चुरे फेदीका खाल्टाहरुलाई सिमसारमा रूपान्तरण गर्दै स्थानीय सरकार

नवलपरासी,१ कातिक
जिल्लाको चुरे पडाडको फेदसँग जोडिएका पालिकाहरुले जल भण्डारणको सम्भाब्यता रहेका क्षेत्रमा पानी जम्मा गरि सिमसार बनाउने कार्यलाई प्राथमिकता दिइएका छन् । हाल जिल्लाको वर्दघाट र सरावल गाउपालिकाले चुरे पहाडको फेदमा खाल्टाखुल्टी जमिनमा जलभरण गरि सिमसार बनाउने कार्यलाई निरन्तरता दिदै आएका हुन् ।
जलभरण कार्यले सिमासार क्षेत्र बन्ने हुदा पर्यटन र सिचाईको आधार बनाउन सकिने हुदा सिमसार ब्यवस्थापनमा लागिएको सरावल गाउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । पहिला देखीकै खाल्टा परेका जँगल भित्रको भुमिलाई जलभरण हुने सक्ने गरि ब्यवस्थित गरिदा आफै सिमसारको स्वरप पाउने गरेको छ, उनले भने, यसले जमिनलाई जलपरिपुरण(वाटररिचार्ज)मा योगदान समेत पुर्याउने छ । पर्यटकिय क्षेत्रको रुपमा विकास हुनुका साथै बनक्षेत्रसँग जोडिएको हुदा बन्यजन्तुलाई पिउने पानी,बन डढेलोको बेला जल उपयोग गर्न सक्ने अवस्थाको समेत सृजना भएको उनको भनाई थियो । चुरे फेदमा रहेका यस्ता दर्जनौ स्थानहरु रहेका छन्, उनले थपे,तराई मधेशमा सिचाईको आधार समेत हुने हुदा यस्ता स्थानलाई सिमसारको स्वरुप प्रदान गरिने गरिएको छ ।
स्थानिय तहले मात्रै नभई यस्ता कार्यलाई लुम्बिनी प्रदेश सरकारले समेत प्राथमिकतामा राखेर चुरे फेदका खाल्टाहरुलाई जलभरण गरि सिमसार ब्यवस्थापनमा काम गर्नु पर्ने आवश्यकता उनले औल्याएका थिए । उनका अनुसार सरावलको १ तुलसीपुर स्थित सिमासरा ब्यवस्थापन गर्दा बहुउपयोगी हुने देखिएको छ । लुम्ब्निी प्रदेश सरकारले चुरे पहाडका फेदमा रहेका खाल्टोहरु ब्यवस्थापनका लागि छुट्टै गुरुयोजना बनाई काम गर्न सक्यो भन्ने नवलपरासी मात्रै नभई लुम्बिनी प्रदेशका नवलपरासी,रुपन्देही,कपिलबस्तु,दाँग,बाँके र बर्दिया जिल्लामा प्रयाप्त सम्भावना देखिन्छ । प्रदेश सरकारले स्थानिय पालिकासँग पनि सहकार्य गर्न सक्छ, उनले थपे, संघिय सरकारका तराई मधेश चुरे संरक्षण कार्यक्रमले पनि यसलाई प्राथमिकतामा राखेर काम गर्न सक्यो भन्ने चुरेको माटो चुरेलाई चुरेको पानी सबैलाई नारा साकार हुन सक्छ ।
सरावलको तुलसीपुर सिमसारसँगै बाउन्नघोल भनेर चिनिने वर्दघाटको संसारकोट सिमसार क्षेत्र बन्दै गएको छ । सिरानमा चुरे पर्वत सृगँख्ला,हरियालीले परिपुर्ण,मनमोहक दृष्यले आन्तरिक तथा बाह्य पर्यटक समेतलाई संसारकोट सिमसार क्षेत्र पर्यापयटकिय स्थल पर्यटकको मल लोभ्यउन थालेको हो ।
चुरे पर्वतको फेदमा यस्ता स साना खोला खोल्सीलाई ब्यवस्थित गरियो भन्ने पर्या पर्यटनको आकर्षण क्षेत्र बन्दा रहेछ । तराईको सिरान र चुरे पर्वतको फेदमा रहेको यो सुन्दरता पहाड र तराई जोड्ने अवसर प्रदान गर्छ । सिमासार बनाई संरक्षणले चुरे पर्वतयि क्षेत्रलाई मात्रै संरषण गर्दैन । यो सिमसारले चुरे तराईको जमिनलाई जलपुनरभरण(रिचार्ज) गरिनुका साथै तराईमा दिर्घकालिन जलश्रोतको अनुपम बरदान बन्ने छ । विभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्ने कार्य गरि राखेको छ । लुम्बिनी प्रदेश सरकारले समेत सहयोग गर्दै आएको स्थानियको भनाई थियो ।
यसका लागि प्राकृतिक सौन्र्यतालाई नविग्रिने गरि अतिआवश्यक बाहेक अधिकाँस पुर्वाधार जैविक हुने छ । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको छ । शुरु शुरुमा सोही क्षेत्रमा गिद्द रेष्टुरेण्ट सञ्चालन गर्दै आएका स्थानिय यादव खनालले बाउन्नघोल सिमसार बनाउनु पर्ने अवधारणा ल्याएका थिए । गिद्द रेष्टुरेण्टमा आउने गिद्द सहित बन्यजन्तुका लागि बाह्र महिना पानीको स्रोतका लागि उनी सिमसार क्षेत्र बनाउनु पर्ने कुरा उठाउदै आएका थिए ।
जलासयमा बन्ने पुल,कलभर्ट समेत काठ र बाँसको प्रयोग गर्ने गरिएको छ । यसले जैविक विविधतालाई पनि मद्द पुर्याउछ । जगल भित्र जलासय,जलासयलाई सिमसार र सिमासार भित्र जैविक पुर्वाधार थपेर पर्यटन पुर्वाधार बनाएर पर्यटन औद्योगिक क्षेत्र बनाएर आर्थिक बिकासको योजना अनुसार काम भई रहेको छ । जलासयले प्राकृतिक सौन्दर्यता मात्रै नभई बन भित्रको बन्यजन्तुको बास स्थान बनाउनका लागि पनि जलको सुनिश्चिता चाहिन्छ । जैविक विविधताको आधारका लागि पनि जमिनसँग जल र जंगल हुन आवश्यक हुन्छ,यहिँ प्राकृतिको उपहार हो ।
तराई मधेश र पहाड तिनवटै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले क्षेत्रगत रुपमा साधन स्रोत र सामथ्र्यको अवस्था विश्लेषण गरि योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गर्दै आएको छ । सो क्षेत्रमा पुर्वाधारको पहुँच पुर्याउन काम गरेको छ । चुरे देखी तराई मधेश जोड्ने वर्दघाट नगरपालिका पुर्व गण्डकी प्रदेशसँग सिमा जोडिएको प्रदेश हो । नेपालकै मध्यभागमा रहेको वर्दघाट नगरपालिकामा पुर्वधार विकास,समाजिक,साँस्कृति विकाससँगै उद्योग,कृषि,पर्यटनलाई उत्तिकै महत्वका साथ काम गरिहेको छ ।
विगतका जनप्रतिनिधिले पनि सँसारकोटलाई महत्वका साथ नै काम गरेका थिए । अहिले हालका जनप्रतिनिधिले पनि त्यसलाई निरन्तरता दिदै काम गर्न अग्रसर देखिएका छन् । यसले गर्दा केही बर्षमा नगरपालिकाको सिरान सँसारकोटमा आवागमन सहज हुने विश्वास लिएका छ । पालिकाको चाहना र सोच अनुसार अन्य क्षेत्रबाट पनि सहयोग जुट्दै गएमा सँसारकोट वास्तवमा एक नयाँ अनुभुति गर्ने स्थलको रुपमा विकास हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *