डेढ महिना देखी कृषि ज्ञान केन्द्र प्रमुख विहिन

नवलपरासी,१८ पुस
जिल्ला स्थित कृषि ज्ञान केन्द्रको बर्षेनी घट्दै आएको बजेटसँगै अहिले डेढ महिना देखी कार्यालय प्रमुख विहिन बनेको छ । लुम्बिनी प्रदेश सरकारले निरन्तर बजेट कटौती गर्दै जाने र अहिले कार्यालयमा प्राविधिक सहित कार्यालय सञ्चालनका लागि डेढ महिना देखी प्रमुख विहिन बनाउने कार्यले कृषि र कृषक प्रति अनुदार बन्दै गएको आरोप स्थानियले लगाउन थालेका हुन् ।
मंसिर पहिलो साता देखी नै कार्यालय प्रमुख विहिन बनेको छ । कार्यालयका कुनै कर्मचारीलाई कायमुकायम बनाई आर्थिक सहितको अधिकार पनि मन्त्रालयले प्रदान गरेको छैन् । कृषकको अभिभावकिय भुमिका गर्ने ज्ञान केन्द्रमा प्रमुख नहुदा केन्द्र आफै अभिभावक विहिन देखिएको छ । कृषकको सेवा तँ परै जाओस,कार्यालयका कनिष्ट कर्मचारीहरुले दुई महिना देखी तलब सुविधा पनि पाउन सकेका छैनन् । खिचडी मनाउने बेला आई सक्यो,एक कर्मचारीले भने,अहिलेसम्म प्रमुख कोही आएका छैनन्,भएकै कर्मचारीलाई जिम्मेवारी पनि तोकिएको छैन्,नयाँ आउने प्रमुखले केही दिन अवस्था बुझ्न नै समय लाग्छ,कसरी पाईन्छ ? तलब सुविधा उनले गुनासो गरेका थिए ।
कार्यालयमा रहेका प्रमुख डा.रविन्द्र नाथ चौबेको अनिवार्य अवकास भएर गए देखी केन्द्र प्रमुख विहिन रहेको कार्यालयका सुचना अधिकारी उमाशंकर पौडेलले बताए । डेढ महिना भई सक्यो,उनले भने,कार्यालय निमित्तको भरमा चलेको छ । यसमा आउने किसानलाई प्राविधिक ज्ञान मात्रै दिन सकिएको छ । खटनपटनमा पनि समस्या नै छ,उनले भने,अध्ययन,अवलोकन,भ्रमण,अनुगमन जस्ता कार्य हुन सकेको छैन् । उनका अनुसार प्रमुख नहुदा काम गर्न असहज तँ भई नै हाल्छ,यसबारे कृषि मन्त्रालय र निर्देशनालय दुबैलाई थाहा छ,धेरै कुरा हामीले भन्न मिल्दैन्,समस्या तँ धेरै छ । केन्द्रको बर्षेनी कृषि बजेट कटौतीले सेवालाई प्रभावकारी बनाउन नसकिएको ज्ञान केन्द्रका प्राविधिकहरुले बताएको बेला केन्द्र प्रमुख विहिन हुदा सरकार बेखर बन्नु प्रदेश सरकारको किसान प्रति कतिको गम्भिर छ ? स्थानिय राधेश्याम सिँह सैथवारले बताए ।
स्थानिय र संघले पनि कृषकका लागि बजेट नबनाईदिदा ज्ञान केन्द्रमा प्राविधिकहरु भए पनि कृषकलाई कृषि सेचतना,तालिम,गोष्ठि,अध्ययन भ्रमण प्रयोगात्मक सिकाई गराउनुका साथै नयाँ नयाँ प्राविधिक अभ्यास समेत गराउन सकिएको छैन् । बजेटमा वृद्धि गर्नका लागि जिल्ला स्थित जनप्रतिनिधिहरुले पहल गर्न सकेका छैनन । कार्यालयको तथ्याँक अनुसार चालु आर्थिक बर्षको ज्ञान केन्द्रका लागि ४ करोड ४ लाख ७८ हजार मात्र रहेको छ । जुन बजेट गत बर्षको भन्दा पनि घटेर आएको छ, देखिन्छ ।
केन्द्र स्थापनाकाल देखीकै बजेट हेर्ने हो, भने विगत पाँच बर्षको कृषि ज्ञान केन्द्रका लागि बजेट प्रवाह पहिलो बर्ष(०७७÷०७८) मा १६ करोड ६९ लाख,दोश्रो बर्ष (०७८÷०७९) १२ करोड ६२ लाख,तेश्रो बर्ष (०७९÷०८०) ८ करोड ७६ लाख,चौथो बर्ष (०८०÷०८१) ५ करोड ८३ लाख र अहिलेको पाँचौ बर्ष (०८१÷०८२) मा ४ करोड ६२ लाखमा बजेट झरेको थियो । जुन बेला १२ अर्बको राष्ट्रिय बजेट थियो,त्यो बेला कृषि बजेट डेढ १६ करोड बढि आउने र अहिले १९ अर्ब बढिको राष्ट्रिय बजेट सरकारले ल्याउदा बजेट घटेर ४ करोड ४ लाखमा झर्नु के कारण होला ? किसानले आफुले जिताएका नेता र साँसदसँग प्रश्न गर्नु पर्ने हो ।
प्राविधिक तर्फ पनि जिल्लाको घरधुरी र जनसँख्याको अनुपातमा प्रति १ हजार ४ सय १२ घरधुरीमा एक जना कृषि प्राविधिकहरु रहेको अवस्था छ । सरकारले नीति कार्यक्रममा कृषि क्षेत्र प्राथमिकता देखाउने तर बजेट र जनशतिm कमजोर बनाउदै कृषि क्षेत्रलाई उपेक्षा गरिदै आएको तथ्याँकले नै प्रष्टयाउने गरेको छ । सरकारले कृषि र कृषकलाई प्रोत्साहित गर्न नसक्दा अहिले युवाहरु विदेशिने बाध्यता देखिदै गएको छ । यसले तराईका जिल्लामा पनि खेतीपाती बाँझो हुने अवस्था सृजना हुदै गएको तथ्याँकले नै देखाएको छ । जिल्लाका जग्गाको तथ्याँक विवरण अनुसार जिल्ला भित्र अहिले ३९ हजार ४ सय ७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर खेती गरिएको जमिन ३७ हजार १ सय २२ हेक्टर देखाइएको छ । यसरी कुल खेती नभएर बाँझो अवस्थामा २ हजार २ सय ८५ हेक्टर जमिनमा खेती नगरिएको अवस्थाले बाँझो नै छ ।
सबै भन्दा बढि खेतीयोग्य जग्गा रामग्राम नगरपालिकामा ७ हजार ९ सय ६ हेक्टर रहेको छ,जस्मा ७ हजार ८ सय ७५ हेक्टर जग्गामा खेती गरिएको र ३१ हेक्टर जमिन बाँझो छ । क्रमशःवर्दघाट नगरपालिकामा खेतीयोग्य जग्गा ६ हजार ७२ हेक्टर रहेकोमा ५ हजार ४ सय ७६ हेक्टरमा खेती गरिएको र ५ सय ९६ हेक्टर बाँझो छ । सुनवल नगरपालिकामा ४ हजार ९ सय ३४ हेक्टर खतीयोग्य जग्गा रहेकोमा ४ हजार ९ सयमा खेती भई रहेको र ३४ हेक्टर बाँझो छ । सरावल गाउपालिकामा ५ हजार ५ सय ४९ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ३ सय ४२ हेक्टरमा खेती भई रहेको र २ सय ७ हेक्टर बाँझो छ ।
प्रतापपुर गाउपालिकामा ५ हजार ९ सय ७८ हेक्टर खेतीयोग्य जमिनमा ५ हजार ८ सय ७ हेक्टरमा खेती भएको र १ सय ७१ हेक्टर बाँझो अवस्थामा देखिन्छ । त्यसै गरि सुस्ता गाउपालिकामा ५हजार १ सय ९७ हेक्टर खेतीयोग्य जमिन रहेको र ४ हजार ५ सय ९५ हेक्टरमा खेती भई रहेको र ६ सय २ हेक्टर बाँझो अवस्था देखाउछ । पाल्ह्ीनन्दन गाउपालिकाको कुल ३ हजार ७ सय ७१ हेक्टर खेतीयोग्य जमिन रहेको र ३ हजार १ सय २७ हेक्टरमा खेती भएको तथा ६ सय ४४ हेक्टर जग्गा बाँझो देखाइएको छ । सिचाईको आधारमा कुल २० हजार २ सय ८ हेक्टर सिचिँत क्षेत्रफल छ । जुन कुल जग्गाको ५१.२८ प्रसिसत जग्गामा मात्र सिचाई पुगेको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *