पाल्हीनन्दन गाउपालिकाको दोश्रो चौमासिकमा ७० प्रतिसत प्रगति

नवलपरासी,३ चैत्र
जिल्लाको पाल्हीनन्दन गाउपालिकाले चालु आर्थिक बर्षको प्रगति अहिले ७० प्रतिसत पुर्याएको छ । विगत बर्षमा प्रमुख प्रशासकिय अधिकृत नबस्ने,कर्मचारी र पदाधिकारी विचको आन्तरिक द्धन्द्ध भई राख्दा काम नभएर बजेट फ्रिज गराउने पालिकाको रुपमा वदनामी कमाएको पाल्हीनन्दन गाउपालिकाले अहिले चैत्र पहिलो साता भित्रै ७० प्रतिसत कार्य सम्पन्न भएको जानकारी गराएको हो ।
चालु आर्थिक बर्षमा पालिकाबाट केही कर्मचारी सरुवा भएर अनयत्र गएको र पालिकामा यहिँकै प्रमुख प्रशासकिय अधिकृत दिनेश गौड र रामग्राम नगरपालिकाबाट लेखा अधिकृत सञ्जय शर्मा हाजिर भएका थिए । पदाधिकारी र कर्मचारीको आपसी समझदारी भए पश्चात अधिकाँश काम कर्मचारीहरुले नै गर्ने गर्दा बेलामै कार्य सम्पन्न हुने गरेको देखिएको छ । विगत बर्ष देखी यो पालिकामा काम नहुने वदनामी थियो,प्रमुख प्रशासकिय अधिकृत गौडले भने,तर अहिलेको कार्य प्रगति देखिदा आफैलाई आश्चर्य लागेको छ । फागुन महिना भित्रै ७० प्रतिसत कार्य प्रगति भई भुतmानी हुने अवस्थामा आएको छ । बाकी ३० प्रतिसत कार्य गर्न एक चौमासिक नै बाकी छ । यहिँ गतिले काम भयो भने बैशाख महिना भित्रै सबै काम सम्पन्न हुने अवस्थामा हुन्छौ ।
बेलामै समस्या समाधान गर्दै काम गर्दै गइयो भने, काम गर्न कुनै कठिनाई नभएको लेखाअधिकृत शर्माले बताए । कर्मचारीमा उत्साह छ,उनले भने, कर्मचारीलाई विधि प्रकृया मिलाउने गरि अधिकृतहरुले निहुँ खोज्नु भन्दा सहजीकरण गरियो भन्ने जस्तो सुकै काम गर्न सहज वातावरण बन्दै जान्छ । जुन अहिले प्रमुख प्रशासकिय अधिकृत र लेखाअधिकृतहरुले भुमिका निर्वाह गर्दै आएका छन् । निर्माण ब्यवसायिको समस्यालाई पनि सहजीकरण गर्दै काम गर्नु पर्ने प्राविधिकहरुले गरिदिएमा सहज ढंगले काम हुन्छ । सेवा परामर्श जस्ता कार्य,तालिम गोष्ठि लगायतका कार्यक्रम अधिकाँस कर्मचारीहरु नै पेश्कि लिई काम गर्दै आएका छन् । यस्ले पनि कार्य प्रगतिमा लैजान सहज भएको देखिन्छ ।
कार्य प्रगति बढाउनमा जनप्रतिनिधिहरुको पनि उत्तिकै सहयोग रहदै आएको लेखा अधिकृत शर्माले बताए । कतिपय कुरा बुझाई फरक फरक भई दिइदा कानुनी प्रावधान र जनप्रतिनिधिको चाहना र भावनालाई समेत सामन्जस्यता मिलाई काम गरियो भन्ने धेरै जसो समाधान निकाल्न सकिन्छ । कानुनी प्रावधानलाई जनप्रतिनिधिले पनि पालना गर्नु पर्छ,त्यसै गरि जनता र जनप्रतिनिधिको चाहना र भावनालाई कर्मचारीले सहजीकरण गर्नु पर्छ । यस्ले काम गर्नमा सहजता ल्याउछ । यता अहिलेको कार्य प्रगतिले सन्तुष्ट बनाएको गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताए । विगतमा पनि हल्ला धेरै फैलाइयो,त्यसमा पनि फरक फरक बुझाईका कारण भएको हुन सक्ने उनको भनाई थियो ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *