रामग्राम स्तुप परिसरमा पाच बर्गिय भिच्छुद्धारा प्रथम बर्षा बास

नवलपरासी,१३ साउन
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा पहिलो पटक पाँच बर्गिय(पाँच जना) भिच्छु तिन महिनाका लागि बर्षाबास बसेका छन् । बर्षायमा लागे देखी बुद्ध धर्म अनुसार असार अर्थात गुरुपुर्णियमा देखी असोज महिनासम्म बौद्ध भिच्छु एकै स्थानमा बसेर ध्यान साधना गर्ने प्रावधान अनुसार रामग्राम स्तुपमा पहिलो पटक पाँच जना भिच्छुले बर्षाबासको शुभारम्भ गरेका हुन् ।
प्रथम बर्षाबास २०८३ भन्दै असार १३ गते देखी कार्तिक ९ गतेसम्म रामग्राम बौद्ध स्तुपा उज्जैनीमा ति भिच्छुहरु बर्षाबासको शुभारम्भ गरेको सोही वार्डका पुर्व वार्डअध्यक्ष समेत रहेका उपासक रामाशंकर हरिजनले जानकारी गराए । आधुनिक कालमा रामग्राम स्तुपमा भिच्छु बर्षाबास बस्ने कार्य ऐतिहासिक कार्य भएको छ, उनले भने, प्राचीन कालमा भिच्छुहरु स्तुप नजिकै बसेर ध्यान साधना र पुर्जा आर्चना गर्ने गरेको उल्लेख पाइए पनि आधुनिक कालको यो पहिलो बर्षाबासले बौद्ध परम्परा र संस्कृतिलाई विस्तार हुनेले बौद्ध उपासकलाई उत्साही बनाएको छ ।
उनका अनुसार बर्षातको समय एक ठाँउमा बस्नु,रुक्नु,अडिनु र बास बस्नुलाई समान्य अर्थमा बर्षा बास भनिन्छ । यस समय अवधीमा अत्याधिक किरा फट्याँग्राहरु बाहिर निस्कने,भिच्छुहरुलाई हिलडुल गर्न बाधाा हुने,बाढी पहिरोले बगाउने,धर्मदेशना दिन जान असुविधा हुने भएको हुदा भगवान बुद्धले पञ्च बर्गिय भिच्छुहरुलाई सँगै लिएर इसापुर्व ५२८ मा भारतको सारनाथ स्थित ऋषिपत्तन भन्ने स्थानमा पहिलो पल्ट बर्षा बास बसी प्रथम बर्षाबास बस्ने धर्मविनय बनाएका थिए । यस बर्षाबास धर्मविनयलाई अनुष्ठान गरी भगवान बुद्धको पवित्र अष्टधातु रहेको विश्वकै एकमात्र शिलबन्दी रामग्राम बौद्ध स्तुपाको पावन भुमिमा भन्ते प्रज्ञा किर्ति,विनय शिल किर्ति,दयानन्द किर्ति,करुणा किर्ति र मोग्लायन भिच्छु सहितको संयुतm पवित्र विचारबाट प्रथम पटक बस्ने निर्णय लिएका थिए । सोही निर्णय अनुसार असार पुर्णिको दिन देखी स्तुपमा बर्षाबासको शुभारम्भ गरेका छन् ।
बौद्धकालमै भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्ति धातु विभिन्न आठ भागमा वितरण हुदा उनका मावली पक्ष कोलिय राजाहरुले प्राप्त गरेका अस्ति राखेर रामग्राम स्तुपको निर्माण गरेका थिए । ति स्तुपमा भिच्छुहरु ध्यान साधना गर्ने र उपासकहरुले पुजापाठ प्रार्थना गर्ने जस्ता कार्य गर्दै आएको प्राचीन इतिहासमा उल्लेख छ । पछि मगधका सम्राट अशोक बौद्ध धर्म अपनाए पछि सबै स्तुप उत्खनन गरि संसार भरि बुद्धको धातु फैलाउने उदेश्यले सात वटा स्तुपको उत्खनन गराए तर रामग्राम स्तुपको उत्खनन गर्न आउदा नागहरुले आफुहरु बाचुन्जेलसम्म स्तुप खनन गर्न नदिएने कुरा सुनाए पश्चात सम्राट अशोकले रामग्राम स्तुपलाई मौलिक रुपमा छाडेर गए ।
ति नागबंशी बौद्ध भिच्छुका लागि स्तुप नजिकै विहार तथा स्थानका लागि पोखरी निर्माण गराई दिएका थिए । साथै बौद्धभिच्छुका लागि सेवा गर्ने उदेश्यले उपासक क्षेत्र पनि बनाई दिएका थिए । पछि आधुनिक कालमा बौद्धधर्मको बिलय भएको थियो । स्तुपबारे स्थानिय स्तरमा कुनै जानकारी नै थिएन,तर भारतमा अग्रेजले शासन गरिरहदा बौद्ध दर्शनको आधारमा पुरातात्विक खोज अभियान कनिघंमको टोलीले शुरु गर्यो । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो,त्यसैको आधारमा अग्रेज विद्धान डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको खोज गरि पत्ता लगाए देखी रामग्राम स्तुपको अनुसंधान निरन्तर भई रहेको छ । यि खोज र इतिहास अनुसार पुरात्व विभाग र बेलायतको दुराम विश्व विद्यालयले भुभौतिक सर्वेक्षण गरेर पहिचान गरेको थियो । पहिचान कै आधारमा नेपाल सरकारको पुरातत्व विभागले उत्खनन गर्दा ति विहार,पोखरी र उपासक क्षेत्र समेत भेटिएका छन् ।
विगतका परम्परा र संस्कृतिलाई अहिले पाँच बर्गिय भिच्छुले पुर्नउत्थान गर्न लागेको हुदा यसमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाई थियो । तिन महिनासम्म बौद्ध भिच्छु यहिँ बास बस्ने हुदा बौद्ध उपासक तथा श्रद्धालुहरुले नियमित रुपमा भिच्छुलाई भोजनदान गर्ने,चिबर दान तथा कथिन चिबरदानसम्म गरेर श्रद्धा तथा पुण्य पारमिता संग्रह गर्ने अवसर समेत प्रदान हुने बताउदै हरिजनले यसका लागि यस क्षेत्रका सबै श्रद्धालु तथा उपासकलाई सहभागिताका लागि समेत आग्रह गरिएको सुनाएका थिए । कुनै पनि बौद्ध सम्पादाको संरक्षण र प्रसारका लागि सोही अनुसारको संस्कार र संस्कृतिको रित बसाल्न आवश्यक पर्छ, उनले भने, अहिले स्तुपा क्षेत्रमा बौद्ध परम्परा र संस्कृतिको रित बसाल्नमा पनि यि पाँच बर्गिय भिच्छुको ठूलो योगदान हुनेछ ।
बुद्ध धर्म अनुसार बौद्ध स्तुपमा एक पटक श्रद्धा सहित दर्शन गर्नुले मात्र समान्य गृहस्तलाई सुगतिको बाटो तर्फ लैजाने समाथ्र्य राख्छ । बुद्धले भनेका ३१ लोक भुमि हुन्छ । जस्मा मानिसले गर्ने गरेको कुशल कर्म र अकुसल कर्मका आधारमा सुगति र दुर्गतीको मागमा जानु पर्ने हुन्छ । सुगति भनेको मनुष्य लोक भन्दा परको देवलोक तथा ब्रम्हलोक हो । दुर्गति भनेको मनुस्य लोक मुनि असुर,प्रेत,प्राणी(जनावर) र नर्क लोक हुन्छ ।
रामग्राम स्तुप अहिलेसँम्म संरक्षित हुनुमा पनि बुद्धको जन्म दिईने आमा महामाया,पालन गर्ने उनकी सानीआमा(मौसी),उनकी पत्नि यशोधरा र उनकी अग्रउपासिका सुप्रबासा समेतको मातृशतिmको संरक्षण रहेको मान्यता पनि बौद्ध समाजमा छ । स्तुपको सम्बन्ध पनि तुसित देवलोकमा रहेको आर्को धातु स्तुपको सानिध्यमा बोधिसत्व साधानमा रहेका छन् । जो कल्प कल्प पछि पुनः पृथ्वीमा मैत्रिय बुद्धको रुपमा उत्पन्न हुने मान्यता पनि छ । सम्भवत ः ति बोधिसत्व यसै स्तुपको सेरोफेरोमै उत्पन्न हुने केही बौद्धमार्गीहरुले अनुमान समेत गर्ने गर्छन् । यस्ले पनि रामग्राम स्तुपको दर्शन गर्न हजारौको संख्यामा देशी विदेशी बौद्ध तिर्थयात्रीहरु आउने गरेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *