
नवलपरासी,१६ भदौ
जलवायु परिवर्तनका लागि ब्यापक रुपमा वृक्षारोपण अभियान चलाउनु पर्ने लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री देवकरण कलवारले बताएका छन् । जिल्लाको बुद्धशान्ति साझेदारी बन समुहको छठौ साधारणसभाको उदघाटन गर्दै बन तथा वातावरण मन्त्री कलवारले गरेका हुन् ।
उनले सभा सम्बोधनको क्रममा जलवायु परिवर्तनलाई रोक्नका लागि बन वातावरण जोगाउन आवश्यक रहेको औल्याएका थिए । उनले क्रममा बन बचाउन र बन क्षेत्र बढाउन आमसमुदायलाई आग्रह गरेका थिए । भएको बनको संरक्षण र सदुपयोग गर्नु पर्छ,उनले भने,बाकी रहेका खाली स्थानमा बृक्षारोपण अभियान चलाएर बन बनाउने कार्य अतिआवश्यक छ, । निजी जग्गामा पनि निजी बन बनाएर वातावरणलाई सहयोग गर्न सक्ने उनको धारणा रहेको थियो ।
उधारोले थलिएको जिल्ला स्थित बुद्ध शान्ति साझेदारी बन समुहले तगिँ्रने योजना सहित आफ्नो छठौ साधारणसभा सम्पन्न गरेको छ । काठ विक्रि नभएर उधारो रकम समेत तिर्न नसकेको बन समुहले अहिले काठ विक्रिका लागि रणनीतिगत योजना र थप काठ संकलन गर्ने योजना बनाएर साधारणसधामा प्रस्तुत गरिएको र समुहले अनुमोदन समेत गरि पास समेत गरेको हो ।
साधारणसभामा विभिन्न योजना सहित झण्डै पौने चार करोडको बजेट प्रस्तुत गरिएको समुहका अध्यक्ष विरेन्द्र चौधरीले जानकारी गराएका थिए । विगत तिन बर्ष देखीको मौज्दात काठ विक्रि गरेर कार्यक्रम बनाइएको कुरा उल्लेख गरिएको छ । ३ करोड ७४ लाख ७६ हजार ४३ रुपिया कुल बजेट कायृक्रममा लुम्बिनी प्रदेश सरकारको ७३ लाख बराबरको अनुदान र १८ लाखको डिभिजन बन कार्यालयको अनुदान समेत समेटिएको छ ।
बन समुहसँग मौज्दात रहेको अस्ना र साल जातका ३५ लाख ७ हजार ५ सय १६ मुल्य का आर्थिक बर्ष२०८०।०८१ को ८ सय ७ सय ६८ घनफिट काठ रहेको छ । त्यसै गरि १६ लाख २५ हजार ४ सय ४७ मुल्यको आर्थिक बर्ष २०८१।०८२ को ३ हजार ८ सय ९३ घनफिट काठ,१४ लाख २१ हजार ६ सय ३५ रुपिया मुल्यको आर्थिक बर्ष २०८१।०८२ कै घाटगद्दिमा रहेका काठ, आर्थिक बर्ष २०८२।०८३ को लिलाम प्रकृयामा रहेको ७८ लाख ३ हजार ७ सय २८ मुल्य बराबरको मौज्दात काठ रहेको छ ।
आर्थिक बर्ष २०८२,०८३ मा आन्तरिक विक्रि वितरणका लागि रहेको १९ लाख २९ हजार ७ सय १७ मुल्य बराबरको काठ छन् भने आर्थिक बर्ष २०८२।०८३ कै १ करोड मुल्य बराबरको १० हजार ५०चट्टा दाउरा समेतको आय हुने अनुमान गरिएको छ । समुहसँग कुल २७ हजार २ सय २५ घनफिट काठ विक्री गर्ने लक्ष्य बन समुहले लिएको छ ।
त्यसै गरि बन समुहले बन ब्यवस्थानका लागि गरिने कार्यमा बन संरक्षण तर्फ अग्नी रेखा निर्माण,बन र्संरक्षणका लािग हेरालु राख्ने कार्य,अग्नि नियन्त्रणका लागि दस्ता परिचालन गर्ने कार्य,अग्नि नियन्त्रणमा समुह,समिति तथा कर्मचारी परिचालन,काठ घाटगद्दिको स्तरोन्नती तथा ब्यवस्थापन,कटान प्लटहरुको झाडी सरसफाई,सावरीसाधान,मेसिनरी औजार मर्मत लगायतका कार्य गरिने छ । त्यसै गरि बन विकासका लागि बनक्षेत्रमा पोखरी निर्माण,बन क्षेत्रमा मेसवायर जडान,पोलmलाथ्रा बाहुल्य क्षेत्रमा पत्ल्याउने कार्य र सौन्दर्यमुलक धार्मिक तथा साँस्कृतिक महत्वका विरुवा खरिद तथा वितरण कार्य गरिने छ ।
बन सदुपयोग तर्फ पुराना गोलिया काठको ब्यवस्थापन गर्न पुन?ग्रडिगँ,नापजाँच र गोलिय नम्बरिगँ गर्ने कार्य गरिनुका साथै वेवारिसे काठदाउराको संकलन,ढलापडा रुख छपान तथा काठदाउरा संकलन,माउ रुख भेरिफिकेसन्स,अन्तिम लिष्ट र किताब तयारी गरिने कार्यलाई प्राथमिकतामा राखिएको अध्यक्ष चौधरीले बताएका थिए ।
कुल १ हजार २०४ हेक्टर क्षेत्रफल रहेको वन समुहमा तीन पालिकाका १३ वटा वडाहरुका उपभोक्ताहरु आवद्ध रहेको समुहका अध्यक्ष विरेन्द्र चौधरीले जानकारी गराए । रामग्राम नगरपालिकाको वडा नम्बर ६,९,१०,१४,१५,१६ र १८, सुनवल नगरपालिकाको वडा नम्बर २,८ र ९ तथा पाल्हीनन्दन गाउँपालिकाको ४,५ र ६ नम्बर वडाका गरी कुल १० हजार ६२५ घरधुरी समुहमा आवद्ध छन् । उतm बन क्षेत्रको ब्यवस्थापनले साढे ९ लाख क्विन्टल कार्वन सञ्चित गरेको दाबी बन प्राविधिकहरुले गरेका छन् ।
अहिले बैज्ञानिक बन ब्यवस्थापनले बुढा तथा धोध रुख कटान गरि निस्कासन गरे पश्चात साना विरुवा हुर्कने क्रम बन भित्र बढदो छ । बुढा रुख भन्दा साना विरुवाले वायुमण्डलमा रहेका कार्बन फोटोसेन्थेसिसको प्रकृयाद्धारा सोस्ने गर्छन् । जस्ले कार्बनको सञ्चिती काठको रुपमा रुख मोटाउने र भण्डारण हुने गर्छ । बदलामा बायुमण्डलमा अक्सिजन प्रवाह गर्ने गर्छ । बन ब्यवस्थापनले बायु मण्डलको हावालाई शुद्धिकरण गर्ने गर्छ ।
