
नवलपरासी,१ पुस
जिल्लाको सरावल गाउपालिका वार्ड नं.७ का वार्डअध्यक्ष हेयात खाँ धुनियाले वार्डभित्रका कक्षा १२ पास गरि विहा गर्ने युवतीलाई रु.११ हजार विहा खर्च उपलब्ध गराउने बताएका छन् । गरिब विपन्न लक्षित बर्गका युवतीहरुलाई शिक्षामा प्रोत्साहित गर्न र विहाको बेला केही राहत पुग्ने उदेश्यले यस्तो कार्यक्रम बनाएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएका हुन् ।
यो कार्यक्रम प्रभावकारी बन्दै गएको दाबी समेत गरेका थिए । यो नौलो रचनात्मक कार्य हो,उनले भने, यसले शिक्षा प्रति प्रोत्साहन र लक्षित बर्गलाई राहत दुबै कार्य गर्ने गरेको छ । गाउपालिकामा दोश्रो पटक पनि जितेर वार्ड अध्यक्ष भएका धुनिया विगत बर्षमा पनि विभिन्न रचनात्मक कार्य गर्दै जनहितका कार्य गरेको बताएका थिए । वार्डमा नियमित हुने विकास निर्माणका कार्यहरु गराउदै समाजिक क्षेत्रमा पनि विभिन्न रचनात्मक कार्य गर्दै आएको सुनाएका थिए । आफ्नै कार्यकालमा वार्ड कार्यालयको नयाँ भवन,स्वास्थ्यचौकीको नयाँ भवन निर्माण गराउनुका साथै गाँउ टोलसम्म आरसिसी गरि हिलोधुलो मुतm वार्ड बनाएको दाबी गरेका थिए । भौतिक पुर्वाधार विकासको रुपमा वार्ड भित्रका ९० प्रतिसत कार्यसम्पन्न गरेको उनको भनाई थियो । त्यसै गरि वार्ड भित्रै रहेका जनता मावि विद्यालय लगायत विभिन्न चार वटा सामुदायिक विद्यालयहरु,मुस्लिमका मदरसा तथा हिन्दु पाठशालाको रुपमा रहेको पशुपति शिक्षा मन्दिरमा नियमित लगानी गर्दै शैक्षिक क्षेत्रमा पनि उदाहरणिय कार्य गरेको बताएका थिए । बौद्ध धर्मावलम्बीका लागि बौद्धविहार क्षेत्र निर्माणमा पनि लगानी गर्दै आएको उनले सुनाए ।
भारतिय नाका भुजहवा समेत सोही वार्डमा परेको हुदा भुजहवा बजारलाई ब्यवस्थित गरिनुका साथै सो क्षेत्रलाई आर्थिक क्षेत्रको रुपमा हाटबजार समेतलाई प्रवद्र्धन गर्ने कार्यमा लागेको बताएका थिए । विगतमा सो नाकामा रहेको भुजहवा छोटी भन्सार विस्थापित भएको हुदा सो छोटी भन्सारलाई पुर्नस्थापन गरि सञ्चालनमा सरकारले ल्याईदिदा भुजहवा बजारको विकासमा थप टेवा मिल्ने उनको दाबी थियो । पर्यटन क्षेत्रका लागि पनि सो वार्डमा रहेका वर्दघाटे मन्दिर क्षेत्रको विकास पुर्वाधारमा निरन्तर काम भई रहेको र कृषकका सिचाईलाई सौर्यप्रणाली,भुमिगत सिचाईका लागि बोरिगँ सिचाई,कुलो सिचाई,नहर सिचाई प्रणाली सबै आयामको विकास गर्दै अहिले सबै क्षेत्रमा सिचाइको प्रवन्ध मिलाएको उनले जानकारी गराएका थिए ।
सो वार्डको प्रमुख चुनौती बाढीको बेला डुबान रहेको हुदा वार्डस्तरबाट ति कार्य गर्न सम्भवन नहुने हुदा गाउपालिका,प्रदेश र संघ सरकारका साथ साथै गण्डक क्षेत्र भएकोले भारतिय पक्ष समेतलाई यो वार्डको डुबान रोक्नका लागि सबैले सहयोग गरिदिन आग्रह समेत गरेका थिए । धनेवा खोला,खजुराखोला,झरही खोलासँगै लिटिल गण्डकको पानी जम्मा हुने तर भारतीयले बनाएको लक्ष्मिपुर बाँधले जलनिकास नहुदा डुबानको कारण बनेको उनले तर्क राखेका थिए । यसका लागि प्रेस,नागरिक समाज र जिल्ला स्थित सरकारी निकायले पहल गर्नु पर्ने उनले आश्यकता औल्याएका थिए ।
