पहुँच मार्ग नबन्दा दुई बर्ष देखी करोडौ लगानीको परासी बसपार्क सञ्चालनमा आएन

नवलपरासी,२७ कातिक
जिल्लाको सदरमुकाम परासीमा करोडौ लागनी भएको र निर्माणकार्य सम्पन्न दुई बर्ष वित्दा पनि बसपार्क जाने पहुँच मार्ग निर्माण नहुदा बसपार्क नै अलपत्र परेको छ । दुई बर्ष पहिला नै सञ्चालनमा ल्याउने हल्ला भए पनि पहुँच मार्ग निर्माण नभएको बहनाबाजी गर्दै नगरपालिकाले उतm बसपार्क सञ्चालनसञ्चालनमा ढिलाई गर्दा बसपार्क नै अलपत्र अवस्थामा देखिएको हो ।

Health Advertisement
Health Advertisement


बसपार्क सञ्चालनमा नआउदा करोडौको सरकारी लगानी खेर गई रहेको स्थानियले जनाएका छन् । बसपार्क निर्माणमा पाँच करोड लगानी गर्ने निकायले १ करोड लगानी गरि पहुँच मार्ग बनाइ दिएको भए बसपार्क सञ्चालनमा नगरपाकिलाले बहाना बनाउन सक्दैन्थ्यो, नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, अर्बको बजेट बनाउने नगरपालिकाले पनि यस्त पहुँच मार्ग बनाउन सक्दैन् । नेपालका विकासको यो के मोडेल हो, उनले आश्चर्य ब्यतm गर्दै थपे, पुर्वाधार लगानी जो जस्ले गरे पनि नेपाली जनताकै करले उठ्ने राजस्वले बजेट बन्छ, ऋण लिएर काम गरे पनि नेपालीकै टाउकोमा ऋणको भार जोडिन्छ ।
करोडौ खर्चिने बजेटमा लाभ लिइने ठेकेदार,प्राविधिक र जनप्रतिनिधि नै गैर जिम्मेवार बने पछि नागरिकले दुखेसो बिसाउने बाहेक के नै गर्न सक्छन ? उनले पहुँच मार्ग देखाउदै भने, पहुँच माग पहिला देखीकै नगरपालिकाकै सडक हो,नगरबासी तँ परापुर्व काल देखी नै आँउ जाँउ गर्ने मार्ग हो । नगरपालिकाकै जिम्मेवारी सम्झेर नगरपालिकाले नै उतm सडक बनाई दिए पनि तँ बसपार्कसम्म यातायातका साधनहरु सहज ढंगले जान्थे । बसपार्क शहरी विकासले बनाइदिएको भन्दै उतm मार्ग पनि नगरपालिकाले बर्षाै देखी स्तरोन्नती मर्मत समेत गरेको छैन् । यो नगरबासीकै लागि दुर्भाग्य भएको सुनाए ।
बसपार्क बनाउन भनेर नगरपालिकाकै आग्रहमा स्थानियले उपयोग गर्दै आएको सार्वजनिक जग्गा बसपार्क निर्माणका लागि दिन सहमत भएका थिएन । तर अहिले निर्माण भई सकेको बसपार्क दुई बर्ष देखी अलपत्र हुदा दुःख लागेको छ । लामो समय देखी सदरमुकाम परासीमा बसपार्क निर्माण हुनु पर्ने माग हुदै आएको थियो । सो माग अनुसार नै सरकारले बसपार्क बनाई दिएको छ । बसपार्कको सबै काम सम्पन्न भएको दुई बर्ष पुग्यो,तर किन सञ्चालनमा को बाधक बनेको छ ? स्थानियले प्रश्न गर्न थालेका छन् ।
रामग्राम नगरपालिका वार्ड नं.४ केरवानी स्थित झरहीखोला किनारमा ५ करोड भन्दा बढि रकम खर्चेर निर्माण भई सकेको निर्माण कम्पनीले जनाएको हो । बसपार्क पुग्नका लागि भैरहवा भुमही बन्दरगाह मार्ग देखी करिब एक किलोमिटर दक्षिणमा अवस्थित छ । महेशपुर भन्सार नाकाबाट आउने महेशपुर परासी सुनवल सडकसँग जोडिन नगरपालिका वार्ड नं.४ को वार्ड कार्यालय देखी पाँच सय मिटर उत्तरमा रहेको छ । दुबै तर्फबाट सडक जोडिएका छन् । दुई बर्ष पहिला नै बसपार्कको निर्माण कार्य सम्पन्न गरि शहरी शाखाको जिम्मा लगाइ सकिएको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता)ले जानकारी गराएका थिए । उनका अनुसार बसपार्कमा बस राख्ने स्थान,कार्यालय भवन,सौचालय,कम्पाउण्ड,उद्धान,प्रवेशद्धार,शुरक्षा गार्ड कक्ष लगायतका पुर्वाधार बनिसकेको छ । सबै पुर्वाधारहरुको रंगरोदन समेत भई सकेको अवस्था छ । शहरी तथा भवन कार्यालयले आफ्नो कार्य सम्पन्न गरिसकेकोे छ ।
वृक्षारोपण लगायतका कार्यले बसपार्क हराभार भई सकेको अवस्था छ, । बसपार्क सञ्चालन नहुदा स्थानियलाई मर्निगँवाक गर्ने स्थान,सवारी साधान चलाउने र सिक्ने स्थान र उद्धानमा भैसी चर्ने अवस्थामा भेटाउन सकिन्छ । बसपार्क सञ्चालनमा नल्याउदा सदरमुकाम परासीका बसहरु बाईपास चोक नजिकै निजी जग्गामा भाडा तिर्दै बस स्टयाण्डको रुपमा प्रयोग गर्दै आएका छन् । जस्ले सडकमा समेत अवरोध सृजना भई रहेको छ । बसपार्क सञ्चालनमा ल्याउदा बजारमा ट्रफिक समस्या पनि समाधान हुने,नगरपालिकालाई आयश्रोतको रुपमा पनि उपयोग गर्न सक्ने अवस्था हुन्थ्यो,तर यो बसपार्क माल पाएर चाल नपाएको उख्खान चरितार्थ देखिन्छ ।
बसपार्क सञ्चालन गर्नका लागि अतिआवश्यक पुर्वाधारको निर्माण गरि दुई बर्ष पहिला नै कार्यालयले हस्तानान्तरण पत्रमा हस्ताक्षर गरि कार्यालयले रामग्राम नगरपालिकालाई बुझाई सकेको कार्यालयबाट नवलपरासीको साइट हेर्ने तत्कालिन सब इन्जिनियर विरेन्द्र मण्डलले जानकारी गराएका थिए । उनका अनुसार अन्य पुर्वाधार विस्तारै बनाउदै जाने प्रतिवद्धता समेत कार्यालयको थियो । तर नगरपालिकाले चाँसो लिएर बसपार्क सञ्चालन गर्न पथ्र्यो,तर पुर्ण पुर्वाधार नबनेको र हस्तानान्तरण नभएको भन्दै सञ्चालन प्रकृयाबाट नगरपालिका पन्छिन खोजेको समेत उनको भनाई थियो ।
अब स्थानिय प्रशासनले पनि यस क्षेत्रका लागि आवश्यक सुरक्षा प्रबन्ध गरिदिनु पर्छ । बसपार्क नजिकै अब प्रहरी विटको पनि आवश्यकता रहेको छ । बसपार्क नहुदा सदरमुकामा आउने जाने बस तथा यात्रुबाहक यातायातका सवारी साधन राख्ने स्थानको समस्या देखिएको थियो । अहिले पनि बसहरु सडक छेउमै उभ्याउने गरिएको छ, । यसले बजार क्षेत्रमा दुर्घटना निम्त्याउने गरेको छ । बसपार्क बनिसकेको छ, एक स्थानियले भने, स्थानिय प्रशासन र ट्रफिक प्रहरीले पनि अब यातायात ब्यवस्थापनमा चाँसो लिनु पर्छ । बसपार्क परासी बजारका लागि एउटा गहना जस्तै पुर्वाधार थपिएको छ ।
परासीबाट महेशपुर,भैरहवा,त्रिवेणी,काठमाडौ,बुटवल जाने सवारीसाधनहरु छुट्टने गर्छ । बसपार्कबाट सवारीसाधन छुट्ने र अआफ्नो रुटमा जाने हुदा धेरै जसो बजार क्षेत्रको अब्यवस्थित ट्रफिक ब्यवस्थापन हुने थियो । बाहिरबाट आएका सवारी साधन पनि केही समय बजारमा रोक्न पर्यो भने पनि समस्या हट्ने थियो । बसपार्कले केरवानी क्षेत्रमा बजारको समेत विकास हुने थियो । बसपार्क सञ्चालनबारे प्रतिकृया दिदै नगरपालिकाकी उपमेयर बसपार्क सञ्चालन गर्नु पर्ने आवश्यकता त देखिएको बताईन् । यसबारे आफुले नगरकार्यपालिकामा कुरा राख्ने जानकारी गराईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *