बुद्ध प्रबज्या स्थल अनोमाघाटमा लुम्बिनी उपमेयर कल्पना हरिजनको अवलोकन भ्रमण

नवलपरासी,९ कातिक
सिद्धार्थ गौतमले प्रबज्या लिई बोधिको खोजी शुभारम्भ गरेको जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपमेयर कल्पना हरिजनले अवलोकन भ्रमण गरेकी छिन् । यहिँ बर्ष नेपाल पर्यटन बोर्डले अनोमा प्रबज्या स्थल घोषणा पछि विभिन्न क्षेत्रको पनि चाँसो बढदै गएको र सोही क्रममा सिद्धार्थको जन्मस्थल भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपमेयर हरिजनले सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिइएको स्थानको अवलोकन गरेकी हुन् ।
सिद्धार्थ गौतमको जन्म र गृह त्याथ गरि आफ्ना राजसी पद परित्याग गरि प्रबज्या लिएर (बोधी) अर्थात ज्ञानको खोजी निस्केका थिए । बुद्धको मानविय रुपमा जन्म लिएको लुम्बिनी र बोधीको खोजका लागि औपचारिक रुपमा राजसी पद त्याग गरि ज्ञानको खोजीका लागि महाभिनिष्क्रमण लिएको यो अनोमाघाट दुबै सिद्धार्थको जिवनको महत्वपुर्ण स्थल भएको बताउदै उनले यो स्थानमा पहिलो पटक आएको बताएकी थिईन् । लुम्बिनी र अनोमाघाट बुद्धको जिवनका सबै भन्दा महत्वपुर्ण घटना हुने स्थान हुन्,उनले अनोमाघाटको बारेमा सुनेको तर सो स्थानमा आफु नपुगको बताएकी बताईन् । बुद्धसँग श्रद्धा राख्ने जो सुकैका लागि लुम्बिनी पछिको दोश्रो अनोमाघाटमा पुग्नु जिवनका लागि सुखद अवसर भएको बताएकी थिईन् । लुम्बिनी साँस्कृतिक नगरपालिकाले अनोमाघाटको प्रवद्र्धन गर्नमा अग्रसर हुने पनि बताएकी थिईन् ।
लुम्बिनीलाई विश्वसम्पदा सुचिमा युनेस्कोले राखे देखी संसारभरी चिनिदै आएको तर अहिले मात्र नेपाल पर्यटन बोर्डले आफ्नो घोषणा मार्फत अनोमाघाटलाई प्रबज्या स्थल(महाभिनिष्क्रमण) स्थलको रुपमा राष्ट्रिय पहिचान दिएको छ । यसको प्रचार प्रसार,पुर्वाधार निर्माण,साँस्कृति विकाससँगै यसलाई संस्थागत गरि विकास आवश्यक रहेको स्थानिय सन्तोष हरिजनले बताएको बताएका थिए । लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपमेयरको यस स्थानमा उपस्थितीले यो अनोमाघाटलाई थप उचाईमा पुर्याउने स्थानिय मुन्सि हरिजनले बताएका थिए । आवश्यक पुर्वाधार तँ बन्न सकेको छैन्,उनले भने,तर यसले पहिचान पाउदै गएको छ,यसमा हामी स्थानिय खुशी छौ ।
पर्यटन बोर्डले सुस्ता गाउपालिकालाई यहिँ २०८२ साल असार १५ गते पत्राचार गर्दै उतm स्थल बौद्धमार्गीको एक महत्वपुर्ण तिर्थस्थल पर्यटकिय क्षेत्र भएको घोषणाबारे जानकारी गराएको थियो । तथा अनोमघाटलाई प्रबज्जा स्थल घोषण भएकोमा नेपाल पर्यटन बोर्ड बाट मान्यता सहित यस स्थानलाई धार्मिक पर्यटनको एक नयाँ गन्तव्य बारे जानकारी तथा छलफल हुदै आएको छ । सर्व धर्म शान्ति समाज मिसन अनोमा नेपालले पनि विभिन्न गतिविधि गर्दै आएको छ ।
नेपाल विश्व माझ गौतम बुद्धको जन्मस्थल को रुपमा प्रचलित रहेको र भगवान बुद्ध (सिद्धार्थ गौतम) र बौद्धधर्मावलम्बिहरुको लागि विशेष महत्व राख्ने स्थानहरुका लागि प्रसिद्ध भएकै कारण नेपाल बौद्ध धर्मावलम्बीहरुको लागि एक धार्मिक पर्यटकिय गनतब्य रहदै आएको छ । यस सन्दर्भमा अनोमा नदी (नारायणी नदी) को किनारमा अवस्थित लुम्बिनी प्रदेश नवलपरासी जिल्ला वार्ड नं. ५ पकलिहवा स्थित अनोमा घाट(ठाढी घाट लाई भगवान सिद्धार्थ बुद्धको महाभिनिस्क्रमण स्थललाई अनोमा प्रबज्या स्थल घोषित भएकोमा स्थानिय उत्साही पनि भएका छन् ।
सुस्ता गाउपालिकाका तत्कालिन गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डे र तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको सक्रियता रहेको थियो । तत्कालिन संघिय सँसदमा राष्ट्रिय सभा सदस्य(साँसद) रामलखन हरिजनले पनि सदनमा कुरा उठाउदै आएका थिए । त्यसलाई तिर्थ स्थल बनाउनमा स्थानिय अशोक मानन्धर समेत निरन्तर लागेर काम गर्दै आएका थिए । अनोमाघाट घोषणा पश्चात उतm स्थानमा असार पुर्णिमाको दिन महाभिनिष्क्रमण दिवस मनाउने र कार्तिक पुर्णिमा हजार बत्ति बालेर मनाइदै आएको छ ।
असार पुर्णिमाकै दिन सिद्धार्थ गौतम गृहत्याग गरि अनोमाघाटमा पुगेर महाभिनिष्क्रमण (प्रबज्या) लिई कपाल मुण्डन गरेर सन्यास धारण गरेर ज्ञानको खोजीमा निस्केका थिए । परापुर्व काल देखी ठाढीघाट मेला तथा कुस्ति प्रतियोगिता हुने सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउपालिकाले गरेको थियो । नेपालको बोधगायको रुपमा संसार भरि चिनाउने उदेश्यले गाउपालिकाद्धारा विभिन्न कार्यक्रम हुदै आएको छ । बोधगयामा सिद्धार्थले ज्ञान प्राप्ती गरे पनि अनोमाघाटबाट ज्ञानको खाजीमा निस्कने पहिलो पाईला भएको हुदा नेपालको बोधगया भनेर चिनाउनमा स्थानिय पनि लागेका थिए ।
गत असार पुर्णिमामा पनि सिद्धार्थ गौतम गृहत्याग गरि यो अनोमाघाटमा पुगेर कपाल मुण्डन गरि राजसी पोशाक त्याग गरि सन्यास धारण गरेर बोद्धीको खोजीमा लागेको दिन सम्झदै स्थानिय र श्रद्धालुहरुले कपाल मुण्डन गरि असार पुर्णिमा मनाएका थिए । असार पुर्णिमा देखी बुद्धको भिच्छुहरुको बर्षाबास शुरु हुन्छ । त्यो दिन अनोमाघाटमा महाभिनिष्मण दिवस मनाईने चलन छ । दुई बर्ष देखी कातिक पुर्णियमा हजार बत्ति बाल्ने कार्यक्रमले अनोमा घाटलाई थप उचाईमा पुर्याएको उनले विश्वास ब्यतm गरेका थिए । अनोमाघाटमा कम्तीमा पनि असार पुर्णिमा र कातिक पुर्णिमालाई भब्यताका साथ मनाउने कार्यले संसारका बौद्धहरुको आकर्षण बढ्दै गएको छ । सिद्धार्थ गौतम गृह त्याग गरेर ज्ञानको खोजीमा निस्कदा कोलिय राज्यको अन्तिम सिमा अनोमा नदी किनारमा पुगे पछि उनको कन्टक घोडा ठढा भयो,त्यही बेला देखी स्थानिय स्तरमा ठाढीघाटको रुपमा चिनिएको हो ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *