हाटबजार अतिक्रमणमा नगरपालिकाकै मिलोमतो भएको आशँका

नवलपरासी,१५ कातिक
जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही ब्यतिmले अतिक्रमण गरिरहेको भन्दै ब्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गरेका छन् । हाट बजार ब्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाईन सहितको डिपिआर माग गरेका हुन् ।
अतिक्रमण नरोक्ने डिपिआर र डिजाइन पनि सार्वजनिक नगर्ने नगरपालिकासँग लिखित निवेदन दिई आफुले बजारको डिपिआर माग गरिएको अग्रहरीले बताए । डिपिआर प्राप्त पछि आफु रोक्का गराउनका लागि अदालत जाने समेत सोच बताएका बताउदै उनले मौखिक रुपमा आफु नगरपालिकाको योजना शाखामा माग गर्दा योजना शाखाका इन्जिनियर माधव न्यौपानेले डिपिआर नै नगरपालिकामा नभएको बताउदै कार्यालय प्रमुख समक्ष जान भनेका थिए । त्यस पछि आफु लिखित निवेदन दिएको छु,उनले भने, प्रमुख प्रशासकिय अधिकृत नभएकोले निमित्त प्रमुख कुन्दन चौधरीले पुर्वाधार शाखालाई तोक लगाएका छन्, उनले निवेदन देखाउदै भने,उतm निवेदनमा नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको आदेशानुसार गर्नु भनि उल्लेख गरिएको छ ।
परासी हाटबजारको डिपिआर तत्कालिन कार्यकारी अधिकृत निरन्जन श्रेष्ठकै बेला बजारका ब्यवसायी,राजनीतिक दलसँग छलफल गराइ निर्माण गराएका थिए । पछि सोहीलाई आधार मानी शहरी विकास कार्यालय चितवनले पनि बजारमा निर्माण कार्य गराउदै आएको छ । नगरपालिकाले बर्षेनी बजार ठेक्का लगाउदै लाखौ रुपिया राजस्व समेत संकलन गर्दै आएको छ । तर बजारको डिपिआर माग गर्दा पनि पुर्वाधार शाखामा डिपिआर नै छैन्,भनेर गैरजिम्मेवारीपन देखाएको आरोप उनको थियो । नगरपालिकाको यो रवैयाले अतिक्रमणमा नगरपालिकाकै मिलोमतोमा भई रहेको हो कि भने आशँका ब्यतm गरेका थिए ।
आफ्नै नगरपालिकाको राजस्वको स्रोत भएको हाटबजार अतिक्रमण समेत रोकन असक्षम देखिएको बताउदै ब्यवसायीले चाँसो लिदा पनि गैरजिम्मेवारी देखाउनु नगरपालिकाकै मिलोमतोमा अतिक्रमण भएको हो कि समेत आशँका ब्यवसायीले गरेका छन् । निवेदन दर्ता गराइएको छ,उनले थपे,प्रमुख प्रशासकिय अधिकृत आए पछि एक पटक पुनःउतm डिपिआर माग गर्र्छ,डिपिआर नदिए पनि आफु उच्च अदालत जाने छु । हाटबजारसँग सायौ मानिसको रोजगारी र स्वरोजगार जोडिएको छ ।
नगरपालिकाका लागि अन्य राजस्व स्रोत हुन सक्छ,त्यसलाई चाँसो नहुन पनि सक्छ, जनप्रतिनिधिलाई भोटको स्वार्थी राजनीति गर्ने दाउ पनि हुन सक्छ,तर हाटबजारसँग रोजगार जोडिएका ब्यवसायीहरु बजारको बचाउमा उभिनु पर्ने उनको तर्क थियो । ब्यसायी अग्रहरीको माग र चाँसो जायज नै भएको बताउदै नगरपालिकाका लेखापाल सँजय शर्माले यसमा जिम्मेवार शाखाले पहल गर्नु पर्ने भनेर प्रतिकृया दिएका थिए ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *