सामुदायिक बनले चिरान काठको लगत नपठाउदा डिभिजन बनको ताकेता

नवलपरासी,२१ मााघ
काठ चिरानमा जर्ति घोटालाको आरोप लाग्दै आएका जिल्ला सामुदायक बन मध्ये अधिकाँस सामुदायिक बनहरुले लगत विवरण नपठाए पछि डिभिजन बन कार्यालयले ताकेता गर्ने भएको छ । चिरान आदेश लगि काठ चिरान गर्दै आएको भए पनि कति काठ चिरान गर्दा कति काठ,दाउरा,भुस लगायतका लगत विवरण अहिलेसम्म नपठाएको सामुदायिक बनहरुलाई ताकेता गरिने डिभिजन कार्यालयले जानकारी गराएको हो ।
चिरान आदेश लगे पछि चिरान पश्चात काठ दाउराको लगत विवरण जति सक्दो छिटो पठाउन जानकारी गराइएको भए पनि हालसम्म दुई वटा सामुदायिक बनले मात्र लगत विवरण पाठएको डिभिजन बन कार्यालयका बरिष्ट बन अधिकृत मरिच कुमार लामाले जानकारी गराएका थिए । उनका अनुसार हालसम्म २३ वटा सामुदायिक बनले चिरान आदेश लगेकोमा बिसासय सामुदायिक बन र बनशतिm सामुदायिक बनले मात्र विवरण बुझाएका छन् । कम्तिमा लगत विवरण त पठाईदिन पथ्र्यो,उनले भने, यसको आधारमा अध्ययन अवलोकन र विश्लेषण गर्न सहज हुने थियो । अहिले पुनःताकेता गर्ने तयारीमा छौ,उनले थप्,छिट्टै अनुगमन गर्ने कार्य पनि हुन्छ ।
सामुदायिक बन समुहहरुले अहिले उपभोतmालाई काट चिरान गरिदा केही काठ घोटाला भई रहेको आशँका स्थानियले गरेका थिए । निजी अवादीको तुलनामा सामुदायिक बन समुहले कम काठ देखाउदा स्थानियले सो आशँका गर्न थालेका थिए । नम्बरी अवादीबाट स मिलहरुले चिरान आदेश बनाई काट चिरान गर्दा जर्ति र दाउरा बाहेक ७० प्रतिसत चार पाटे काठ उत्पादन हुने छ । तर सामुदायिक बनहरुले चिरान गर्दा ४५ देखी ५० प्रतिसत मात्र काठ निस्केको बताउदा दुई प्रकारका चिरानमा झण्डै ३० प्रतिसत काठ घटदा घोटाला भएको आशँका स्थानियबासीको रहदै आएको छ ।
डिभिजन कार्यालयका अनुसार जिल्लामा २२ वटा सामुदायिक बन समुहले तँ समृद्धिका लागि बन कार्याक्रम(बैज्ञानिक बन ब्यवस्थापन) कार्ययोजना स्वीकृत गराई काठ कटान गर्दै आएका छन् । ति मध्ये अधिकाँश समुहले काठ चिरान गर्न चिरान आदेश लगेका छन् । चिरान आदेश लगे पनि चिरान पछि कति काठ र कति दाउरा तथा जर्ति कति भएर गयो,त्यसको लगत विवरण डिभिजन कार्यालयमा बुझाउनु पर्नेमा अटेरी गर्दै आएको बनका कर्मचारीले समेत महशुस गर्दै आएका छन् । यता डिभिजन बन कार्यालयका प्रमुख राजु क्षेत्रीले लगत विवरण नबुझाएको प्रति लगत विवरण तँ बुझाई नै हाल्छन्, भन्दै प्रतिकृया दिएका थिए ।
उनका अनुसार बनबाट निस्कने काठहरु कम गुणस्तरको हुदा जर्ति धेरै देखि नै हाल्छ । त्यसमा पनि निजी क्षेत्रका स मिलहरुले स साना भागलाई पनि उपयोगी बनाउे गर्छन, जुन सामुदायिक बनहरुको धेरै जसो दाउरामा निकालि हाल्छन् । यस्ले पनि निजी र सामुदायिकको चिरान पछिको काठ निस्कने अनुपातमा फरक देखिन्छ । सामुदायिक बन समुहका पदाधिकारीहरुले प्रमुखसँग सम्पर्क गर्ने तर प्रकृया पुरा गर्नमा तर्फ ध्यान नदिएको अवस्था देखिन्छ । बन पैदावार आपुर्ति समिति र सामुदायिक बनले विक्रि गर्ने दाउरामा पनि फर्निचर उद्योगहरुले आफुलाई उपयोग हुने ६० प्रतिसत काठ दाउरामा बालेर भ्याउने गरेको बताउने गरेका छन् । पाँच हजार प्रति क्वीन्टल पर्ने काठ दाउरामा बनाउदा प्रति क्वीन्टल ५ सय रुपियामा विक्रि हुने गरेको छ ।
यता कार्यालयका सुचना अधिकारी समेत रहेका मुसाफिर भगतले सुचना माग्ने विभिन्न निकाय आउने गरेका छन् । तर सुचना प्राप्त भए न दिइने हो,उनले प्रतिकृया दिदै भने,सामुदायिक बन समुहरुले जिल्लामा विभिन्न सुचनाको माग आउछ,ति सुचना उपलब्ध गराउनका लागि बेलामै लगत विवरण नपठाउदा कसरी दिइने सुचना ? बेलामा सुचना नदिदा यस्ले आशँका जन्माउछ । काम मात्रै राम्रो गरेर हुदैन,लगत विवरण,सुचना चुष्तदुरुष्ट राख्नु पर्ने कुरा सबैले बुझिदिनु पर्छ ।
निजी काठ उद्योग तथा काष्ट ब्यवसायीले चिरान गर्दा बढि काठ देखाएर आफ्ना स्टक(मौज्दात) बढि देखाएका हुन ? कि सामुदायिक बन समुहले काठ घोटाला गरि कम देखाएका हुन ? निजी ब्यसायिहरुले पनि बढि मौज्दात देखाएर पछि सम्म भ्याट बिल बिजक जारी गर्न सहजताका लागि पनि बढि गोलिया काठ चिरान गर्दा बढि चार पाटे काठ निस्केको रिकभरी देखाउने अवस्था पनि हुन सक्ने आशँकाबारे छानविन हुन आवश्यक देखिएको छ ।
२८ वटा सामुदायिक बन क्षेत्रबाट १ लाख ३९ हजार ७ सय ६४ घनफिट काठ छन् । यदि स्थानियको आशका सत्य हो भने ति काठ मध्ये झण्डै ३० हजार घनफिट काठ घोटाला भएको हुन सक्छ,त्यसको सरकारी मुल्य प्रति क्विन्टल सरदर १ हजार मात्रै हो भने ३ करोडको काठ घोटाला भएको हुनु पर्छ । जिल्लामा २८ वटा सामुदायिक बन समुहले ठूलो परिमाणमा काठ दाउरा बन क्षेत्रबाट आपुर्ति गर्ने गरेका छन् ।
जिल्लाका कुल १ लाख ६९ हजार ७ सय ९५ घनफिट काठ गत आर्थिक बर्षमा बनक्षेत्रबाट निस्कासन गरिएको थियो । त्यसमा साझेदारी समुहको ३० हजार ३१ घर फिट काठ थियो । सरकारद्धारा ब्यवस्थित बन क्षेत्रबाट पनि २ हजार ७ सय ६४ घनफिट काठ निस्केका थिए । नम्बरी अवादीबाट निजि क्षेत्रको पनि ५० हजार ३९ फिट काठ जिल्लामा उत्पादन भएका छन् । यसरी एक आर्थिक बर्षमा जिल्लाबाट कुल २ लाख २२ हजार ५ सय ९८ घनफिट काठ उत्पादन भएको देखिन्छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *