रेडक्रसद्धारा स्वास्थ्यकर्मीलाई प्राकृतिक प्रकोपको बेला आईपर्ने स्वास्थ्य समस्याबारे तालिम

नवलपरासी,२ कातिक
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीले जिल्लाका तिन पालिकाका स्वास्थ्यकर्मीलाई प्राकृतिक प्रकोप तथा महामारीको अवस्थामा हुने स्वास्थ्य समस्या सम्बन्धि दुई दिइने तालिम चलाएको छ । जिल्लाको रामग्राम नगरपालिका,सरावल र सुस्ता गाउपालिकाका स्वास्थ्यकर्मीलाई सो तालिम सञ्चालन गरेको हो ।
तालिममा जलवायु परिवर्तनका कारण बढदो प्राकृतिक प्रकोपको परिणाम स्वरुप स्वास्थ्यमा पर्ने असरबारे स्वास्थ्यकर्मीहरुलाई छिटो तथा रणनीतिगत रुपमा सेवा प्रवाहका योजना समेत बनाइ राख्ने बारे प्राविधिक ज्ञान प्रदान गरिएको थियो । अहिलेसम्मकै तालिम मध्ये महत्वपुर्ण तालिम रहेको सरावल गाउपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी अशोक पाण्डेले बताएका थिए । यो तालिमले कुन काम कति बेला कति महत्वका साथ गर्नु पर्ने बोध गराएको छ, उनले भने,दुई दिनको तालिम अभिमुखीकरण जस्तै महशुस गरेका छौ । अगामी दिनमा थप तालिमको आवश्यकता उनले औल्याएका थिए ।
क्यानेडियन रेडक्रसको सहयोगमा जिल्ला भित्र नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाले विगत बर्ष देखी नै सुस्ता गाउपालिकामा वायु प्रदुषण न्युनिकरणमा पनि काम गर्दै आएको छ । रेडक्रसकै सहकार्यमा सुस्तामा अहिले जलवायु प्रतिरोधात्मक स्वास्थ्य प्रणाली सुदृढिकरण परियोजनाले काम गरिरहेको छ । त्यसैको निरन्तरता दिदै अहिले सरावल गाउपालिका र रामग्राम नगरपालिकालाई पनि दिएको हो । वायु प्रदुषणमा उद्योग कलकारखाना मात्रै नभई सर्वसाधारण किसानलाई पनि कुरा बुझाउन नसक्दा अज्ञानताले पनि प्रदुषण बढने गरेको छ ।
उद्योग कलकारखानाको धुवाँ धुलोको प्रदुषण छ छदैछ, । सर्वसाधारण किसानले पनि पराल,उखुको पात पत्तिगँरलाई जगाउने कार्यले बायु प्रदुषित हुदै गएको हुदा सर्वसाधारणमा जानकारी हुन आवश्यक देखिएको उनले जानकारी गराएका थिए । उद्योग कलकारखानाबाट हुने प्रदुषण नियन्त्रणमा गाउपालिकाले मात्रै रोकेर नरोकिने अवस्था रहेको हुदा यसमा लुम्बिनी प्रदेश सरकार र संघिय सरकारका निकायले समेत काम गर्नु पर्ने आवश्यकता औल्याइएको थियो ।

गाउपालिका स्तरबाट गर्न सक्ने कार्य गर्ने नै छ । यसका लागि गाउपालिकाले नीति कार्यक्रम,बजेट बिनियोजन समेत गर्ने र त्यसका लागि प्रेस र संघसस्थाले समेत सहकार्य गरेमा धेरै मात्रामा प्रदषण नियन्त्रण गर्न सकिने उनले विश्वास ब्यतm गरेका थिए ।
जनताको सबै भन्दा नजिक स्थानिय सरकारको रुपमा गाउपालिका नै रहेको हुदा कुनै पनि बहानामा पन्छिन नहुने नेपाल रेडक्रस नवलपरासी शाखाका सभापति राजेन्द्र अग्रहरीले बताएका थिए । अहिलेको नगरपालिका र गाउपालिका सरकार सरह बनेको छ, यसलाई स्थानिय स्तरको विधायकिय अधिकार पनि छ । नीति नियम र कानुनको निर्माण गर्न सक्छ, त्यसलाई लागु गराउनका लागि स्थानिय संघ सस्थाको सहयोग लिन सक्छ, उनले थपे, तर काम शुभारम्भ तँ गर्न पर्यो,नगरपालिका र गाउपालिकाले काम शुरु गर्ने,सबैलाई आह्वान गरे पछि सहयोगी हातहरु आउन थाल्ने उनको भनाई थियो । उनले जानकारी गराएका थिए ।
वायु प्रदुषणले जनस्वास्थ्यमा गम्भिर असर पर्ने गरेको प्रस्तुतिकरण समेत भएको थियो । जस्मा फोक्सोमा असर,दम,सिओपिडि,ब्रोन्काईटिस,फोक्सो क्यान्सर,मुटुमा असर,मस्तिष्कमा असर स्टोक,बालबालिकाको बौद्धिक विकासमा कमि,अन्या आँखा पोल्ने,छालाको एलर्जी गर्भवति महिलामा गर्भपतन लगायनको जोखिम देखिएको समेत जानकारी गराइएको थियो । प्रदुषण नियन्त्रणका लागि त्रिसुत्रिय अवधारणा प्रस्तुत गरिएको थियो । जस्मा पहिलो नीतिगत र कानुनी ब्यवस्था जुन गाउपालिको गर्नु पर्ने देखिन्छ । त्यसै गरि प्रविधि र पुर्वाधार प्रयोग सफा प्रविधि र हरित पुर्वाधार निर्माण गर्नु पर्ने आवश्यक छ । जनचेतना र नागरिक सहभागितामा हामी सबैको सक्रियता आवश्यक रहेको बताइएको थियो ।
नगरपालिका र गाउपालिकाले स्थानिय अवस्थाको सुहाउदो वातावरण तथा प्रदुषण नियन्त्रण ऐन र कार्यविधि तर्जुमा गर्ने,बाली अवशेष,फोहोर र प्लाष्टिक जलाउने कार्यलाई पुर्णतः दण्डनिय बनाउने कानुनको ब्यवस्था गर्ने,स्थानिय उद्योगका लागि प्रदुषण यिनन्त्रणको स्पष्ट मापदण्ड तोक्ने र नवीकरण प्रकृयामा अनिवार्य गर्ने,बार्षिक बजेटमा वातावरण संरक्षण,जनचेतना र सफा प्रविधिका लागि छुट्टै शिर्षकमा बजेट विनियोजन गर्नु पर्ने देखिएको कुरा पनि बनाइएको थियो ।
राज्य प्रतिको उत्तरदायित्व,समाज प्रतिको उत्तरदायित्वसँगै वातावरण प्रतिको दायित्व बोधका अवधारणा आम जनमानसमा ल्याउनका लागि काम गर्नु पर्ने देखिएको छ । तालिम समापन मन्तब्य दिदै रामग्राम नगरपालिकाका मेयर धनपत यादवले यस्ता गम्भिर विषयमा नागरिकहरु समेत सचेत हुनु पर्ने आवश्यकता रहेको बताएका थिए । सरकारले अ आफ्नो स्तरले काम गर्छ,गर्दै पनि आएको छ,तर नागरिकहरुले पनि उत्तरदायित्व बोध गरि काम गर्नु पर्छ । ज्ञान हुदा हुदै पनि ब्यवहारमा लागु नगर्ने आनीबानमा परिवर्तन नल्याएसम्म प्राकृतिक प्रकोपसँग निरन्तर संघर्ष गर्नु पर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *