गर्मिबाट पँगास माछा आफ्नै प्रविधि तयार गरि जोगाउन सके पनि जाडोमा बचाउन चुनौती

वलपरासी,१७ पुस
अत्याधिक गर्मिले पोखरीका माछा मर्न थाले जिल्लाको एकवा मत्स्य रिजर्च प्रालि प्रतापपुर १ ले नयाँ प्रविधिको जठान गरि माछा जोगाउन सफल भए पनि जाडोबाट माछा जोगाउन चुनौती भएको छ । गर्मियाममा सो प्रविधिले काम गरे पनि जाडो महिनामा पानी झन चिसो बनाईदिदा माछा बचाउनु चुनौती बनेको सो प्रालिका सञ्चालकले बताएका हुन ।
गर्मिमा पानीमा अक्सिजन मिसाउने मेसिन(ब्लोअर) जडान गरि माछा पोखरीलाई शुरक्षित गरिएको बताउदै आएका उतm प्रालिका सञ्चालक किसान भवानी प्रसाद यादवले एक साताको जाडोले दुई टन(२ हजार केजी) माछा मरेको देखाए । यसरी एक साताको जाडोले ६ लाख बराबरको माछा गाड्न पर्यो, उनले भने, ब्लोअरले पोखरीको पानी चिसो गराउन सहयोग गर्छ, अक्सिनज तँ प्रवाह हुन्छ,तर पानी झन चिसो भई हाल्दो रहेछ । जस्ले बोसोयुतm रहेको पँगास(बैखी) माछा धमाधम मर्न थाल्छन् । यसबारे पनि अब अगामी दिनमा अनुसंधान गर्न आवश्यक देखिएको उनले सुनाए ।
पोखरीमा इरेटर चलायो भने बायुमण्डलको चिसो पानीमा झन प्रवाह हुने र मिसिने हुदा पानीमा चिसोपना बढने हुन्छ । गहिरो पानीमा अक्सिजन र प्रकाशको समस्या हुन्छ,उनले भने,तर पानीमा अक्सिजन र प्रकाशका बैकल्पिक ब्यवस्थापन गर्न सकिन्छ । तर कम गहिरो पोखरीको तापक्रम वृद्धि भयो भन्ने तापमान नियन्त्रण गर्न जटिल छ । त्यसको एउटा मात्र विकल्प पोखरी गहिरो हुनु पर्छ । यस्ले कम जग्गामा गहिराई वृद्धि गरि आयतन वृद्धि हुन्छ । माछाको संख्या वृद्धि गर्न सकिन्छ । थोरै जमिनमा धेरै आमदनी लिन सकिने आधार यो अनुसंधान देखायो ।
१८ फिट गहिरो पोखरी निर्माण गरिएको जनाउदै उनले यसले माछाका लागि शुरक्षित बास स्थान बनेको बताए । तर अक्सिजन र प्रकाशको थप ब्यवस्थापन गर्न आवश्यक हुन्छ । अक्सिजन र प्रकाशको ब्यवस्थापनमा यो ब्लोअर बरदान बनेको उनको भनाई थियो । पोखरीमा अहिले नयाँ नयाँ प्रविधि एरिएटर,फाउन्टेन एरिएटर समेत जडान गरिएको उनले देखाए । सरकारले यि नयाँ प्रविधिमा माछा कृषकलाई सहयोग गर्न अनुरोध गर्दै भने,सरकारी अनुसंधान फितलो नै छ, अनुदान सहयोग पनि परम्परागत नै छ । यस्ले भारतिय माछासँग प्रतिस्पर्धा गर्न नेपाली किसानलाई चुनौती नै भएको जनाए ।
गत बर्षको अनुभव संगाल्दै ब्यवस्थित गरि माछापालन क्षेत्रफल विस्तार गरेको उनले जानकारी गराएका थिए । उन्नत प्रजातीका माछाले राम्रो आमदनी गर्न सक्ने अघिल्लो बर्षको सिकाईले अहिले माछा क्षेत्रफल १६ विघामा विस्तार गर्दै पोखरीका लागि आवश्यक ब्यवस्थित पुर्वाधार थपेको छ । गत बर्ष प्रति कठ्ठा पँगास माछा(बैखी) २० टन उत्पादन भयो, । अहिले अझै प्रविधि र बैज्ञानिक विधि अपनाइएको छ । नेपालमा भारतको आन्द्र प्रदेशबाट बैखी(पँगास) माछाको माग बढि हुने हुदा सो माछा नेपालमै उत्पादन गरि नेपाली बजारमा आपुर्ति गर्ने गरि कृषक यादव परिक्षण स्वरुप बैखी माछाको पालन शुरु गरेका थिए ।
नेपालमा यस्तो माछाको उत्पादन गर्न कठिन छ,भन्ने गर्थे, उनले आफ्नो अनुभव सुनाउदै भने,तर गरे पछि नेपालमा पनि सहजै उत्पादन गर्न पनि सकिदो रहेछ । तर माछाको बजारमा केही माछा ब्यपारीको एकाधिार हुदा बजारको समस्याले यहाँका कृषि प्राािवधिकहरुले माछा किसानलाई पँगास माछाका लागि प्राय सिफारिस नगर्ने गरेका छन् । समस्या उत्पादनको छैन्,बाजरको पनि छैन्,उनले थपे, समस्या बजारमा एकाधिकारको छ ।
पंगास माछा अन्य माछा जस्तै थोरै थोरै मारेर(हार्वेस्ट) गरेर विक्रि गर्न सजिलो र्छैन् । एकै पटक पोखरी भरिकै माछा मार्नु पर्छ,किन भन्ने ति माछा बढि संवेदनसिल हुन्छन् । पोखरीको एक दुई माछा मरियो भन्ने बचेका माछा दाना नै नखाने हुदा तौल घटेर उत्पादन जोखिम हुने गरेको सुनाए । त्यसैले ठूलो माछाको माछा एकै पटिक खपत गर्नका लागि ठूलो बजार चाहिन्छ । त्यो बजार भने काठमाडौ,पोखरा,नारायणघाट जस्ता बजार हुन् । तर त्यहाँ भारतबाट तस्करी गरि ल्याईने माछाको हालीमुहाली हुदा नेपाली किसानले उत्पादन गरेको माछाले प्रवेश नै नपाउने अवस्था छ
गत बर्ष पनि नेपालका किसानले उत्पादन गरेका माछा विभिन्न क्षेत्रबाट दवाव हुन थाले पछि खरिद गर्न उनीहरु बाध्य भएका थिए । कालीमाटीमा मात्रै दैनिक २५ मे.ट.माछा खपत हुन्छ,त्यसको ७० प्रतिसत औपचारिक माछा पैठारी भारतबाट हुन्छ,अनौपचारिक तस्करीको माछाको त तथ्याँक नै छैन् । यादवका अनुसार भारतको आन्द्र प्रदेशबाट प्रति केजी ५५ रुपियामा माछा ल्याएर नेपाली बजारमा भारतिय माछा छ्याप छ्याप्ती बनाईने र नेपाली किसान पोखरीमा माछालाई दाना खुवाउदै बस्ने अवस्था विद्यमान छ ।
प्रति केजी ५५(भारु) अर्थात ८८ रुपियाको माछा नेपालमा भित्रिदा प्रति केजी दुई सय भन्दा बढि मुल्यमा विक्रि हुने गर्छ । यसले गर्दा अहिले पनि भारतबाट कालीमाटी बजारमा मात्रै दैनिक ५० लाखको माछा खपत हुने गरेको छ, जस्मा माछा ब्यवसायीलाई दैनिक २८ लाख नाफा हुने अवस्था छ,त्यही भएर माछा ब्यवसायिहरुले भारतिय नेपाली किसानको माछा भन्दा भारतिय माछालाई प्राथमिकता दिईने गरेका छन् । तर भारतबाट आउने माछा तिन महिनासम्मको बासी माछा र केही रसायनबाट संरक्षित गरेर आउने माछा आम उपभोतmाका लागि अस्वथ्यकर रहेको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *