
नवलपरासी,२३ चैत्र
जिल्ला सदरमुकाम स्थित परासी खानेपानी तथा सरसफाई आयोजनाका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको स्वच्छ पानी आपुर्तिका लागि प्रसोधन प्लान्ट(फिल्टर) जडान गर्ने भएको छ । शहरी खानेपानी आयोजनको रुपमा रहेको जिल्लाकै जेठो खानेपानी आयोजनाले स्थापना भएको चार दशक पछि सो फिल्टर जडान गर्न लागेको हो ।
लुम्बिनी प्रदेश सरकारद्धारा बजेट विनियोजन भएर आए पछि फिल्टर जडानका लागि खानेपानी तथा सरसफाई ब्यवस्थापन कार्यालय नवलपरासीले ठेक्का लगाई कार्य फिल्टर जडान गर्न जगको शिलान्यास गराई कार्य शुभारम्भ गराएको हो । उतm जगको शिलान्यास लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले गरेका थिए । शिलान्यास पछि सम्बोधन गर्दै उनले अहिले लुम्बिनी प्रदेशले परासीको खानेपानी आयोजनालाई फिल्टर जडान गर्न लागेको र क्रमशः जिल्लाका सबै खानेपानी आयोजनामा फिल्टर जडान गर्दै लैजाने लक्ष्य रहेको सुनाएका थिए ।
कार्यालयका अनुसार ९५ लाखको लागतमा दुई स्थानमा फिल्टर जडान हुनेछ । सो फिल्टर जडान देव इन्जिनियरिगँ प्रालि काठमाडौले गर्ने छ । २०८३ असोज ३० गतेसम्म म्याद भएको तर यहिँ असार भित्रै प्लाल्ट जडान गर्ने प्राविधिकहरुले दाबी थियो । उतm प्लान्ट जडान पछि सदरमुकाम बासीले स्वच्छ खानेपानी विश्वास परासी खानेपानी तथा सरसफाई उपभोतmा समितिका उपाध्यक्ष सन्दिप अग्रहरीले बताएका थिए । समितिले स्वच्छ खानेपानीसँगै सरसफाईलाई समेत प्राथमिकतामा राखेर अगामी दिनमा काम गर्ने उपाध्यक्ष अग्रहरीको भनाई थियो । यसका लागि लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिकासँग निरन्तर सहकार्य गर्दै अगाडी बढ्ने बताएका थिए
