नवलपरासी,११ कातिक
विभिन्न जिल्लाका डेडिकेटेड विद्युत महशुल नतिर्ने उद्योगको लाईट काटिने र उद्योगको साँचो बुझाउने कार्य भई रहदा नवलपरासीका चारवटा उद्योगका डेडिकेटेड विद्युत महशुल नतिर्ने उद्योगका फरक अवस्था देखिएका छन् । उतm महसुल नतिरेका जिल्लाका ४ वटा उद्योग मध्ये दुई वटा उद्योगले किस्ताबन्दीमा रकम तिर्न थालेको बाकी दुई मध्ये एउटा उद्योगको आँशिक जग्गा रोक्का र आर्को उद्योग विचाराधिन अवस्थामा रहेको परासी विद्युत वितरण केन्द्रले जनाएको हो ।
चार उद्योग मध्ये सर्वोत्तम सिमेन्ट उद्योग प्रालि र लक्ष्मि स्टिल प्रालिले किस्ता बन्दीमा महशुल तिर्न थालेका छन् । वितरण केन्द्रका अनुसार करोडौ रुपिया महशुल नतिर्ने बुटवल सिमेन्ट प्रालिको उद्योग परिसरको जग्गा विद्युत प्राधिकरण परासी वितरण केन्द्रले विगत बर्ष देखी नै रोक्का गराएको छ, भने सिद्धिलक्ष्मी स्टील प्रालिको महशुल तिराउने कार्य विचाराधिन अवस्थामा रहेको छ । उद्योग नै बन्द गरेर उद्योग परिसरका समाग्रि अनयत्र सार्न थाले पछि भएको बुटवल सिमेन्ट मिल्सका सम्पति रोक्का गर्ने उदेश्यले जग्गाको हकहस्तानान्तर नगरिदिन भनि मालपोतलाई पत्राचार गरेको थियो ।
हालसम्म सर्वोत्तम सिमेन्ट प्रालिको बक्यौता ८ करोड ३९ लाख १३ हजार १ सय ९१ रुपिया रहेको छ । त्यसैगरि लक्ष्मि स्टिल प्रालिको १९ करोड ९३ लाख ९७ हजार ९ सय २० रुपिया बक्यौता छ । यि दुबै उद्योगले क्रमशः विद्युत महसुल तिर्न थालेको हुदा लाईन नकाटिएको केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी गराए । विद्युत नतिर्ने बुटवल सिमेन्टको बक्यौता रकम १७ करोड १६ लाख २३ हजार ९ सय १८ रहेको छ र उतm उद्योगको लाईन पहिला नै काटिसकिएको छ । सिद्धिलक्ष्मि स्टिल उद्योग प्रालिको रकम पहिला ३ करोड ७ लाख ९८ हजार ४ सय ५५ रुपिया रहेको थियो । तर उतm उद्योगको बक्यौता रकम लोडसेटिगँ मुतm घोषणा भई सके पछिको भएको हुदा त्यसबारे सरकारले तिर्न नपर्ने गरि निर्णयहरु गरिएको हुदा त्यसको अवस्था अहिले विचाराधिन छ ।
बुटवल सिमेन्ट उद्योगका सञ्चालक महाविर गोयलको नाँउमा रहेको चार कित्ता जग्गाको करिब ८ विघा जग्गा रोक्काका लागि जिल्ला मालपोत कार्यालयलाई पत्राचार गरिएको विद्युत वितरण केन्द्रले जानकारी गराएको छ । विद्युतले तिर्ने महशुल भन्दा कम मुल्य पर्ने नै उद्योगको जग्गा छ,तर त्यही भए पनि सो जग्गा यदि उद्योगले विक्रि गर्दा जग्गा रोक्का गर्ने निकायलाई मालपोत कार्यालयले सम्पर्क गराउछ । जस्ले गर्दा उद्योगबाट असुल उपर गर्न सकिन विद्युत वितरण केन्द्रको भनाई थियो ।
उतm रकम तिर्नका लागि उद्योगलाई नियमित रुपमा पत्राचार हुदै आएको छ, बुटवल सिमेन्ट प्रालिको जग्गाका लागि आवश्यक कानुनी रुपमा पनि अदालनी वा आवश्यक कारवाही गर्न गराउनका लागि प्राधिकरणको कानुन महाशाखालाई समेत पत्राचार गरिएको छ ।
वितरण केन्द्रले आफ्ना ग्राहकहरुलाई विद्युत आपुर्ति ब्यवस्था चुष्तदुरुष्त बनाउदै बैकल्पिक विद्युत आपुर्तिको ब्यवस्थानमा लागि परेको छ । विभिन्न प्रसारणलाईन अन्रतगतका पाँच वटा सब स्टेसनबाट वितरण केन्द्रले विस्तार गरेको विद्युत आपुर्ति सञ्जाल मार्फत बहु विकल्पको ब्यवस्थानमा लागेकोे हो । परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जादा उद्योग खुल्ने क्रम पनि बढदै गएको छ । परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधै भरि पुर्ण भोल्टेज क्षमताको विद्युत आपुर्ति गर्न सकियोस भनेर विभिन्न पाँच वटा विद्युत सब स्टेसनबाट विद्युत आपुर्तिको ब्यवस्थाका लागि प्रसारण लाईन सञ्जाल विस्तार भई रहेको छ । यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, । ग्राहकलाई विद्युत आपुर्तिमा समस्या नहोस भनेर एउटा मात्रै नभई पाँच पाँच वटा विकल्प बन्दै छ ।
एउटा विद्युत स्टेसनमा समस्या भए पनि परासी क्षेत्रको विद्युत आपुर्तिमा समस्या आउने छैन्, । किन की यस क्षेत्रमा विद्युत आपुर्ति गर्नका लागि विभिन्न पाँच वटा सव स्टेसनसँग सञ्जाल जोडिदै छ । तिन वटा स्टेसनसँग विद्युत सञ्जाल जोडि सकिएको छ । दुई वटा स्टेसन मध्ये हुकई सब स्टेसन निर्माणाधिन छ । अहिले पनि घरेलु ग्राहकलाई मात्रै दैनिक १० देखी १२ मेगावाट विद्युत वितरण भई रहेका छन् । उद्योगमा पनि दैनिक ६० देखी ७० मेगावाट विद्युत सप्लाई भई रहेको छ । यसरी परासी विद्युत केन्द्रले दैनिक ८० देखी ९० मेगावाट विद्युत वितरण गरि रहेको छ ।
बुटवल ३३ केभिए प्रसारण लाईन,न्यु बुटवल ३३ केभिए प्रसारण लाईनसँग पनि विद्युत जोडिदै छ । ज्यामिरेको ३३ केभिए प्रसारण र गण्डक प्रसारणलाईनसँग पनि विद्युत सञ्जाल जोडिएको छ । नेपालको पुर्वि क्षेत्रबाट पनि केही महिना मै जिल्ला जोडिने छ । नेपालकै विद्युत आपुर्तिमा स्वर्णिम जिल्लाको रुपमा नवलपरासी पश्चिम बन्ने देखिएको छ । यस क्षेत्रमा उद्योग थपिने क्रम दिन प्रति दिन बढेको छ ।
