
नवलपरासी,३० पुस
जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कमा खिचडी महोत्सवको शुरु भएको छ । पुस ३० देखी माघ २ गतेसम्म चल्ने ३ दिइने खिचडी महोत्सवको लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व पर्यटनमन्त्री खड्क बहादुर बस्नेतले उदघाटन गर्दै शुभारम्भ गरेका हुन् ।
प्रकृतिसँग तालमेल गर्दै बनेको खिचडी खिचडी संस्कृतिलाई थारु समुदायले आफ्नो थारु सम्वतको शुरुवात समेत हुने गरेको बताउदै खिचडीलाई महोत्सवको रुपमा मनाउदै आएको उनले बताएका थिए । नेपाल त्यसमा पनि लुम्बिनी प्रदेश विभिन्न जातजाती,समुदायको संस्कृतिले भरिएको प्रदेश रहेको बताउदै पुर्वमन्त्री बस्नेतले अहिले धेरै संस्कृति लोप हुने अवस्थामा पनि छन,तर खिचडी संस्कृतिले ब्यापकता पाई रहेकोमा खुशी ब्यतm गरेका थिए ।
खिचडी खाने संस्कृति प्रकृतिसँग सम्बन्धित रहेको सरावल गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरीले बताएका थिए । माँघे संक्राति देखी सुर्य उत्तरायण हुने,गर्मि बढदै जाने हुदा गर्मिमा सुपाच्य भोजनको रुपमा रहेको खिचडी खाने चलन भएको हुदा प्रकृति र खिचडी संस्कृतिको आपसी सम्बन्ध रहेको बताएका थिए । विगत दुई दशक देखी जनता मावि मनरीको परिसर भित्र माघे संक्रान्ति(खिचडी) को दिनलाई महोत्सवको रुपमा मनाउदै आएको महोत्सव अहिले थारु साँस्कृतिक पार्कको विकास गरि सस्थागत बनाइदै मनाउन थालिएको हो ।
स्थायिन श्रीराम युवा प्रष्ठिानको सक्रियतामा हुदै आएको खिचडी महोत्सव तिन बर्ष देखी थारु साँस्कृतिक पार्कमा ब्यवस्थापन गर्दै खिचडीलाई ब्यापक रुपमा मनाउन थालेको स्थानियले बताएका थिए । यो बर्ष अझै विस्तारित बनाउने लक्ष्य सहित महोत्सवको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष चक्रपाणी चौधरीले जानकारी गराएका थिए । स्थायिन स्तरबाट शुरु भएको खिचडाी महोत्सव अहिले जिल्लामै पहिचान बनाएको छ, उनले भने, अझ यसलाई विस्तारित बनाउने लक्ष्य लिएका छौ ।
