
नवलपरासी,२९ फागुन
जिल्लाको सुनवल नगरपालिकामा केही बन क्षेत्रलाई ब्यवस्थित गरि बोटेनिकल गार्डेन(बनस्पतिक उद्यान)का लागि छुट्टयाइएको बनक्षेत्र नै अतिक्रमण गरि उद्योगले सडक बनाउदा पनि सरोकारवाला निकाय मौन देखिएको छ । सुनवल ७ ज्यामिरे नजिकै कजरार खोला नजिकै रहेको बन क्षेत्रलाई बोटनिकल गार्डेन निर्माण गर्ने भनि बुद्ध शान्ति साझेदारीको कार्ययोजनामा राखिएको तर बर्षाै देखी उतm क्षेत्रको ब्यवस्थापन भन्दा अतिक्रमणको चपेटामा पर्ने गरेको देखिएका हो ।
लुम्बिनी प्रदेश सरकारको बन तथा बातावरण मन्त्रालयका हालका सचिव प्रमोद भट्टराई नै यस जिल्लामा सहायक बन अधिकृतको रुपमा कार्यरत रहदा खेरी नै बुझ शान्ति साझेदारी बन ब्यवस्थापनको कार्ययोजना स्वीकृत भई रहेको बेला बोटेनिकल गार्डेनको अवधारणा ल्याई क्षेत्र छुट्टयाएका थिए । तर अहिले त्यही बोटेनिकल गार्डेन चारै तिरबाट सडक बनाउदै भित्र पनि मन्दिर,गाडी स्टयाण्ड लगायतकाप पुर्वाधार बाउदै अतिक्रमण हुने गरेको देखिएको छ । स्थानिय जनप्रतिनिधि नै अतिक्रमण रोक्नु भन्दा अतिक्रमणलाई प्रोत्साहित गर्दा यस्तो समस्या आउने गरेको स्थानियले बताएका थिए ।
यता पहिला उतm क्षेत्र बुद्ध शान्ति साझेदारी बन भित्र पर्ने भए पनि पछि उतm क्षेत्रको बन सामुदायिक बन समुहमा हस्तान्तरण भएको हुदा सो बोटेनिकल गार्डेनको संरक्षण र ब्यवस्थापनमा चाँसो सामुदायिक बनले नै लिईनु पर्ने साझेदारी बन समुहले जनाएको थियो । ति क्षेत्रलाई सामुदायिक बन भित्र परे पछि सो क्षेत्रबाट गैरकानुनी ढंगले बन अतिक्रमण गरि सडक बनाइएको थियो । पुर्वपश्चिम राजमार्गसँग जोडिएको उतm गार्डेन स्थानिय सरकारका जनप्रतिनिधि,बन कर्मचारीहरुको समेत मिलोमतोमा पाल्पा सिमेन्ट उद्योगले सडक बनाई आफ्नो चुन ढुगाँ ढुवानी गर्ने बाटोको रुपमा प्रयोग गर्दै आएको छ ।
भोगाधिकार पनि नलिई एकतर्फि एउटा उद्योगले निजी प्रयोजनका लागि बन क्षेत्र त्यसमा पनि बोटेनिकल गार्डेन क्षेत्रलाई नै अतिक्रमण रोक्न नसक्नु बन कर्मचारीको निरिहता देखिन्छ । डिभिजन बन कार्यालयका सुचना अधिकारी समेत रहेका मुसाफिर भगतले खोला किनारबाट सडक बनाएको जिकिर गर्दै सो बन क्षेत्रको अतिक्रमणको बचाउ गर्ने गरेको आरोप स्थानियले लगाउदै आएका छन् । यसबारे सम्बन्धित सामुदायिक बन समुहले अतिक्रमण रोक्नका लागि डिभिजन बन कार्यालयलाई पटक पटक जानकारी गराउदै आएको तर सुनुवाई भने नभएको गुनासो गरेका थिए । अतिक्रमण क्षेत्र रोक्नका लागि स्थानियले पनि पहल गर्नु पर्ने भनाई सुचना अधिकारी भगतको थियो । बन कर्मचारीलार्इं दवाव र प्रभावमा पारेर उनले उतm सडक बनाउन लगाएको आरोप स्थानियबासीको रहेको छ । जुन सडक अहिलेसम्म कायम नै रहेको देख्न सकिन्छ ।
