
नवलपरासी,२६ चैत्र
जिल्लाको रामग्राम १० मन्झरियामा स्थानियलाई अध्ययन सिकाईका लागि खुल्ला सिकाई केन्द्रको स्थापना गर्ने उदेश्यले केन्द्रको भवन निर्माण कार्य शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) वैजनाथ जैसवालले आफ्नो “क्षेत्र विकास योजना “ अन्तरगत योजना राखेर सो केन्द्रको भवन निर्माणको शिलान्यास गर्दै शुभारम्भ गरेका हुन् ।
रामग्राम नगरपालिका वडा नं.१० मंझरियामा खुल्ला सिकाई केन्द्र पूर्वाधार निर्माण शिर्षकमा ३५ लाख बजेट विनियोजन भएको थियो । विहिवार एक कार्यक्रम विच खुल्ला सामुदायिक सिकाई केन्द्रको शिलान्यास भएको थियो । केन्द्रका अध्यक्ष हरिनरायण चौधरी ज्यूको अध्यक्षतामा कार्यक्रम भएको थियो । केन्द्रको भवन निर्माणले स्थानियमा उत्साह थपिएको अध्यक्ष चौधरीले बताएका िथए ।
