
नवलपरासी,२८ असोज
हरियो बन नेपालको धन भन्ने विगतका नारालाई अहिले समय सापेक्ष हुन नसक्दा बन क्षेत्रबाट गरिने हुने आयमा चुनौती थपिदै गएको छ । स्वार्थले प्रेरित नेपालको काठ र काष्टजन्य बस्तुको आयात बढाउने र नेपालको बनमा उत्पादन हुने बन पैदावार नीतिगत समस्याको उल्झनमा पारेर समस्याग्रस्त बनाउदा हरियो बन धमिराको धन बन्न थालेको हो ।
बन पैदावार आपुर्तिको सहज ब्यवस्थाप नभएको र अहिले बनपैदावारको वैकल्पिक ब्यवस्था बन्दै जानुका साथै नेपालका बनपैदावार आपुर्ति ब्यवस्थालाई जटिल बनाउने र विदेशबाट काठ आयात गरेर कमिसन खाने पद्यतीले जिल्लामा उत्पादित काठ विक्रि हुन नसकेको गुनासो बन कर्मचारी,सामुदायिक बन समुहका पदाधिारी तथा साझेदारी बन समुहका सदस्यहरुले स्वीकारेका छन् । काठ दाउरा विक्रि हुन नसक्दा कहिने अवस्थामा छन्,जिल्ला स्थित बुद्ध शान्ति साझेदारी समुहका अध्यक्ष विरेन्द्र चौधरीले भने,बन भित्र कार्ययोजना अनुसारको काठ दाउरा निकासी तँ परै जओस अहिले मौज्दात काठ दाउरा पनि विक्रि भई रहेका छ्रनन् । यस्ले समुहले तिर्नु पर्ने उधारो बक्यौता पनि तिर्न समस्या भई रहेका छन् । उनका अनुसार समुहमा रहेका चार करोड मुल्यको काठ र लाखौ मुल्यका दाउरा विक्रि वितरण हुन सकिरहेको छैन् ।
बुद्ध शान्ति साझेदारीमा आश्रित ११ हजार ४ सय ४२ घरधुरीका ६३ हजार ७ सय ७६ जनसंख्या रहेको छ । उधारोले थलिएको जिल्ला स्थित बुद्ध शान्ति साझेदारी बन समुहले तगिँ्रने योजना सहित आफ्नो छठौ साधारणसभा सम्पन्न गरेको छ । तर काठ विक्रि नभएर उधारो रकम समेत तिर्न नसकेको बन समुहले अहिले काठ विक्रिका लागि रणनीतिगत योजना र थप काठ संकलन गर्ने योजना बनाएर साधारणसधामा प्रस्तुत गरिएको र समुहले अनुमोदन समेत गरि पास समेत गरेको हो । तर काठ विक्रिका लागि सुचना प्रकाशित गर्दा पनि विक्रिमा समस्या देखिएको उनले प्रतिकृया दिएका थिए ।
उनका अनुसार उतm बन समुहसँग मौज्दात रहेको अस्ना र साल जातका ३५ लाख ७ हजार ५ सय १६ मुल्य का आर्थिक बर्ष२०८०।०८१ को ८ सय ७ सय ६८ घनफिट काठ रहेको छ । त्यसै गरि १६ लाख २५ हजार ४ सय ४७ मुल्यको आर्थिक बर्ष २०८१।०८२ को ३ हजार ८ सय ९३ घनफिट काठ,१४ लाख २१ हजार ६ सय ३५ रुपिया मुल्यको आर्थिक बर्ष २०८१।०८२ कै घाटगद्दिमा रहेका काठ, आर्थिक बर्ष २०८२।०८३ को लिलाम प्रकृयामा रहेको ७८ लाख ३ हजार ७ सय २८ मुल्य बराबरको मौज्दात काठ रहेको छ ।
आर्थिक बर्ष २०८२,०८३ मा आन्तरिक विक्रि वितरणका लागि रहेको १९ लाख २९ हजार ७ सय १७ मुल्य बराबरको काठ छन् भने आर्थिक बर्ष २०८२।०८३ कै १ करोड मुल्य बराबरको १० हजार ५०चट्टा दाउरा समेतको आय हुने अनुमान गरिएको छ । समुहसँग कुल २७ हजार २ सय २५ घनफिट काठ विक्री गर्ने लक्ष्य बन समुहले लिएको छ ।
कुल १ हजार २ सय ४ हेक्टर क्षेत्रफल रहेको वन समुहमा तीन पालिकाका १३ वटा वडाहरुका उपभोक्ताहरु आवद्ध छन् । । रामग्राम नगरपालिकाको वडा नम्बर ६,९,१०,१४,१५,१६ र १८, सुनवल नगरपालिकाको वडा नम्बर २,८ र ९ तथा पाल्हीनन्दन गाउँपालिकाको ४,५ र ६ नम्बर वडाका गरी कुल १० हजार ६२५ घरधुरी समुहमा आवद्ध छन् ।
साझेदारी बन समुहमात्र नभई सामुदायिक बनहरुले संकलन गरेका काठहरुको विक्रि वितरण नभई रहेको गुनासो गरिरहेका छन् । जिल्लामा साझेदारी बन समुहले सबै भन्दा बढि काठ दाउरा निस्कासन गर्ने समुह भए पनि २८ वटा सामुदायिक बन समुहले समेत ठूलो परिमाणमा काठ दाउरा बनक्षेत्रबाट आपुर्ति गर्ने गरेका छन् । जिल्लाका कुल १ लाख ६९ हजार ७ सय ९५ घनफिट काठ गत आर्थिक बर्षमा बनक्षेत्रबाट निस्कासन गरिएको थियो । त्यसमा साझेदारी समुहको ३० हजार ३१ घर फिट काठ मात्र हो । त्यस बाहेक २८ वटा सामुदायिक बन क्षेत्रबाट १ लाख ३९ हजार ७ सय ६४ घनफिट काठ छन् । सरकारद्धारा ब्यवस्थित बन क्षेत्रबाट पनि २ हजार ७ सय ६४ घनफिट काठ निस्केका थिए । नम्बरी अवादीबाट निजि क्षेत्रको पनि ५० हजार ३९ फिट काठ जिल्लामा उत्पादन भएका छन् । यसरी एक आर्थिक बर्षमा जिल्लाबाट कुल २ लाख २२ हजार ५ सय ९८ घनफिट काठ उत्पादन भएको देखिन्छ ।
सरदर काठको मुल्य प्रति क्वीन्टल १ हजार प्रतिघन फिट मात्र अनुमान गरियो भन्ने जिल्लामा २२ करोड २५ लाख ९८ हजार मुल्य बराबरको काठ बार्षिक उत्पादन देखिन्छ । काठ निकासीमा प्रति क्विन्टल १ सय ४५ रुपिया खर्च हुने आधार मानेर काम गर्ने गरिएको डिभिजन बन कार्यालय नवलपरासीका रेन्जर प्रजेम्स श्रेष्ठले बताए । काठको मुल्यमा परिमार्जन नहुदा अहिले काठ प्रति आकर्षण घटेकोले विक्रिमा समस्या देखिएको रामग्राम ७ का आलमुनियमका फर्निचर उत्पादन गर्ने ब्यवसायि अनिल अग्रहरीले बताए । अहिले काठ भन्दा भन्दा अलमुनियम र फलामका झ्याल ढोका लगायतका फर्निचरहरु सस्तो र सुलभ छन्,उनले भने,तर काठ महगोँ पनि हुने पाउन जटिल प्रकृया पुरा गर्नु पर्नेले पनि काठ प्रतिको आकर्षण घट्दो छ ।
एउटा ३ वाई ६ को अलमुनियम ढोका १० हजारमा पनि बनाउन सकिन्छ । तर काठको ढोकाको लागत २० हजार बढि पर्न जान्छ,उनी भन्छन्,काठका ढोका अलमुनियम भन्दा बलियो तँ हुदैन्,तर जटिल प्रकृया र मुल्यमा परिमार्जन हुन नसक्दा काठको आकर्षण कम छ । यसमा सरकारले परिमार्जन सहित सहज आपुर्तिको ब्यवस्थापनमा ध्यान दिन आवश्यक छ । काठ आफ्नै देशको बस्तु हो उनले उनले प्रश्न गरे,अलमुनियम र फलाम विदेशबाटै आयात हुने गरेको छ । तर काठ नै आयात गर्ने सरकारी नीतिमा सुधान गर्न नसक्ने सरकारले स्वदेशी काठको आपुर्ति प्रोत्साहन के गर्ला ?