
नवलपरासी,२० मंसिर
जिल्लाको सदरमुकाम परासीमा भारतका सविधान निर्माता तथा बोधिसत्वको रुपमा उपमा पाउदै आएका डा.भिमराव अम्बेडकरको परिनिर्वाण दिवस मनाइएको छ । समाजिक जागरण अभियान मञ्च लुम्बिनी प्रदेश नेपालको आयोजना तथा बहुजन समाज नवलपरासीको सहआयोजनामा उतm दिवस मनाइएको हो ।


भारतको संविधान निर्माण गरि पहिलो कानुन मन्त्री हुदै पछि मन्त्री पद परित्याग गरि एक लाख अनुयायी सहित बौद्ध भिच्छु बनेका डा.अम्बेडकर बुद्ध धर्मको प्रसार तथा प्रवद्र्धनमा लागेको थिए । डा.अम्बेडकर दिएका सन्देश तथा मागदर्शन अहिले पनि बहुजन समाज,पिछडिएको बर्गका लागि उत्प्रेररक रहेको संविधान सभा सदस्य चिनक कुर्मीले बताएका थिए । प्रमुख अथितीको मन्तब्य राख्दै उनले भारतको संविधान पश्चात सँसारका धेरै जसो मुलुकले संविधान निर्माण गर्दा डा.अम्बेडकरको शिक्षाले प्रेरित भएर सविधान बनाउदै आएका छन्,उनले भने,नेपालको संविधान बनाउदा पनि धेरै जसो विषयबस्तु डा.अम्बेडकरकै दर्शनमा आधारित छन् ।
डा.अम्बेडकरले बुद्धको धम्म अपनाउदै सँसारमा शान्ति,समताका लागि बुद्धले सिकाएको ध्यान,ज्ञानलाई अँगालेका थिए ् । अबको पुस्ताले बुद्ध र डा.अम्बेडकरको मार्गमा अगाडी बढदै संगठित हुन आवश्यकता रहेको औल्याएका थिए । उतm कार्यक्रममा अधिवतmा शैलेन्द्र अम्बेडकरले कार्यपत्र प्रस्तुत गर्दै शोषित पिडित जनताले संघर्ष गर्दै अगाडी बढनु पर्ने र समस्या आए न्यायका ढोका ढकढकाउन पनि पछि नपर्न सुझाव दिएका थिए । उनले अन्याय र शोषणमा पर्ने जुन सुकै बहुजन समाजका ब्यतिmका लागि पैसो भए पनि नभए पनि आफु न्यायका लागि वकालत गर्ने प्रतिवद्धता सुनाएका थिए ।
मञ्चका अध्यक्ष अधिवतmा मनोज कुमार नागबंशीको अध्यक्षतामा मनाइएको परिनिर्वाण दिवसमा विभिन्न दर्शनबारे जानकारी नागरिक समाज नवलपरासीका अध्यक्ष समेत रहेका पत्रकार बेचु गौडले धारणा राखेका थिए । विश्वमा पश्चिमा दर्शन(इस्लाम,यहुदी,क्रिसियन, लगायत) र पुर्विय गरि दुई प्रकारका दर्शन रहेका छन् । पुर्विय दर्शनमा पनि भारतिय दर्शन र गैरभारतिय दर्शन पनि उल्लेख गरेका थिए । भारतिय दर्शनमा पनि इश्वरबादी दर्शन छन् । जुन सनतानी हिन्दु भित्र रहेका अनेक मान्यता तिनै दर्शनमा आधारित रहेका छन् । अनिश्वरबादी दर्शनमा जैन,बुद्ध र चार्वाक दर्शन रहेका छन् ।
तर जैन र चार्वाकमा केही अतिबादिता रहेको हुदा डा.अम्बेडकर सबै दर्शनको अध्ययन गरे पश्चिात उनले मध्यमार्गी बुद्ध दर्शनलाई अँगालेका थिए । जुन उनका अनुयायीले अहिले भारतमा बौद्ध दर्शनमा आवद्ध हुदै आफ्ना अभियानहरु सञ्चालन गर्दै आएका छन् । हिन्दु दर्शनको बर्णब्यवस्थाले शुद्र (अहिलेका दलित र पिछडावर्ग) समाजिक शोषणको सिकार बन्ने गरेका छन् । उतm शोषणको अन्यका लागि हिन्दु दर्शन परित्याग गरि बुद्ध दर्शन तर्फ शुद्र समुदायको आकर्षण बढदै गएको जानकारी गराएका थिए ।
