नवलपरासीको साँसदिय उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो

नवलपरासी,२६ मंसिर
अगामी फागुन २१ गते हुन गई रहेको संघिय संसद प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उमेदवारी सिफारिसमा किचलो देखिन थालेको छ । एकतर्फि रुपमा ६।६ पटक उमेदवारको नाम सिफारिस गर्दा पार्टी विधान मापदण्ड विपरीत भएको जिल्लाका कार्यकर्ताले असन्तुष्टि ब्यतm गर्न थाले पछि नेपाली काँग्रेस उमेदवार छनौटमा किचलो देखिन थालेको हो ।
उमेदवार छनौट गर्दा काँग्रेसमा किचलो देखियो, एक कार्यकर्ताले भने, उमेदवार छनौटमै किचलो देखिए पछि चुनाव कसरी जित्ने ? कार्यकर्ताको मनोबल कसरी उठ्ने ? जस्ता प्रश्न पनि आउन थालेको छ । जेनजीको आन्दोलनको मुख्य ध्येय नै पुस्तान्तरण हो,तर तिनै ब्यतिm निरन्तर उमेदवार बनिराख्दा कार्यकर्तामा माझ असन्तुष्टि ल्याउछ नै,उनले थपे, केही ब्यतिmलाई कोही प्रिय हुन सक्छ,उनीहरुले आफ्ना राय ब्यतm गर्न पाउछन्,तर उमेदर छनौट जस्ता विषय सबै जिल्लाका कार्यकर्ताहरु भेला भई उमेदरवार छनौटले सबैले स्वामित्व ग्रहण गर्छन्,चुनावमा होमिन्छन् र चुनाव जित्न सहज हुन्छ । तर विधान र मनोविज्ञानलाई नै चुनौती दिदै जिल्लाको क्षेत्र नं.२ मा उमेदरवार छनौट गरि सिफारिस गरिएको देखिएको उनको भनाई थियो । उम्मेदवारको नाम सिफारिस नगर्न भन्दै केन्द्रीय समितिले मातहतका समितिलाई पटक पटक परिपत्र गर ेपनि त्यसको विपरीत क्षेत्र नम्बर २ ले उम्मेदवारको नाम सिफारिस गरेको उनले बताए ।
उमेदरवार छनौट गर्दा क्षेत्रिय कार्यसमितिले भेला बोलाउदा सो क्षेत्रमा रहेका जिल्ला सदस्यहरुको पनि उपस्थिती गराईनु पर्नेमा केही जिल्ला सदस्यहरुलाई जानकारी नै नगराइएकोले बैठकमा नगएको पार्टी जिल्ला कार्यसमितिका जिल्ला प्रवतm समेत रहेका नेता राधेश्याम पाठकले पनि गुनासो गरेका थिए । आमन्त्रित भए पनि सबैलाई बोलाउने सहमतिका उमेदरवार छान्दा पार्टीमा राम्रो सन्देश जाने थियो,उनले भने, क्षेत्रिय कार्यसमितिको यस्तो रवैयाले कार्यकर्तामा असन्तुष्टि ल्याउछ । चुनाव परिचालनमा पनि समस्या सृजना गर्ने उनको भनाई थियो । नवलपरासी कांग्रेस क्षेत्र नं. २ द्धारा मापदण्डविपरीत उम्मेदवारको नाम सिफारिस ः छ पटक उम्मेदवार भएका देवेन्द्रराज कँडेलको अहिले सातौं पटक सिफारिस भएको छ । यस्ले असन्तुष्टि जन्माएको देखिएको छ ।
नवलपरासी– नेपाली कांग्रेस नवलपरासी प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर २ ले केन्द्रको मापदण्ड विपरीत उम्मेदवारको नाम सिफारिस गरेको छ । मापदण्डविपरीत उम्मेदवारको नाम सिफारिस नगर्न भन्दै केन्द्रीय समितिले मातहतका समितिलाई पटक पटक परिपत्र गरे पनि त्यसविपरीत क्षेत्र नम्बर २ ले उम्मेदवारको नाम सिफारिस गरेको दाबी कार्यकर्ताहरुको रहेको छ ।
पछिल्लो पटक मंसिर २५ गते केन्द्रीय समितिका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा हस्ताक्षरित परिपत्रमा भनिएको छ । तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको नाम सिफारिस गर्नका लागि निर्देशन भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको संख्यामा पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) बमोजिम उम्मेदवारको नाम सिफारिस गर्न पुनःगम्भीर ध्यानाकर्षण गराएको थियो । मापदण्ड तोकेर पठाइएको परिपत्रमा उल्लेख भएको बुँदा नं. १(१.२) मा प्रत्यक्षतर्फ एक महिला सहित ३ जना र समानुपातिकतर्फ एक महिलासहित २ जनाको नाम सिफारिस गर्न भनिएको छ । तर क्षेत्रीय समितिले प्रत्यक्ष तर्फ तीन जनाको नाम पठाउनुपर्नेमा केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देबेन्द्रराज कँडेलको एकल नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ भने मापदण्ड अनुसार नैै एक महिला सहित दुई जनालाई सिफारिस भएको छ । जसमा जिल्ला उपसभापति विक्रम यादव र सुनिता श्रेष्ठको नाम रहेको छ ।
उता परिपत्रको २ नम्बर बुँद्दामा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको नाम प्रत्येक प्रदेश समितिले मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग गरी प्राप्त नाममध्येबाट एक सिटका लागि तीन जनाको नाम केन्द्रमा पठाउन भनेको छ । तर क्षेत्रीय समितिले जिल्लालाई नै बाइपास गर्दै दुई जनाको नाम मात्र सिफारिस गरेको छ । जसमा जिल्ला सभापति अर्जुनकुमार पोखरेल र चन्दा चौधरीको नाम रहेको छ । क्षेत्रीय समितिले सिफारिस गरेका नाम रायका लागि जिल्लामा पठाउनुपर्नेमा जिल्लालाई बाइपास गर्दै छनौट गरिएका नाम सोझै केन्द्रमा सिफारिस गरिएकोले पनि असन्तुष्टि ब्याप्त भएको छ ।
क्षेत्रीय सभापति माधवप्रसाद पाण्डेले परिपत्रको बुँदा नं. १(१.४) विपरीत जिल्ला र प्रदेशलाई बोदार्थ दिँदै छनौट भएका नाम सोझै केन्द्रमा सिफारिस भएको हो । तर क्षेत्रीय सभापति पाण्डेले भने विधान र परिपत्रअनुसार नै सिफारिस गरेको दाबी गरेका छन् । ‘ तोकेको संख्या भन्दा बढी पठाउन नमिल्ने हो । कम पठाउन मिल्छ ’ पाण्डेको तर्क थियो । केन्द्रको सल्लाहअनुसार जिल्ला र प्रदेशलाई बोदार्थ दिएर केन्द्रीय समितिमा सिफारिस पत्र पठाएको पाण्डेको भनाई रहेको छ । जिल्लाकै निर्वाचन क्षेत्र नं. १ मा भने किचलोका कारण उम्मेदवारको नाम छनौट हुन सकेको छैन । क्षेत्रीय सभापति मुकुल आचार्यले धेरैको नाम आएकाले विवाद भएको बताउँदै सहमति नभए शुक्रवार साँझसम्म सबैको नाम पठाउने बताएका थिए । क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ९ जनाको नाम आएको क्षेत्रीय समितिले जनाएको छ ।
क्षेत्र नम्बर २ ले सिफारिस गरेको एकल नाममा कँडेलको २०५१, २०५६, २०५८, २०६४, २०७४ र २०७९ मा जिल्लामा कांग्रेसबाट चुनाव लडेका थिए । त्यसमा २०५१, २०५६ र २०७४ सालको चुनाव कँडेल चुनाव जितेका थिए । चुनाव जितेपछि उनी २०५६ र २०५८ मा गृहराज्यमन्त्री समेत बनेका थिए । २०७९ को चुनावमा भने कँडेल राप्रपाका धुव्रबहादुर प्रधानसँग १६ हजार बढी मतले पराजित भए । त्यो बेला पनि उमेदवार छनौटमा पार्टी भित्र किचलो भएको थियो । स्थानिय तहको उमेदवार छनौट देखी नै किचलोको प्रत्यक्ष प्रभाव चुनावमा पर्दा कंण्डेलले पराजय भोग्ने अवस्थामा पुगेका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *