महेशपुर भन्सारको मंसिर महिनामा राजस्व लक्ष्य भन्दा बढि

नवलपरासी,१४ पुस  
चार महिनासम्म निरन्तर ओरालो तर्फ जादै गरेको जिल्ला स्थित महेशपुर भन्सारमा राजस्व उठ्ने क्रममा वृद्धि भएर उकालो तर्फ देखिएको छ । चार महिनासम्म तोकिएको लक्ष्य भेटाउन नसक्ने भन्सारले पछिल्लो मंसिर महिनामा लक्ष्यको १ सय २४ प्रतिसत राजस्व उठाउन सफल देखिएको हो ।
गत बर्ष लक्ष्यसम्म भेटाउदै राजस्व उठाउदै आएको महेशपुर भन्सारलाई साउन महिना देखी नै लक्ष्य अनुसारको राजस्व उठाउन मुस्किल हुदै आएको थियो । चार महिनासम्म लक्ष्य अनुसारको राजस्व उठाउन नसक्दा भन्सार कार्यालय र शुरक्षा निकाय दुबै माथि प्रश्न उठ्न थाले पछि अहिले भन्सार कर्मचारी र शुरक्षा निकाय चोरी तस्करी नियन्त्रण नियमन तर्फ लाग्न थाले पश्चात भन्सार राजस्वले गति लिएको भन्सारका कर्मचारीले बताएका छन् । कार्यालयको तथ्याँक अनुसार चालु आर्थिक बर्ष २०८२।०८३ को कार्तिक मंसिर महिनाको लक्ष्य रु.१ करोड ४७ लाख ९७ हजार रहेकोमा राजस्व संकलन १ करोड ८३ लाख३२ हजार ६ सय ८३ रुपिया (१२४%) भएको छ ।
जस्मा कृषि सुधार शुल्क १ लाख ९२ हजार७ सय ४७ रुपिया,भन्सार सम्बन्धि अन्य आय रु.४२ हजार,मुल्य अभिवृद्धि कर(भ्याट) ५५ लाख ६६ हजार ९ सय ३२,अन्तःशुल्क रु. ३ लाख ७१ हजार ६ सय ९५,अन्य कर तथा शुल्कमा ४३ हजार ५ सय र भन्सार महशुल रु.१ करोड २१ लाख १५ हजार ६ सय ७९ गरि कुल राजस्व रु. १ करोड ८३ लाख३२ हजार ६ सय ८३ रुपिया संकलन गर्न सफल भएको छ । चार महिनासम्म निरासा जनक रहेको भन्सार राजस्व मंसिरमा वृद्धि भए पश्चात भन्सारका कर्मचारी पनि राहत महशुस गरेका छन् । यो निरन्तरता कायम राखि राख्नका लागि शुरक्षा निकायको भुमिका पनि उत्तिकै आवश्यक रहेको भन्सारका कर्मचारीले बताए ।
भन्सार कार्यालयको तथ्याँक अनुसार साउन,भदौ र असोजमा क्रमशः लक्ष्यको ६६.४२ प्रतिसत,९८.०४ र ६३.९३ प्रतिसत रहेको थियो । साउनको लक्ष्य १ करोड ५१ लाख ५३ हजार रहेकोको र साउन महिनामा राजस्व रकम १ करोड ६४ हजार ५ सय ९७ रुपिया राजस्व उठेको थियो । त्यसैगरि भदौको लक्ष्य १ करोड ६२ लाख २९ हजार रहेकोमा सो महिनामा १ करोड ५९ लाख ११ हजार ५ सय ४२ रुपिया राजस्व संकलन भएको थियो । असोज महिनामा १ करोड ५७ लाख ७५ हजार लक्ष्य रहेकामा १ करोड ९१ हजार ९ सय ५३ रुपिया राजस्व संकलन भएको थियो ।
भन्सार कार्यालयले कृषि सुधार शुल्कसँगै भन्सार महशुल आयात पैठारी भन्सार सेवा दस्तुर,मुल्य अभिवृद्धि कर(भ्याट)हरित कर, र अन्य प्रशासनिक सेवा शुल्क शिर्षकमा भन्सार कार्यालयले राजस्व र्सकलन गर्दै आएको जनाएको छ । अघिल्लो आर्थिक बर्ष २०८१।०८२ को तथ्यांक अनुसार असोज महिनाको लक्ष्य १ करोड २२ लाख २७ हजार भएकोमा लक्ष्यको १ सय ५९ प्रतिशत रकम रु १ करोड ९५ लाख १ हजार ६ सय ४३ संकलन भएको थियो । भदौ महिनाको लक्ष्य १ करोड २९ लाख ७ हजार रहेकोमा लक्ष्यको ५१ प्रतिसत मात्र रु। ६६ लाख ७३ हजार ८ सय १३ रुपिया र साउन महिनाको लक्ष्य १ करोड १७ लाख २९ हजार रहेकोमा लक्ष्यको ८८ प्रतिसत रकम रु.१ करोड ४ लाख ११ हजार २ सय ५२ रुपियाँ राजस्व संकलन भएको थियो ।
मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले २०७५ असोज ७ गते शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन, तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउँदै भन्सार हुन सकिरहेको छैन । यसले गर्दा चोरी पैठारी भई नेपाल भित्रिने तरकारीमा विषादीको मात्रा परिक्षण हुन सकिरहेको छैन् ।नेपाली उपभोक्ता विषादी युक्त तरकारी खान बाध्य छन् । भन्सार नहुँदा राजस्व ह्रास भइरहेको छ ।
भन्सार गराएर स सानो ब्यपार ब्यवसाय गर्ने ब्यवसायीले ब्यवसाय गर्न नपाउँदा रोजगारीको समेत सृजना हुन सकिरहेको छैन । हाटबजारमा तरकारी आपूर्ति पर्याप्त मात्रामा आउन नसक्दा तरकारीको मूल्य पनि आकासिँदै जाँदा उपभोक्ता मूल्यवृद्धिको मारमा छन् । यसरी एउटा समान्य क्वारेन्टाईन ब्यवस्थापनका लागि कर्मचारी नराख्दा अबैध तरकारी पैठारी, विषादीयुक्त तरकारी खानुपर्ने बाध्यता, राजस्व ह्रास र रोजगारीमा प्रतिकूल असर पर्नुका साथै तरकारीमा मूल्यवृद्धि जस्ता समस्या भई रहेका छन् । महेशपुर भन्सार नाका स्थापना भएको ६ बर्ष पुग्न लाँदा पनि भन्सारका लागि अति आवश्यक प्लान्ट क्वारेन्टाईन अझैसम्म सञ्चालनमा नआउँदा भन्सारले पुरै क्षमतामा काम गर्न सकेको छैन् ।
गत बैशाख ५ गते संघिय संंसद प्रतिनिधि सभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोतmा हित समितिको टोलीले समेत स्थलगत अवलोकन गर्दै सुझाव संंकलन गरेर गएको थियो । त्यो बेला पनि क्यारेन्टाईन बनाउनका लागि माग उठेको,सरकारको नीति कार्यक्रममा पनि सम्बोधन भएको तर बजेट कार्यक्रममा छुटाइए पछि आश्वासनमा मात्रै सिमित देखिएको उद्योग बाणिज्य र्संघ नवलपरासीका अध्यक्ष ओम प्रकाश अग्रहरीले बताए ।
महेशपुर भन्सार राजस्व उठाउनमा आन्तरिक र बाह्य कारण दुबै भएको भन्सार कार्यालय प्रमुख विकास उपाध्यायले बताएका थिए । उनका अनुसार आन्तरिक कारण जन शतिm साधन स्रोत तथा प्लान्ट क्वारेन्टाईन नहुनु र पशु क्वारेन्टाईनले माछा लगायत पशुपंक्षि जन्य बस्तुको पैठारी गर्दा भन्सारका लागि सिफारिस नगरिने केही बैधानिक जटिलता छ । बाहिरी कारणमा शुरक्षा निकायसँग समन्वयात्मक कार्यमा समस्या र भारतिय पक्षबाट पनि असहयोग जस्तै छ । यता केही उपभोग्य बस्तुमा भन्सार दर पनि बढि हुदा चोरीको बाटो रोज्न उपभोतmा तथा ब्यवसायी बाध्य बनेको उबासंघका पुर्व बाणिज्य उपाध्यक्ष राधेश्याम अग्रहरीले बताए । राजस्वको दर भन्दा दायरा बढाउनु पर्ने हो,उनले भने,स्थानिय उपभोतmा र साना ब्यवसायिका लागि भन्सार दर कम भयो,भन्ने चोरीको बाटो भन्दा भन्सार राजस्व बुझाउने क्रम बढ्ने उनको दाबी थियो । उनले छोटी भन्सारलाई पनि सुचारु गर्नु पर्ने आवश्यकता औल्याएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *