प्रहरीद्धारा ठूलो मात्रामा विद्युतिय चुरोट बरामद

नवलपरासी,२ पुस
तस्करी गरि अवैध रुपमा नेपालबाट भारत पठाउन लािगएको ठूलो परिमाणको विद्युतिय चुरोट प्रहरीले बरामद गरेको छ । बुधवार विहान पाल्हीनन्दन गाउपालिका ६ कब्रिस्थानबाट अवैध रुपमा नेपालबाट भारत तर्फ लैजानका लागि दशगजा नजिकैबाट करिब ४५ लाख मुल्य बराबरको उतm विद्युतिय चुरोट प्रहरीले बरामद गरेको हो ।
शसस्त्र प्रहरी गणबाट खटिएको टोलीले ९ कार्टुनमा रहेको १ हजार ८ सय पिस सो विद्युतिय चुरोट(हुका) बरामद गरिएको जनाएको छ । प्रहरीका अनुसार गणबाट शसस्त्र प्रहरी नायब उपरिक्षक गोविन्द बहादुर केसीको कमाण्डमा ७ जनाको गाडी घुम्तिटोली, र सिमा सुरक्षा गुल्म हेडक्वाटर हरपुरबाट शसस्त्र नायब प्रहरी निरिक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा ५ जनाको सँयुतm टोलीले उतm विद्युतिय चुरोट बरामद गरेको हो । केही दिन अगाडी शसस्त्र प्रहरी बनल नेपाल २६ नं. गण हेडक्वाटरले नै भन्सार छलि गरि भारतबाट नेपाल ल्याएको ठूलो परिमाणको कफि दाना र टेक्टर समेत बरामद गरेको थियो । सरावल ७ गणेशपुर बाट बरामद उतm कफीको मुल्य करिब २२ लाख ४४ हजार मुल्यको रहेको छ । ३४ बोरामा रहेको २ हजार ४० केजी कफी बरामद भएको थियो । यसै गरि प्रतापपुर गाउपालिकाबाट नारायणघाट तर्फ लैजादै गरेको ५ सय केजी बराबरको बंदेल समेत प्रहरीले बरामद गरेको जनाएको छ ।
सिमा क्षेत्रमा हुने गरेको तस्करीबारे नागरिक स्तरबाट पनि विभिन्न टिप्पणीहरु हुन थालेका छन् । नागरिक समाजका पुर्व अध्यक्ष समेत रहेका राधेश्याम सिँह सैथवारले बरामद समाग्रिको तस्विर राखी उनले लेखेका छन् । बुझ्न गाह्रो भयो,बीच बीचमा अवैध निकासी पैठारी(तस्करी समाचार आउछ अवैध कारोबार नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय नेपाल प्रहरी,अनुसंधान प्रहरी,शसस्त्र प्रहरी,भन्सार कार्यालय र राजस्व कार्यालय सक्रिय छन् तै पनि नियन्त्रण गर्न सकेका छैनन् । प्रयासरत छन अवैध कारोबार गर्ने शुरक्षा निकाय भन्दा बलियो देखिए । यस्तो ब्याँगात्मक टिप्पणी समेत विभिन्न क्षेत्रबाट प्रहरी माथि हुन थालेका छन् ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *