
नवलपरासी,१० मंसिर
प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर जोड्ने रामग्राम —पण्डितपुर पर्यटन मार्ग पक्कि गर्ने कार्य अन्तिम चरणमा पुगे पनि सोही सडकलाई जोड्ने पुल तिन बर्ष देखी अलपत्र रहेको छ । जिल्लाको रामग्राम १५ सुक्राली स्थित तुरियाखोला पुलको डिजाईन फेल भएर निर्माण कार्य रोकिएको र हालसम्म सुचारु हुन नसकेको स्थानियले बताएका हुन् ।
रामग्राम — पण्डितपुर पर्यटन मार्गको पुल म्याद सकिएको तिन बर्ष पुग्न लाग्दा पनि निर्माण कार्य पुनः सुचारु हुन सकेको छैन् । पुल प्रति स्थानिय जनप्रतिनिधि तथा सरोकारवालाको बेला बेलामा लुम्बिनी प्रदेश सरकार तथा सम्बन्धित मन्त्रालयलाई ताकेता,जानकारी गराउदै आए सम्बन्धित मन्त्रालयले काम गराउन चाँसो नलिदा पुल हालसम्म अलपत्र परेको हो ।
पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण अहिले पुलको डिजाईन नै फेल भएको थियो । पुललाई अग्लो बनाउने गरि सम्ब्न्धित प्राविधिकहरुले भेरिएसन गरिदिएको तर ठेकेदारले अहिलेसम्म काम नगरेको लुम्बिनी प्रदेश साँसद बैजनाथ कलवारले बताए । पुलबारे आफुले पटक पटक भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकाल लगायत पहिलाका मन्त्रीलाई आफुले ध्यानाकर्षण गराउदै आएको जानकारी गराए ।
शुरुमा गलत डिजाईन भयो,तर अहिले ठेकेदारको बदमासी हो ? कि जनप्रतिनिधिको गैरजिम्मेवारी र प्राविधिकको लाचारीको यो प्रमाण हो ? स्थानियले प्रश्न गर्न थालेका छन् । सडक पुर्वाधार विकास कार्यालय(आरआईडिओ) मणिग्राम रुपन्देहीले उतm पुलको डिजाईन गरि ठेक्का लगाएको थियो । उतm पुलको निर्माण कार्यको जिम्मेवारी एम÷एस सगुन ओम इन्फ्राटेक जेभि कालिकानगर बुटवल रुपन्देहीले ठेक्का साकार गरि निर्माण शुरु गरेको थियो । पुलको शिलान्यास तत्कालिन लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयका तत्कालिन मन्त्रि बैजनाथ चौधरीले ठूलै समारोहको विच शिलान्यास गरेका थिए ।
पहिला पुलको डिजाईन नै फेल भएको देखिएको भन्दै पुलको निर्माण कार्य रोकिएको थियो,स्थानिय बलिराम कोईरीले भने, अहिले पुलको डिजाईन भेरिएसन भएको समेत सुनिएको छ, बजेट समेत विनियोजन भएको दाबी यसै क्षेत्रका प्रदेश साँसद कलवारले दाबी गर्दै आएका छन् तर खोई किन पुनल निर्माणका कार्यले गति पाएको छैन् झन रहस्यमय बन्दै गएको छ ।
सोही पुललाई आधार बनाई विश्व बैंकको सहयोगमा रामग्राम — पण्डितपुर पर्यटन मार्गको परिकल्पान गरिएको थियो । अहिले पुल भन्दा पढि ठेक्का लागेको सडकको स्त्तरोन्नती गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । पक्कि गर्ने कार्य सम्पन्न भई सकेको छ । सडक किनारको फुटपाथ बनाउने कार्य पनि भई रहेका छन् । तर पुलको निर्माण कार्य अहिले पनि हुन नक्सदा पर्यटन मार्गको सडक बने पनि पुल विनाको सडकले पर्यटक पहुँचलाई कसरी सुचिश्चित गर्ला उनले प्रश्न राखेका थिए । सम्बन्धित निर्माण कम्पनीले यहिँ २०७९ साल कातिक ३० गते भित्र पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो ।
दातृनिकाय हुन वा नेपाली जनता अनुदान र कर वापत सरकारलाई रकम बुझाउछन् । तर सरकारी ओहदामा पुग्ने इन्जिनियर र सरकारी कर्मचारीलाई त्यसको कुनै मतलब छैन् । आफ्नो तलब सुविधा खान पाए पुग्यो,जनताको सेवा भाडमा जाओस के मतलब ? (अपना काम बन्ता भाडमे जाए जन्ता) उख्खान यहाँ चरितार्थ बनेको छ । स्थानियबासीले कराएर पनि के गर्न सक्छन ? २०७७ साल बैशाख ३१ गते सम्झौता भई २०७९ कातिक ३० भित्रमा पुलको निर्माण सम्पन्न गर्ने गरि सम्झौता भएको थियो । अहिले २०८२ को कार्तिक पनि सकियो । ६० मिटर लामो पुलको स्पान ३० बाई २ रहेको छ ।
स्वीस सरकार विकास सहयोग (एसडिसी) को ८ करोड ७९ लाख ९५ हजार ४ सय १९ रुपियामा पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । पुलको प्राविधिक सहयोग स्थानिय सडक पुल कार्यक्रम (एलआरविपी) र स्थानिय सडक पुल सहयोग ईकाई )एलआरविएसयु) मणिग्रामले नै गर्दै आएको छ । प्राविधिक लापर्वाहीले पुलको डिजाईन नै फेल भएको छ । पुलको उचाई करिब ढाई मिटर अझ अग्लो बनाउनु पर्नेमा कम गरिएको थियो । पुरानै डिजाईनमा पुल निर्माण गरिए पुल नै खोलाको लागि बाँध कायम हुने थियो । नदीको धार अनयत्र बग्ने थियो । जस्ले खोलाको धार परिवर्तन गरि स्थानिय स्तरमा धनजनको क्षति पुर्याउने सक्थ्यो । यो कुरामा स्थानियले विरोध जनाए पछि पुलको डिजाईन सच्याउन प्राविधिकहरु लागेका थिए ।
सोही पुल भएर विश्व बैंकको ४२ करोड लगानीमा प्राचिन कोलिय गणराज्यको राजधानी भएको (हाल पण्डितपुर) जोड्ने सडकको निर्माण कार्य अघि बढेको थियो । सडक बन्यो तर पुल बनेन भन्ने आर्को समस्या देखिन थालेको छ । पुल बन्ने गरि शिलान्यास हुदा स्थानियबासी उत्साही थिए,उनले भने, अहिले पुलको निर्माण कार्य अलपत्र बनेको छ,पुन नै नबन्ने हो कि भनेर पनि स्थानियबासीमा निरासा छाएको छ । पुलले रामग्राम नगरपाकिलाको घिनहा,पण्डिपुर,पम्पापुर र रुपन्देहीको आधा दर्जन गाउलाई परासी सदरमुकामसँग जोड्ने छ ।
अझ पर्यटकिय स्थल पण्डिपुरको प्रमुख सडक जोड्ने पुल पनि हो,त्यो भएर पनि सो पुलको डिजाईन फेरिएर तत्काल पुल निर्माण कार्य गर्नु पर्ने स्थानियको माग रहेको छ । पुल निर्माण गर्ने कम्पनी ऋणमा डुबेको बैंक खाता नै रोक्का भएकोले पेटी ठेकेदारले आफु लगानी गरि काम गर्न पनि तयार नभई रहेको अवस्था स्थानिय एक ठेकेदारले बताए । सरकारले ठेक्का खारेज गरेको छैन्,पेटी ठेकेदारले काम गर्न मानेको छैन्न् । सम्बन्धित ठेकेदारसँग लगानी छैन् । यस्ले पनि जटिलता थपेको हुन सक्ने उनको भनाई थियो ।
