
नवलपरासी,१६ कातिक
जिल्लाको प्रतापपुर गाउपालिकाले शिक्षा सम्बन्धि समस्याबारे छलफल र अन्तरक्रियात्मक कार्यक्रम सञ्चाल गरेको छ । दुई साता पहिला गाउपािलकाले करार कर्मचारीको करार सम्झौता रद्दा गरे पश्चात सृजना भए पछि सो अन्तरक्रियाको आयोजना गरेको हो ।
शैक्षिक सत्रको विचमै करारमा राखिएका शिक्षकहरु हट्ने अवस्थाले शैक्षिक क्षेत्रमा समस्या सृजना भएको अन्तरक्रियामा उपस्थित विद्यालयका प्राधानाध्यापकहरुले गुनासो राखेका थिए । गाउ शिक्षा समितिका सदस्य समेत रहेका त्रिभुवन मावि बेलाटारीका प्रधानाध्यापक नारद ठाकुरले शैक्षिक सत्रको विचमै करार शिक्षक हटाउनाले शैक्षिक गुणस्तरमा समस्या आउने बताएका थिए । दरबन्दी कम भएका विद्यालयमा करारका शिक्षकहरुबाट राहत पुगेको थियो,उनले प्रश्न गदौ भने,तर अहिले तिनै शिक्षक हटाइए पछि ति शिक्षकले पढाउदै आएका पाठ्क्रम कस्ले पढाईदिइने हो ? पािलका भित्रका अधिकाँस विद्यालयमा दरबन्दी अनुसारका शिक्षक छैनन् । गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले शैक्षिक क्षेत्रको जनशतिm आपुर्तिसँगै अध्यक्ष शैक्षिक बेरोजगारी कम गर्ने गरि शैक्षिक रोजगारी कार्यक्रम सञ्चालन गर्दै आएका थिए । त्यसैबाट ३१ जना विभिन्न विद्यालयमा शिक्षकहरुको समस्यालाई राहत पुगेको थियो ।
गाउपालिकामा कुल २३ वटा सामुदायिक विद्यालय र एउटा मदरसामा समेत सोही कार्यक्रमले शिक्षकको परिपुर्ति गरिएको थियो । उतm विद्यालयहरु मध्ये प्रावि दरबन्दी तर्फ स्वीकृत दरबन्दीका ९२ र राहतका २४ गरि कुल १ सय १६ जना शिक्षक छन । त्यसै गरि निमावि तहमा स्वीकृत दरबन्दीका १६ जना र राहतका १८ जना गरि कुल ३४ दरबन्दीका शिक्षक छन् । मावि तहमा १४ जना र राहतका ६ जना गरि २० जना शिक्षक रहेका छन् । उच्चमावि तहमा ३ जना,अनुदानका ४ जना गरि ७ जना शिक्षक रहेका छन् । गाउपालिकाको ससर्त अनुदानका १ सय ९७ जना शिक्षक रहेका छन् । त्यसबाट पनि शिक्षक अभाव देखिदा अध्यक्ष यादवले शैक्षिक रोजगारी कार्यक्रम बनाई ३१ शिक्षक थपेका थिए । गाउपालिकामा कुल २ सय २८ जना शिक्षकले शिक्षण गर्दै आएका थिए ।
शिक्षकको कारर रद्द गर्ने कार्य हतारमा भएको जनाउदै विशेष नगरसभा मार्फत सो निर्णय परिमार्जन गर्न समेत सुझाव पेश गरेका थिए । कार्यक्रममा गाउ कार्यपालिका सहितका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रतापपुर गाउपालिकाले करार सेवामा कार्यरत ९२ जना कर्मचारीको सम्झौता रद्द गरे पश्चात कर्मचारी सेवाबाट निस्कासित भएका छन् । नेपाल सरकारको निर्णय अनुसार भएको परिपत्रका कारण करार कर्मचारी आवश्यकता भए पनि करार सम्झौता रद्द गरिएको थियो । सम्झौता रद्द हुनेमा सबै भन्दा बढि शिक्षा तर्फका कर्मचारी रहेका छन् ।
शिक्षा तर्फ ६१ जना,वार्ड कार्यालयमा रहेका प्रशासनिक क्षेत्रका २० जना र स्वास्थ्य क्षेत्रका ११ जना कर्मचारीको करार सम्झौता रद्द गरिएको थिए । उनीहरुको करार सम्झौता रद्द हुने कातिक १ गते देखी नै लागु हुने गरि गाउपालिकाले निर्णय गरेको थियो ।
गाउपालिकामा विद्यार्थी अनुपातमा शिक्षक सँख्या न्युन रहेकोले गाउपालिका अध्यक्ष शैक्षिक रोजगार कार्यक्रम मार्फत गाउपालिकाले प्रावि तहमा ३० जना शिक्षक र ७ जना विषयगत शिक्षक परिचालन गर्दै आएको थियो । विद्यालय शुरक्षाका लागि २४ जना पाले पनि विद्यालयमा रहेका थिए । गाउपालिका भित्र रहेका ९ वटा स्वास्थ्य चौकी मध्ये ४ वटामा बर्थिगँ सेन्टरमा कार्यरत ४ जना ल्याब असिस्टेन्ट र ७ जना स्वीपरको पनि करार सेवा रद्दा भएको छ । गाउपालिकाको आन्तरिक आय १ करोड ३० लाखसम्म मात्र हुने गरेको जानकारी गराइएको थियो ।
