
नवलपरासी,१८ कातिक
नवलपरासीमा खाद्यसँग सरोकारवाला कार्यालयले विश्व खाद्य दिवस मनाएका छन् । कृषि ज्ञान केन्द्र नवलपरासीको आयोजनामा सो दिवस मनाइएको हो ।
उतm कार्याक्रमा किसानको उत्पादनलाई बजारीकरणमा सरोकारवालाले पहल गर्नु पर्नेमा किसानले गरेका थिए । कार्यक्रमका प्रमुख अथिती समेत रहेका जिल्ला समन्वय प्रमुख भगौती यादवले बजारीकरण कै समस्याले उत्पादनमा कमि आएकोले कृषक लक्षित अनुदानका कार्यक्रमलाई जोड दिँदै उत्पादन वृद्धिसँगै बजार व्यवस्थापनका लागि पहल गर्न जरुरी रहेको बताएका थिए । कार्यक्रममा सहभागिहरुले कार्यक्रममा सहभागी भएका विभिन्न क्षेत्रका कृषक, बिउ उत्पादक संघ संस्थालगायत सरोकारवाला प्रतिनिधिहरुले जिल्लाको कृषि उत्पादनलाई बढाउन बीउमा आत्मनिर्भर कार्यक्रम, साना सिंचाइँसहित व्यवसायिक कृषि कार्यक्रममा ल्याउनु पर्नेमा जोड दिएका थिए ।
खाद्यान्न र फलफूलमा जिल्ला आत्मनिर्भर भए पनि खाद्यान्नमध्ये चामल, गहुँ र मकै जिल्लाबासीले उपयोग गरेर पनि बचत हुने गरेको जानकारी गराइएको थियो । केरा उत्पादन बढी हुने भएकाले फलफूलमा आत्मनिर्भर देखिएको र तरकारी सहित दाल र तेलमा भने बाहिरकै भर पर्नुपरेको कृषि ज्ञान केन्द्र परासीका प्रमुख डाक्टर रविन्द्रनाथ चौबेले जानकारी गराएका थिए । पशु तर्फ अन्डा, मासु, माछा, दूधलगायतका पशुजन्य पदार्थमा जिल्लाको उत्पादन अपुग रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख( मत्स्य विकास निर्देशक) दिपक भुसालले बताएका थिए । खाद्यान्नतर्फ धान, गहुँ र मकैको कुल उत्पादन १ लाख ३५ हजार ५८ मेट्रिकटन रहेको छ । जिल्लाको जनसंख्याअनुसार आवश्यक खाद्यान्न ७३ हजार सय मेट्रिकटन खपत हुने गरेको छ । १४ हजार ४ सय १३ मेट्रिकटन बचतमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख चौबेले जानकारी गराएका थिए ।
फलफूल ३९ हजार ८ सय ५२ मेट्रिकटन उत्पादन हुने गरेको छ । जसमा १२ हजार १ सय २५ मेट्रिकटन खपत भई २७ हजार ७ सय ३० मेट्रिकटन बचत रहेको छ । केराको प्रतिशतले आत्मनिर्भर देखिए पनिे अन्य फलफूलको उत्पादन न्यून छ । तरकारीमा १६ हजार ७ सय १३ मेट्रिक टन अपुग छ । दालबाली ६ हजार ५ सय ९७ र(तेलबाली ५ हजार ८ मेट्रिक टन अपुग रहेकाले बाहिर कै भरपर्नु परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
