च्याउ उद्योगमा भविष्य खोज्दै रामग्रामका युवाहरु तेश्रो च्याउ उद्योग निर्माणमा

नवलपरासी, १५ पुुस
देश भरि पुस १५ गते च्याउ दिवस मनाईदै छ, यता दुई वटा उद्योग सञ्चालन भई तेश्रो च्याउ उद्योग खोल्ने तयारीमा जुटेका छन्,स्थानिय युवा कमल कशौधन । च्याउ उत्पादकलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने उदेश्यले नेपाल सरकारले २०८२ सालको पुस १५ च्याउ दिवस मनाउने निर्णय पश्चात पहिलो च्याउ दिवस मनाउन शुभारम्भको दिन शुभकामना दिदै कशौधनले आफ्नै प्रयासमा अहिले जिल्लामा तेश्रो ठूलो च्याउ उद्योग निर्माणमा लागेको बताए ।
च्याउमै युवाले भविष्य खोज्न सक्ने दाबी गर्दै उनले तिन बर्ष पहिला आफुले स्थानिय युवालाई जोडेर रामग्राम १२ कुनुवारमा माँ पाल्ही कृषि फर्म प्रालिको च्याउ उद्योग स्थापना गरि सञ्चालनमा ल्याइयो,तर पछि आफु त्यसबाट निस्केर दोश्रो.च्याउ उद्योग खोल्न थप युवाहरुलाई जोडेर रामग्राम ६ पोखरापालीमा जौरहरी माई कृषि फर्म प्रालि दर्ता गराई गत बैशाख देखी च्याउ उद्योग सञ्चालनमा ल्याएको सुनाए । अहिले उनी फेरी तिनै युवा साथीहरुलाई जिम्मेवारी लगाई रामग्राम ८ बैकुण्ठापुरमा सकुन्तलादेवी कृषि फर्म प्रालि स्थापना गरि तेश्रो च्याउ उद्योगको निर्माण कार्यमा जुटेका छन् ।
धान र गहुँ खेती गर्ने किसानले बाली भित्रयाए (हार्वेस्ट) गरे पश्चात पराल र छाउलीमा आगो लगाई दिएर नष्ट गर्ने अभियान रोक्नका लागि त्यसको सदुपयोगको च्याउ खेती नै उत्तम रहेकोले च्याउमा युवालाई जोड्ने तर्फ लागेका थिए । जस्मा अहिले दुई उद्योग सञ्चालनमा रहेका छन्,उनले भने, अहिले रामग्राम नगरक्षेत्र भित्र नै तेश्रो ठूलो च्याउ उद्योग निर्माणाधिन रहेको छ । आउने बैशाख देखी सो उद्योगले पनि उत्पादन शुरु गर्ने उनको भनाई छ । उनका अनुसार ति उद्योगमा अहिले गहुँ हार्वेस्ट पनि बचेका छावलीलाई भुस बनाएर भण्डारण गर्ने र त्यसैबाट गोब्रे च्याउ उत्पादन हुदै आएको छ ।
परालबाट कन्ये च्याउमा घरेलु उद्योग सञ्चालन गरि उत्पादन गर्ने कार्य धेरै किसानले गर्दै आएका छन् । अबको आर्को लक्ष्य पनि बनाउदै पहाडी क्षेत्रमा सिताके च्याउ उत्पादन गर्न सक्ने सम्भावनाको समेत खोजीमा छु,उनले भने, पुर्वि नवलपरासीको पहाडी क्षेत्रमा सिताके च्याउको राम्रो उत्पादन दिइने उत्तिसका जंगलहरु रहेका छन् । खेर गईरहेका ति उत्तिसका मोढामा सिताके च्याउ उत्पादन गर्न सकिने प्रयाप्त आधार छन् । त्यसका लागि पनि स्थानिय युवाहरुसँग सम्पर्क समन्वयमा जुटेको उनको भनाई थियो ।
च्याउबाट राम्रो आमदनीको सम्भावना पहिचान गर्दै जिल्लाको रामग्राम नगरपालिकाका युवा उद्यमीहरुले च्याउ उत्पादनमा लगानी गर्न थालेका छन् । पहिलाको उद्योगले उद्योग ब्यवस्थापनले क्षमता लगानी थपेर क्षमता विस्तार गरेको छ । लगानी गरि क्षमता वृद्धि गरे पश्चात १० जनाको रोजगारी थपिएको उद्योग ब्यवस्थानले जनाएको छ,भन्ने नयाँ उद्योगले पनि ४० जनाको रोजगारी प्रदान गरेको छ ।
भारतिय बजारमा निर्भर रहेको च्याउ उद्योगहरु खुल्न थाले पछि नेपाली च्याउले नै बजार छाएको उनले बताए । सरकारले नेपाली उद्योगलाई प्रवद्र्धन गर्न सके नेपालमै रोजगारी प्रदान गर्ने अवस्था देखिन्छ,उनले थपे,तर सरकारी नीति बन्छ, कार्यान्वयन हुदैन्, यसले गर्दा रोजगारीको विकल्प बैदेशिक रोजगार बन्दै छ । यस्ले मुलुकको विकासमा बाधा पुर्याउछ । तर च्याउलाई शुरक्षित र गुणस्तरिय रुपमा नै मुलुकमा विभिन्न बजारमा पुर्याउनका लागि सरकारले बाता अनुकुलित ढुवानी सेवाको ब्यवस्थापन गर्नु पर्ने आवश्यकता रहेको कशौधनले औल्याए । गुणस्तरिय च्याउ उत्पादन बढाउन सकियो भन्ने विदेश निर्यात पनि गर्न सक्ने उनको भनाई थियो ।
उनका अनुसार शुरुमा ७ करोडको लगानीमा कुनुवारमा च्याउ उद्योग खुल्यो । अहिले ८ करोड बढि लगानीमा च्याउ उद्योग पोखरापालीमा सञ्चालन भई रहेको उद्योगका सञ्चालक आदित्य बर्माले बताए । आर्को साढे ५ करोड लगानी गरि बैकुण्ठापुरमा कशौधनको च्याउ उद्योग निर्माणाधिन छ । च्याउ बजारमा जान थालेको छ । तर दुःख कुरा काठमाडौ च्याउ बठाउन मान्छेको भाडा भन्दा बढि च्याउको भाडा तिर्न परेको छ । काठमाडौ्र च्याउ पुर्याउन वाताअनुकुलित(एसी) बसमा प्रति केजी १७ रुपिया भाडा तिर्न परेको छ । यसका लागि छुट्टै ढुवानीको ब्यवस्थापन भए सजिलो हुने उनको भनाई थियो । वातावरण मैत्री यो उद्योगले च्याउ मात्रै नभई बायो प्रोडक्टको रुपमा जैविक मल पनि उत्पादन हुने जनाए । बर्षमा २ लाख केजी जैविक मल उत्पादन हुन्छ । जुन किसानले खेतमै जलाउने गरेका गहुँको डाँठ अहिले भुस बनाई उद्योगले खरिद गरि दिदा वातावरण प्रदुषणलाई पनि सहयोगी देखिएका छन् ।
पहिलो माँ पाल्ही भगवती कृषि फार्म प्रा.लिकोे उद्योग सञ्चालनमा आएको थियो । सो उद्योग सञ्चालनमा आउदा ५० जनाले रोजगारी पाएका थिए । स्थानिय ५० जना महिलाहरु प्रत्यक्ष रोजगारी पाएको उद्योगले क्षमता वृद्धि पछि रोजगारीमा पनि वृद्धि हुने हुदा स्थानिय मजदुर पनि उत्साही देखिएका थिए । अहिले पनि सो उद्योगले थप साढे तिन करोड लगानी गर्यो,उत्पादन क्षमता बढयो,त्यसले थप १० जना रोजगारी पाउन सफल भएका छन् । च्याउको विँउ राख्ने देखी च्याउ काट्ने र प्याकेजिगँ गर्नेसम्मको काम गर्नका लागि स्थानिय गाँउकै महिलाहरुले काम गर्दै आएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी गराएका थिए ।
च्याउबाट निस्कने मलहरुको उपयोग गरि रासायनिक मल र विषादी विनाको शुद्ध अर्गेनिक तरकारी उत्पादन गरिने छ । नेपालको पोखरा नारायणगढ र काठमाडौ समेत सप्लाई हुदै आएके च्याउसँगै अर्गेनिक तरकारीको माग पनि गर्ने गरेका कारण त्यस्तो सोच बनाइएको उनको भनाई थियो । उनका अनुसार अधिकाँस तारे होटलहरुमा पनि यस्को माग रहेको छ,त्यो भएर बजार समस्या पनि खासै छैन् । तर हार्वेष्टिगँ भए पश्चात धेरै समय भण्डारण गर्न सक्ने क्षमता नभएका कारण नोक्सानीको चुनौती भन्ने कायम नै छ । तर पनि सामन्जस्यता मिलाउदै अगाडी बढने उनले जनाए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *