
नवलपरासी,१७ साउन
रामग्राम स्तुपमा बर्षाबास शुरु गरेका भिच्छुलाई भोजनदान देखी स्वास्थ्य परिक्षणसम्मको सेवामा स्थानिय संघसस्था जुटेका छन् । भिच्छुहरुलाई सेवाभावले आवश्यकता पुरा गर्ने र स्तुपामा भिच्छुद्धारा गरिने ध्यान अभ्यासले शान्ति,करुणाको विकास हुने र सेवा गर्नेले समेत पुण्यलाभ पाउने भएको भन्दै सेवामा जुटेका हुन् ।
आईतवार इभरग्रिन अस्पताले पाँच जना भिच्छुको स्वास्थ्य परिक्षण गर्दै स्वास्य सेवा दिएको जानकारी गराएको थियो । त्यसै गरि प्रत्येक दिन ति भिच्छुहरुलाई कुनै न कुनै संघसस्था र र भोजनदान गर्दै आएका छन् । उजैनी र देउरवा गाँउका बासिन्दा पनि पालो बनाई प्रत्येक दिन भोजनदान गर्ने ब्यवस्थापनमा जुटेको स्थानियबासी तथा रामग्राम ७ का पुर्व वार्ड अध्यक्ष शंकर हरिजनले जनाए । अहिले स्तुपमा आन्तरिक पर्यटकको पनि संख्यामा उल्लेखनिय वृद्धि हुदै गएको बताउदै उनले स्तुपमा भिच्छुको उपस्थितीले पनि धार्मिक पर्यटक बढन थालेका छन् ।

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा पहिलो पटक पाँच बर्गिय(पाँच जना) भिच्छु तिन महिनाका लागि बर्षाबास शुरु गरेका थिए । बर्षायमा लागे देखी बुद्ध धर्म अनुसार असार अर्थात गुरुपुर्णियमा देखी असोज महिनासम्म बौद्ध भिच्छु एकै स्थानमा बसेर ध्यान साधना गर्ने प्रावधान अनुसार रामग्राम स्तुपमा पहिलो पटक पाँच जना भिच्छुले बर्षाबासको शुभारम्भ गरेका थिए् । प्रथम बर्षाबास २०८३ भन्दै असार १३ गते देखी कार्तिक ९ गतेसम्म रामग्राम बौद्ध स्तुपा उज्जैनीमा ति भिच्छुहरु बर्षाबासमा बस्ने छन् । आधुनिक कालमा रामग्राम स्तुपमा भिच्छु बर्षाबास बस्ने कार्य ऐतिहासिक कार्य भएको छ । प्राचीन कालमा भिच्छुहरु स्तुप नजिकै बसेर ध्यान साधना र पुर्जा आर्चना गर्ने गरेको उल्लेख पाइए पनि आधुनिक कालको यो पहिलो बर्षाबासले बौद्ध परम्परा र संस्कृतिलाई विस्तार हुनेले बौद्ध उपासकलाई उत्साही बनाएको छ ।
बर्षाबास धर्मविनयलाई अनुष्ठान गरी भगवान बुद्धको पवित्र अष्टधातु रहेको विश्वकै एकमात्र शिलबन्दी रामग्राम बौद्ध स्तुपाको पावन भुमिमा भन्ते प्रज्ञा किर्ति,विनय शिल किर्ति,दयानन्द किर्ति,करुणा किर्ति र मोग्लायन भिच्छु सहितको संयुक्त पवित्र विचारबाट प्रथम पटक बस्ने निर्णय लिएका थिए । सोही निर्णय अनुसार असार पुर्णिको दिन देखी स्तुपमा बर्षाबासको शुभारम्भ गरेको उनले जानकारी गराएका थिए ।
बौद्धकाल मै भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्ति धातु विभिन्न आठ भागमा वितरण हुदा उनका मावली पक्ष कोलिय राजाहरुले प्राप्त गरेका अस्ति राखेर रामग्राम स्तुपको निर्माण गरेका थिए । ति स्तुपमा भिच्छुहरु ध्यान साधना गर्ने र उपासकहरुले पुजापाठ प्रार्थना गर्ने जस्ता कार्य गर्दै आएको प्राचीन इतिहासमा उल्लेख छ । पछि मगधका सम्राट अशोक बौद्ध धर्म अपनाए पछि सबै स्तुप उत्खनन गरि संसार भरि बुद्धको धातु फैलाउने उदेश्यले सात वटा स्तुपको उत्खनन गराए तर रामग्राम स्तुपको उत्खनन गर्न आउदा नागहरुले आफुहरु बाचुन्जेलसम्म स्तुप खनन गर्न नदिएने कुरा सुनाए पश्चात सम्राट अशोकले रामग्राम स्तुपलाई मौलिक रुपमा छाडेर गए ।
ति नागबंशी बौद्ध भिच्छुका लागि स्तुप नजिकै विहार तथा स्थानका लागि पोखरी निर्माण गराई दिएका थिए । साथै बौद्धभिच्छुका लागि सेवा गर्ने उदेश्यले उपासक क्षेत्र पनि बनाई दिएका थिए । पछि आधुनिक कालमा बौद्धधर्मको बिलय भएको थियो । स्तुपबारे स्थानिय स्तरमा कुनै जानकारी नै थिएन,तर भारतमा अग्रेजले शासन गरिरहदा बौद्ध दर्शनको आधारमा पुरातात्विक खोज अभियान कनिघंमको टोलीले शुरु गर्यो । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो,त्यसैको आधारमा अग्रेज विद्धान डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको खोज गरि पत्ता लगाए देखी रामग्राम स्तुपको अनुसंधान निरन्तर भई रहेको छ । यि खोज र इतिहास अनुसार पुरात्व विभाग र बेलायतको दुराम विश्व विद्यालयले भुभौतिक सर्वेक्षण गरेर पहिचान गरेको थियो । पहिचान कै आधारमा नेपाल सरकारको पुरातत्व विभागले उत्खनन गर्दा ति विहार,पोखरी र उपासक क्षेत्र समेत भेटिएका छन् ।
विगतका परम्परा र संस्कृतिलाई अहिले पाँच बर्गिय भिच्छुले पुर्नउत्थान गर्न लागेको हुदा यसमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाई थियो । तिन महिनासम्म बौद्ध भिच्छु यहिँ बास बस्ने हुदा बौद्ध उपासक तथा श्रद्धालुहरुले नियमित रुपमा भिच्छुलाई भोजनदान गर्ने,चिबर दान तथा कथिन चिबरदानसम्म गरेर श्रद्धा तथा पुण्य पारमिता संग्रह गर्ने अवसर समेत प्रदान हुने बताउदै हरिजनले यसका लागि यस क्षेत्रका सबै श्रद्धालु तथा उपासकलाई सहभागिताका लागि समेत आग्रह गरिएको सुनाएका थिए । कुनै पनि बौद्ध सम्पादाको संरक्षण र प्रसारका लागि सोही अनुसारको संस्कार र संस्कृतिको रित बसाल्न आवश्यक पर्छ, उनले भने, अहिले स्तुपा क्षेत्रमा बौद्ध परम्परा र संस्कृतिको रित बसाल्नमा पनि यि पाँच बर्गिय भिच्छुको ठूलो योगदान हुनेछ ।
