उत्खननले पण्डितपुरमा भेटिदै प्राचीन इनार तथा शहरका भग्नावेश

नवलपरासी, ७ मंसिर
दुई साता देखी पुरातत्व विभागको टोलीले सम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) गरि रहेको उत्खननमा प्राचीन शहर(सिटी)का भग्नावशेषहरु भेटिन थालेको छ । विगत तिन दशक देखी निरन्तर पुरातात्विक खोज अन्वेषण हुदै आएको विभागको टोलीले उत्खनन गर्दा प्राचीन इनार तथा इनार नजिकैका भवन पुर्वाधारहरु देखिन थालेका हुन् ।
भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर)लाई भौतिक रुपमा नै उत्खनन गरि अन्वेषण गर्ने उदेश्यले पुरातत्व विभागले उत्खननले प्राचीन पुर्वाधारहरु भेटिन थाले पछि उत्खननमा लागेको टोली उत्साही भएको छ । पुरातत्व विद भास्कर ज्ञवालीको नेतृत्वमा कातिक २४ गते आई पुगेको २५ गते देखी उत्खनन टोलीले उत्खनन कार्य शुरु गरेको थियो ।
उत्खननले भेटिएको प्राचीन इनार र सँगै जोडिएको स्थानमा रहेका पुरातात्विक बस्तु पत्ता लगाउन उत्खननका लागि ट्रेन्च लगाइएको पुरातत्व अधिकृत ज्ञवालीले देखाएका थिए । मंसिर १ गते देखी त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा पुरातत्व विषयमा अध्ययन गर्ने तालिम लिन आउने विद्यार्थीहरु समेत उत्खनन कार्यमा लागेका छन् । अहिलेको उत्खनन कार्य पनि एक महिनासम्म चल्नेछ, उनले भने, यदि रामग्राम नगरपालिकाले चाह्यो र लगानी गर्न तयार रह्यो भन्ने यो इनार सहितको पुरातात्विक पहिचानका क्षेत्रका स्थान सुरक्षा ब्यवस्थापन गरि खुल्ला राख्न सकिन्छ । जुन आउने पर्यटकलाई अवलोकन गर्न सहज हुने उनको भनाई थियो ।
पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले विगत बर्षमा नै भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो, पुरातत्वविद ज्ञवालीले भने,सो प्रतिवेदनको आधारमा निरन्तर उत्खनन भई रहेका छन् । गत बर्ष पनि उत्खनन गर्न थालिए पछि पुर्वाधार भेटिएको थियो । अहिले पनि भेटिन थालेको छ,यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । बुद्धको मावली र उनकी पत्नि यशोधराको जन्म स्थल भएको उतm स्थानको खोज अनुसंधानका लागि स्थानियको माग सँगै अन्य देशी विदेशीहरुले समेत चाँसो ब्यतm गर्दै आएका छन् ।
कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्म स्थल हो । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ । यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ । भगवान गौतम बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने प्रजावति गौतमी,सिद्धार्थको बुद्धत्व(ज्ञान) प्राप्तीमा सहज सहयोग गर्ने उनकी पत्नि यशोधराको जन्मस्थल त्यही कोलनगर क्षेत्र भएको हुदा संसारका बौद्धमार्गीका लागि एक महत्वपुर्ण स्थान हो । तर आउने बौद्धमार्गी तथा पर्यटकलाई देखाउनका लागि यहाँका पुर्वाधार खुल्ला राखिने गरिएको (स्ट्रक्चर ओपन) छैन् । उत्खनन गर्ने र पुर्ने कार्य बर्षाै देखी भई रहेको छ । जग्गाको ब्यवस्थापन यदि नगरपालिकाले गरिदियो भन्ने खुल्ला राख्न र संरक्षण योजना बनाउन सकिने टोली प्रमुख ज्ञवालीले बताएका थिए ।
कोलिय गणराज्यको महत्व बौद्धमार्गीका लागि ठूलो छ । कोलिय राजाहरुकै स्थापना गरिएको रामग्राम स्तुप अहिले संसारकै लागि एक मात्र मौलिक स्तुप रहेको छ । सो स्तुप अहिलेसम्म मौलिक रुपमा बचाई राख्नका लागि कोलियहरुको ठूलो योगदान हुनु पर्छ । तत्कालिन मगध सम्राट अशोकले अन्य ७ वटा स्तुपको उत्खनन गर्न सक्नु र कोलियले स्थापना गरेको रामग्राम स्तुप उत्खनन नगरि मौलिक रुपमा छाडि दिइनुको पनि कुनै अध्यात्मिक रहस्य नै भएको हुनु पर्छ । विभिन्न कालखण्डमा यो क्षेत्रलाई नै देवदह,ब्याग्रपथ,ब्याग्रपुर,बघौरतप्पा,राजधानी रामग्राम,कोलनगर हुदै अहिले स्थानियले पण्डितपुर भनेर संज्ञा दिइएका छन् । विगत बर्ष देखी नै यस क्षेत्रको खोज हुदै अहिले चक्रिय प्रणालीमा प्राचिन शहर बसालिएको पुरातात्विक अनुसंधान तथा भुभौतिक सर्वेक्षणले देखाएको छ ।
बुद्ध जन्मनु पुर्व कालका यहाँ भेटिएका समाग्रिको समय परिक्षण(कार्बन डेटिगँ) ले देखाएको समेत पुरातत्व टोलीले जानकारी गराएको थियो । इसा पुर्व ६ सय पुराना प्राचिन बस्तुहरुले पनि यो कोलिय गणराज्यको राजधानी भएको पुष्टि गरेको छ, । ३६ सय बर्गमिटरमा यो राजधानी क्षेत्र फैलिएको पुरतत्वविदहरुको अनुमान छ । यस गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो । त्यस मध्ये विभिन्न समयमा ६ वटा राज्यमा भगवान बुद्ध पुगेको बौद्ध साहित्यहरुमा उल्लेखित छ ।
रोहिणी नदी पश्चिममा रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक साता मै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *