सरावलको थारु साँस्कृतिक पार्कमा खिचडी महोत्सवको तयारी अन्तिम चरणमा

नवलपरासी,२८ पुस
जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कमा खिचडी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको स्थानियले जानकारी गराएका छन् । विगत दुई दशक देखी जनता मावि मनरीको परिसर भित्र माघे संक्रान्ति(खिचडी) को दिनलाई महोत्सवको रुपमा मनाउदै आएको महोत्सव अहिले थारु साँस्कृतिक पार्कको विकास गरि सस्थागत बनाइदै मनाउन थालिएको हो ।

Health Advertisement
Health Advertisement


स्थायिन श्रीराम युवा प्रष्ठिानको सक्रियतामा हुदै आएको खिचडी महोत्सव तिन बर्ष देखी थारु साँस्कृतिक पार्कमा ब्यवस्थापन गर्दै खिचडीलाई ब्यापक रुपमा मनाउन थालेको स्थानियले बताए । यो बर्ष अझै विस्तारित बनाउने लक्ष्य सहित महोत्सवको तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष चक्रपाणी चौधरीले जानकारी गराए । स्थायिन स्तरबाट शुरु भएको खिचडाी महोत्सव अहिले जिल्लामै पहिचान बनाएको छ, उनले भने, अझ यसलाई विस्तारित बनाउने लक्ष्य लिएका छौ । विद्यालय स्तरमा पनि खिचडी महोत्सवबारे निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता समेत गरिने छ । यसले बालबालिकामा यसको अध्ययन र ब्याख्यात्मक कलाको विकास हुने उनको भनाई थियो ।
विगतमा वृक्षारोपण गर्दै अगाडी सरेका मनरीका थारु महिलाहरु अहिले सो वृक्षारोपण भित्र रुख विरुवाको सजावटमा लागेका छन् । गाँउका विभिन्न सांस्कृतिक समुहहरु पनि तयारीमा लागेका छन् । वृक्षारोपण गरेर सार्वजनिक जग्गाको संरक्षण गरिएको थियो,जुन अहिले एक सुन्दर महमोहक पार्कमा रुपान्तरित गर्न स्थानिय थारु महिलाको झण्ड सक्रिय बढेको छ । पहिला खिचडी महोत्सव एउटा गाँउ लक्षित थियो, अध्यक्ष चौधरीले भने, अहिले महोत्सव सुन्दर थारु साँस्कृतिक पार्क क्षेत्रमा सारिए पछि जिल्लाmलुम्बिनी प्रदेश सहित संघिय सरकारले समेच चाँसोको रुपमा हेर्दै आएको छ । थारु समुदायलाइउ थप उत्साही बनाएको उनले सुनाए । विदेशमा रहेका थारु युवा समुदायले समेत लाईभ हेर्ने वातावरण मिलाई चाँसोको रुपमा समेत हेर्न थालेको उनको भनाई थियो । सवै तिर यसले ब्यापकता बनाउन पाउदा थारु महिलाहरु खुशी ब्यतm गरेका थिए ।
पार्कको रुपमा विकसित गरि थारु संस्कृतिको केन्द्र बनाउनमा तल्लिन थारु महिलाहरु निस्वार्थ भावले सरसफाई तथा सजावटमा लागेका छन् । हुलाकी राजमार्ग देखी झण्डै ७ मिटर पश्चिम उत्तर भलुही खोला किनारमा निर्माणाधिन उतm पार्कमा यो बर्ष देखी खिचडी महोत्सव तथा माघी मेला हुने भए पछि स्थानिय पार्क ब्यवस्थापनमा गर्दै आकर्षण थप्नमा लाग्ने गरेका छन् । थारु समुदायको संस्कृति र संस्कार झल्किने गरि थारु साँस्कृतिक पार्क निर्माणमा गाउपालिकाले चाँसो लिएर काम गर्दै आएको छ । मेलामा बनाईने धेरै जसो थारु ंस्कृति झल्किने खालको पुर्वाधारहरु स्थाई रुपमा पार्क भित्रै सुरक्षित र संक्षक्षित पनि हुने भएको छ । यसले गाउलेमा उत्साह समेत बढाएको छ ।
थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययन गरि उतm स्थानलाई चयन गरेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताएका थिए । पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि निर्माण भई सकेको छ, उनले भने, डिपिआर अनुसार स्थाई संरचनाहरु समेत बन्दै गएको छ । सोही थारु सांस्कृतिक पार्क भित्रै थारु एकेडेमी सञ्चालन गर्नका लागि भवन निर्माण कार्य सम्पन्न भई सकेको र खिचडीकै अवसर परोर अहिले सो भवनको उदघाटन समेत हुने जानकारी गराएका थिए । तर खिचडी महोत्सवले जसरी ब्यापकता पाउदै गएको छ,त्यस अनुरुप गाउपालिकाले लगानी घटाउदै गएकोले गुनासो समेत प्रतिक्ष्ठानका अध्यक्ष चौधरीले गरेका थिए । बजेट थपिदै लैजानु पर्नेमा अहिले वार्ड कार्यालयले विनियोजन गरेको रु.१ लाख र पालिकाद्धारा विनियोजित बजेट रु.१ लाख रहेको छ,तर पालिकाको बजेट कटौती हुने भन्दै हालसम्म सम्झौता समेत नहुदा दुःख लागेको उनले सुनाएका थिए ।
ंमेला विस्तार हुदै जादा सो महोत्सव लम्बिन सक्ने र खिचडीलाई मात्रै लक्षित गर्नु भन्दा थारुको संस्कार र संस्कृति झल्किने र नियमित रुपमा थारु संस्कृतिको अध्ययन अवलोकन गर्न सक्ने गरि स्थाई स्थानको आवश्यकता महशुस भएर स्थानको खोजी गर्नु परेको थियो । थारुसँगसँगै अन्य समुदायले पनि थारुबारे अध्ययन अनुसंधान गर्न सकुन,नियमित मनोरन्जन,रमाईलो,शान्त मनोरम दृष्यावलोकन गर्न सकुन भनि उदेश्यले थारु साँस्कृतिक पार्कको परिकल्पना गरिए अनुसारका काम शुरु भई रहेका छन ।
मनरी गाँउ नजिकै भलुही खोला किनारमा रहेको वृक्षारोपण क्षेत्रलाई पार्कको रुपमा विकास गर्ने स्थानियबासीले स्थान देखाएका थिए । यसका लागि वृक्षारोपण गर्ने समुहसँग गाउपालिकाले छलफल गरेर योजना अगाडी बढाएको थियो । उनीहरुकै सहमतिमा सो वृक्षारोपण क्षेत्र नजिकै थारु साँस्कृतिक पार्क बनाउन सम्भावना देखिएको छ । यसका लागि प्रारम्भिक अध्ययन गरिएको छ । वृक्षारोपण गर्ने समुह र स्थानियबासीको सहमति भए अनुसार नै गाउपालिकाले लगानी गर्दै आएको छ । करिब ८ विघा जग्गा भलुही खोला किनारमा रहेको छ । त्यसमा अधिकाँस भागमा वृक्षारोपण भएको छ । रुखहरु पनि हुर्कि सकेको छ । वरिपरि कुलो,खोला र जलासय समेत रहेको छ । पार्क कै खाली रहेको करिब डेढ विघा जग्गालाई आपको वृक्षारोपण गरिएको छ,आम्रबनको रुपमा समेत पछि पार्कमा सौन्दर्यता थपिनेमा विश्वास गरिएको छ ।
पार्कका लागि आधा संरचना बनि बनाउन जस्तै रहेको छ । पार्क जोड्ने गरि पुल पनि निर्माण भई सकेको छ । पार्क भित्रै मेला महोत्सव हुने गरि पार्कको ब्यवस्थानले आकर्षण थप्ने छ । जिल्ला भित्र कहिँ पनि थारु साँस्कृति पार्क नभएको हुदा यस प्रति जिल्ला भरिकै लागि आकर्षणको केन्द्र विन्दु हुने विश्वास गरिएको भनाई अध्यक्ष चौधरीको रहेको थियो । पार्कमा दुई खण्डमा काम भएको छ । ६५ लाख बराबारको एउटा संरचना निर्माण भएके छ । ४५ लाख बराबरका आर्को पुर्वाधार निर्माण हुदैछ । यस्ले पार्क ब्यवस्थापनले तिब्रता पाएको अध्यक्ष चौधरीको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *