पाल्हीनन्दन गाउपालिकाले जाडो झल्न दाउरा र कम्बल वितरण कार्य गर्दै

नवलपरासी,२३ पुस
जिल्लाको पाल्हीनन्दन गाउपालिकाले जाडोलाई लक्षित गरि गाँउ गाँउमा आगो ताप्न दाउरा उपलब्ध गराएको छ । जिल्ला बन पैदावार आपुर्ति समितिसँग दाउरा खरिद गरि अहिले वार्ड वार्डमा वार्डका जनप्रतिनिधि मार्फत वितरण गर्न लगाइएको गाउपालिकाले जनाएको हो ।
जाडो बढदै जादा गाँउ घरमा आगो ताप्नका लागि स्थानियको माग पनि भई रहेको र गाउपालिकाले पनि दैविप्रकोप उद्धार समितिले गरेको तयारी अनुसार नै दाउरा वितरण गर्न लागिएको गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक)ले जानकारी गराए । जाडो लक्षित पहिलो चरणमा दाउरा गाँउ गाँउमा पुर्याउने लक्ष्य अनुसार गाउपालिका परिसरमै दाउरा खसाल्न लगाइएको छ, उनले दाउरा देखाउदै भने,अब वार्ड अध्यक्ष लगायत वार्डका जनप्रतिनिधिहरुले बेलामै दाउरा गाँउ गाँउमा ब्यवस्थित र सन्तुलित तरिकाले वितरण पनि जानकारी गराइ सकिएको छ । केही वार्ड अध्यक्षहरु दाउरा लिन पनि आई सक्नु भएको छ,उनले थपे, नआएका वार्ड अध्यक्षहरु पनि गाउपालिकाको विपत ब्यवस्थापन शाखामा सम्पर्क गरि दाउरा लैजान आग्रह गरिएको छ ।
यसले गाँउका बुढापाका गरिब बिपन्न परिवारलाई जाडोमा आगो ताप्न सहज हुने उनको भनाई थियो । जाडो झल्नलाई पनि आगोले राहत पुर्याउने छ । आगोका लागि दाउरा सहित बिपन्न परिवार तथा जेष्ठ नागरिकलाई लगाउने लताकपडा पनि वितरण गर्न लागिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले जानकारी गराएका थिए । आगो ताप्ने कार्य समुहमा चोक चोकमा हुन्छ,उनले भने,तर गरिब विपन्नलाई रातीको बेला वा घरमा बस्दा न्यानो कपडा आवश्यक हुन्छ ।
त्यसका लागि पनि कम्बल लगायतका समाग्रि नेपाल रेडक्रस सोसाईटी मार्फत वितरण गर्न लागिएको उनको भनाई थियो । विकास निर्माणसँगै राहतमुखी कार्य पनि धेरै नै गर्दै आएको गाउपालिकाका लेखा शाखाका लेखा अधिकृत सञ्यय कुमार शर्माले जानकारी गराए । समृद्धि र विकासँगै तत्काल परि आउने प्रकोप जन्य समस्या समाधानका लागि पालिका अग्रसर भई आवश्यक काम गर्दै आएको बताउदै उनले दाउरा वितरण,कम्बल,कपडा र कहिले काही आश्यक परेको बेला त्रिपाल लगायतका समाग्रि पनि वितरण गर्दै आएको सुनाएका थिए ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *