
नवलपरासी,२९ मंसिर
जिल्लाको पृथ्वीचन्द्र अस्पतालमामा सञ्चारकर्मीहरुसँग उपेक्षित उष्ण प्रदेशिय रोगहरु सम्बन्धि अन्तरक्रिया गरिएको छ । सो क्षेत्रमा काम गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय लगायत विभिन्न आयोजना र परियोजनाहरुको प्रतिनिधि,चिकित्सक,स्वास्थ्यकर्मी र सञ्चारकर्मी बिच अन्तरक्रिया गरिएको हो ।
जनस्वास्थ्यमा ठूलो प्रभाव पार्ने तर सधै उपेक्षामा रहने रोगी तथा रोगबारे जनचेतना जगाई स्वास्थ्य उपचारको पहुँचमा सञ्चारकर्मीले खेलिने भुमिकाबारे सरोकारावाला संघससथाका प्रतिनिधिहरुले आग्रह गरेका थिए । कार्यक्रममा स्थानिय तथा जिल्ला स्तरिय स्वास्थ्य प्रगति तथा तथ्याँकहरु प्रस्तुत गरिएको थियो । त्यसै गरि रोगको स्वरुप,लक्षण,जटिलता,समाजिक र चिकित्सियबारे सहि सुचना प्रसारण,बैज्ञानिक उपचार सम्बन्धि पैरवीबारे जानकारी गरायउको थियो ।
उष्ण प्रदेशिय रोग भित्र डेँगी र चिकनगुनिया,रेविज,ट्रकोमा,बुरुमी अल्सर,कुष्टरोग,चागल रोग,कालाज्वर,फित्ते जुका,हातीपाईले,सर्पदंश लगायत २१ प्रकारका रोगहरु रहेको कुरा उल्लेख गरिएको थियो । यस्ताा रोगहरु नियन्त्रण गर्नमा सबैको भुमिकाआवश्यक रहेको हुदा (उपेक्षित उष्णप्रदेशिय रोगको निवारण,सहकार्य र एकता हाम्रो उदाहरण) नारालाई मनन गरि भुमिका खेलिदिन आग्रह गरिएको थियो । कार्यक्रममा जिल्लाको स्वास्थ्य बस्तु स्थितीबारे स्वास्थ्य कार्यालयले प्रस्तुत गरेको थियो । उतm कार्यक्रममा पृथ्वीचन्द्र अस्पतालका मेसु डा.प्रकाश ढकालले यस्ता कार्यक्रम सञ्चार माध्यम मार्फत आम जनमानसमा पुर्याई स्वास्थ्य सस्था तथा उपचारका लागि अस्पतालसम्म पुर्याउनमा सहयोगि भुमिकाका लागि सञ्चारकर्मीहरुसँग आपेक्षा ब्यतm गरेका थिए । उतm कार्यक्रमबारे फेयर मेडका तुलसी खनालले समेत आफ्ना प्रस्तुती राखेका थिए ।
