
नवलपरासी,११ पुस
जिल्लाका हाटबाजर ब्यसायीहरु जिल्ला स्तरिय भेला गर्ने योजनाको तयारी जुटेका छन् । जिल्ला भित्र रहेका विभिन्न हाटबजारहरुमा सरकारी वेवास्ताले संस्थागत तथा ब्यतिmगत दुबै तिरबाट अतिक्रमण हुन थाले पछि हाजबजारसँग सम्बन्धित ब्यवसायि तथा कृषकहरु बजार सरक्षणमा अग्रसरता देखाएका हुन् ।
सरकारद्धारा उपेक्षामा परेका हाटबजारलाई आर्थिक क्षेत्रको पहिचान गराउनका लागि जिल्ला स्तरिय भेलाको आवश्यकता महशुस गरि भेला गर्ने गृहकार्य भइ रहेको हाटबजार जिल्ला समन्वय समितिका संयोजक राधेश्याम अग्रहरीले बताए । समाजवादमा आधारित,कृषक ब्यवसायी तथा उपभोतmाको प्रत्यक्ष सहभागिता रहेको स्थान हाटबाजर हो,उनले भने,अहिले पुजिँवादी ब्यवस्थाको भाटघटेनी जस्ता सपिगँमलहरु बन्ने गरेको छ,त्यसमा बैंक तथा वित्तिय क्षेत्रले लगानी गर्दै आएका छन् । जस्मा मुल्यमा कुनै प्रतिस्पर्धा पनि हुदैन्,एक मुल्य हुन्छ,तर हाटबाजर हाम्रो परम्परागत सपिगँमल जस्तै हो,खुल्ला पारदर्शि,प्रतिस्पर्धा हुन्छ । किसानको प्रत्यक्ष पहुँच हुन्छ,उपभोतmा र उत्पादकको प्रत्यक्ष सहभागिता हुन्छ । यसमा सरकारको करोडौ लगानी पनि हुदै आएको छ । लाखौको प्रत्यक्ष र परोक्ष रोजगारीले जोडेको छ । तर सरकारी उपेक्षामा परेको देखिएको छ ।
तिन तहको सरकारले आफ्नो अनुकुल बजारमा हस्ताक्षेप समेत गर्ने कार्य हुदै आएको छ । कहि कतैबाट अतिक्रमण र हस्ताक्षेप हुदा सुनुवाई पनि हुदैन्,त्यो भएर संगठित हुन आवश्यकता महशुस गर्दै उनले भेलाको तयारी भई रहेको सुनाए । सकेसम्म यहिँ आर्थिक बर्ष २०८२।०८३ भित्र जिल्ला भेला गराउने तयारीमा जुटेका छौ,उनले भने । हाटबजार ब्यवसायीले बजारको डिपिआर रामग्राम नगरपालिकासँग दुई महिना देखी माग गर्दा समेत नपाएको गुनसो गर्दै भने, दुई साता पहिला आफुले डिपिआरका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई निवेदन दिदै आग्रह गरेको छु । तर हालसम्म पाइएको छैन् । जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही ब्यतिmले अतिक्रमण गरि रहेको भन्दै ब्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गर्दा नपाउने र पछि जिल्ला समन्वय समितिलाई गुहारे पनि नगरपालिकाले अटेरी गर्दा मुख्यमन्त्री समक्ष निवदेन दिएका हुन् ।
हाट बजार ब्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाईन सहितको डिपिआर कातिक १५ गते नै माग गरेका थिए । तत्पश्चात उनलाई डिपिआरको प्रतिलिपि उपलब्ध नभए पछि उनी मंसिर १ गते जिससमा निवेदन दर्ता गराएका थिए । जिससले पत्राचार गर्दा पनि नगरपालिकाले अटेरी गरे पछि उनी मुख्यमन्त्रको कार्यालयमा जिल्ला हुलाक कार्यालय मार्फत पत्र पठाएका थिए । जिल्लामा अहिले धेरै जसो हाटबाजरको समस्या उस्तै रहेको सुनाए । सुनवल,वर्दघाटमा उस्तै समस्या छ,उनले भने,पहिला सार्वजनिक जग्गा,नदि उकास,बन जंगल नजिकै अस्थाई रुपमा हाटबाजर लगाउने गर्छन,पछि त्यहीका केही ब्यतिm संस्थाहरु स्थानिय सरकारसँग मिलेर हाटबाजर अन्यत्र सार्ने र ति जग्गा कब्जा गर्ने नियती राख्दै आएका छन् । तर अब हाटबाजर क्षेत्रको सिमाँकन,रेखाँकन गरि स्थाई पहिचान बनाउन आवश्यक देखिएको छ ।
त्यसैका लागि जिल्ला भित्र रहेका हाटबाजरहरुका प्रतिनिधिहरुलाई जिल्ला स्तरिय भेला गरि एउटा घोषणापत्र जारी गर्ने र तिनै तहका सरकार समक्ष हाटबाजरको दिगो ब्यवस्थापनका लागि पहल गर्ने गरि भेलाको तयारीमा आफु लागेको सुनाए । जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याँक अनुसार जिल्लामा साप्ताहिक हाटबजारको संख्या कुल ३२ वटा रहेको छ । जस्मा रामग्राम नगरपालिकामा परासी हाटबजार,पटखौली हाटबाजर,धर्मपुर हाटबजार,कुनुरु हाटबजार गरि ५ वटा हाटबाजरहरु रहेका छन् । त्यसै गरि सुनवल नगरपालिका मित्र सोमनाथ हाटबाजर,अस्नैया हाटबजार,बैरागनाथ हाटबजार,रामपुर चँौरहा हाटबाजर,भुमही हाटबाजर गरि ५ वटा हाट बजार रहेको छ ।
यसै गरि वर्दघाट नगरपालिका क्षेत्र भित्र भोटेक्याम्पस हाटबाजर,बाढीपिडित हाटबाजर, वर्दघाट १५ हाटबाजर,पालडाडा हाटबाजर,कुकुरमारा हाटबजार,चिसापानी हाटबाजर,वर्दघाट हाटबाजर,भटवलिया हाटबजार,माकर हाटबजार,भुतहा हाटबाजर गरि १० वटा हाटबाजर रहेका छन् । प्रतापपुर गाउपालिकामा पनि सिसहनिया हाटबजार,सेमरी हाटबाजर,सुर्यपुरा हाटबाजर,पिपरपाती हाटबाजर,बेलाटारी हाटबाजर, गरि ५ वटा हाटबाजर रहेका छन् । पाल्हीनन्दन गाउपालिकामा एउटा मात्र बैरवा हाटबाजर मात्र रहेको छ,भने सुस्ता गाउपालिकामा बरुवा हाटबजार,रुपौलिया हाटबजार,कुडिया हाटबजार,सुूस्ता हाटबजार,फेनहरा हाटबजार, र नर्सही हाटबाजर गरि ६ वटा रहेका छन् ।
