोतले जनाएको छ । समयमा खोला ठेक्का गर्नु पर्नेमा खोला ठेक्का नहुँदा नदीजन्य पदार्थ तस्करी बढ्न थालेको छ । चालु आर्थिक वर्षमा खोलाको ठेक्का गर्नका लागि आई र निर्णय समेत गरेर खोला ठेक्का गर्न डिभिजन वन कार्यालय नवलपरासीका प्रमुखलाई भनेको ठेक्का भएको छैन, खोला तस्करहरु अबैधरुपमा नदिजन्य पदार्थ उतखन्न गर्न थालेको सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले बताएकी थिईन् । अबैधरुपमा उतखन्न गरिएका नदिजन्य पदार्थ नियन्त्रणमा लिएर नगरपालिकाको कार्यालयमा ल्याएको उनले भनिन, समयमा खोला ठेक्का नहुँदा पालिकाले करोडौँ रुपैयाँ राजस्व समेत गुमाउनु परेको छ । खोला ठेक्का नहुँदा समयमा बिकासका आयोजनाहरु निर्माण समपन्न हुन नसकेको नगर प्रमुख अर्याललको भनाइ थियो ।
डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख धनिश्वर न्यौपानेले बाबा बर्दगोरीयाबाट अबैधरुपमा नदिजन्य पदार्थ उत्खन्न गरेको सुचना आए पछि तत्काल गस्ती परिचालन गरिएको बताए । खोला ठेक्का गर्ने भन्ने बिषयमा स्थानीयतहबाट पनि निवेदन आएको छैन, बडा दशैंको बिदाले खोला ठेक्का हुन नसकेको अब प्रकृयामा जाने प्रमुख न्यौपानेले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *