बर्षाै देखी अलपत्र गण्डक टापुमा खरबुजा खेती गरि लाखौ आमदनीे

नवलपरासी, २ जेठ
बर्षाै देखी खेर गईरहेको गण्डक टापुमा स्थानियले खरबुजा खेती गरेर लाखौ रुपिया आमदनी गर्न थालेका छन् । विगत बर्ष देखी नै नेपाली युवा रोजगारीको खोजी गर्दै विदेशिने गरेको तर तिन बर्ष पहिला नेपालकै बगरमा खेती गर्न भारत दिल्लीको परिवार गण्डकीको बगरमा खरबुजा खेती गरि राम्रो आमदनी गरेर देखाए पछि स्थानिय पनि खरबुजा खेती तर्फ आकर्षित हुन थालेका हुन् ।
खेर गईरहेको बगर भित्र दिल्लीबाट आएका तिन परिवार बगरमै बसोबास गरि खरबुजा खेतीमा गरेर देखाएका थिए । अहिले स्थानियबासी पनि खरबुजा खेती गर्न थालेको स्थानिय समाजसेवी लख्खु यादवले बताए । शुरुमा गण्डक नदी किनारको बगरमा खेती गरेका थिए, उनले भने, अहिले आफ्नै नम्बरी अवादी देखी गण्डक नदीले बनाएको विचको टापु क्षेत्रमा पनि खरबुजा खेती गरेका छन् । टापु भित्रै छाप्रो बनाई रातीमा पनि बास गर्दै आएका स्थानिय किसान जोखम नै उठाएर खेती गरेको उनको भनाई थियो । उनका अनुसार उत्पादित खरबुजा खरिदका लागि बुटवल,नारायणघाटसम्मका ब्यपारीहरु आउने गरेका छन् । दैनिक चार देखी पाँच गाडी नियमित रुपमा खरबुजा निकासी भई रहेका छन् । कति मात्रामा खरबुजा उत्पादन भएको छ,त्यसको तथ्याँक आउन बाकी नै रहेको उनले बताए ।
बर्षायाम पछि नदीको बालुवा रहेको बगरमा खेती शुरु गरि अहिले फल लिई रहेका छन् । जेठको अन्तिम सातासम्म सबै खरबुजा टिपि सक्नु पर्छ,उनले भने, होईन भने नदीमा बाढी आउन थाले पछि सबै छाडेर भाग्नु पर्ने अवस्था आउछ । विगत बर्षमा लुम्बिनी प्रदेश सरकारले पनि खरबुजा खेती गर्ने किसानलाई अनुदान सहयोग गर्दै आएको थियो,उनले थपे,तर गत बर्ष देखी सरकारले अनुदान समेत कटौती गरिदिएको छ । खेर गईरहेको बालुवा बगरबाट खरबुजा फलाएर सजिव सुन निकाली रहेका छन् । सरकारले यस्तोलाई सहयोग गर्नु पर्ने उनको भनाई थियो । सुस्ता गाउपालिकाले समेत सहयोग गर्नु पर्ने हो,तर गाउपालिकाले पनि ग्राभेल छरेर विकास देखाउने नाटकिय कार्यलाई मात्र प्राथमिकता राख्ने गरेको छ । भारतबाट आउने खरबुजालाई आयात प्रतिस्थापन गरिनुका साथै रोजगारी र नेपालको जिडिपीमा योगदान पुर्याउने कार्य गर्दै आएका किसानलाई गाउपालिकाले प्राथमिकतामै नराखेको उनको आरोप थियो ।
बगर खेती जस्तै गरे नेपालमै धेरै अवसर भएको भए पनि स्थानिय युवालाई देखाई दिइने,प्रोत्साहित गरिदिइने ब्यतिm भन्दा दलाली गरि विदेश पठाउन उक्साउने संख्या बढि हुदा समान्य लेखपढ गर्ने नेपाली युवा खाडी मुलुक रोज्ने र केही पढेलेखेका युवाहरु अध्ययन भिसा लिई पढने कमाउने उदेश्यले लिएर युके,युएसए,क्यानाडा र अष्ट्रेलिया जस्ता मुलुकको दौडमा छन् । खाडीमा थोरै पैसो खर्चेर जाने युवा त कमाएर केही पठाउने गरेका छन,तर युके,युएसए,क्यानाडा र अष्ट्रेलिया जादा थुप्रै रकम खर्चेर जानेले कमाएको पैसो पनि पठाउदैनन्,त्यही घरजम गरेर बस्दा नेपालको युवा मात्रै नभई पुँजि पनि पलायत हुने क्रम बढि छ ।
गण्डक टापु भित्र मात्र नभई अहिले गण्डकी नदीको कटान रोक्नका लागि बगर भरि परक्युपाईनले बार बनाइएको छ । तिनै परक्युपाईन भित्र बगरमा खरबुजा लटरम्ब फलेका छन् । कम्तीमा ति कुराको पनि अध्ययन गराएर पनि सरकारले स्थानिय युवाहरुलाई बगरखेती प्रति प्रोत्साहित गर्नु पर्ने उनको भनाई थियो । खरबुजाको माग अहिले सबै होटेल,शहरबजार र ग्रामिण भेगमा पनि उत्तिकै रहेको छ । अन्य तरकारी भन्दा खरबुजाको मुल्य राम्रो छ । फल पाके पछि तुरन्तै बेच्नु पर्ने बाध्यता नभई केही दिनसम्म भण्डारण गर्न सक्ने क्षमता भएको पनि खरबुजा खेती हो । बलौटे जमिनमा हुने खरबुजाले राम्ररी आमदनी गर्न सकिन्छ । विदेश जादा लाग्ने खर्चले पनि बगरमा होस वा आफ्नै खेतबारीमा खरबुजा खेती गर्न सकिन्छ । कम्तीमा भारतियले गर्ने यस्ता बगर खेतीको भ्रमण गराएर युवाहरुलाई प्रोत्साहित गर्नु पर्ने आवश्यकता देखिएको छ ।
जिल्लाको सुस्ता गाउपालिका र प्रतापपुर गाँउपालिकाका अधिकाँश भुभाग बगर जस्तै हा । स्थानिय सरकारको रुपमा रहेका गाउपालिका र नगरपालिकाका जनप्रतिनिधि पनि कम छैनन्,उनी थप्छन,नेपाली युवाहरुलाई काम दिनु भन्दा ति जनप्रतिनिधि आफ्नै यान्त्रिक ब्यवस्थापनमा लाग्ने र योजनाहरु कोटेसन,ठेक्का पार्ने र कमाउने धुनमा मात्रै छन् । यान्त्रिकरणले एकातिर स्थानिय स्तरको रोजगारीमा नकारात्मक असर पारिरहेको छ,आर्को तिर यान्त्रिकरणमा खर्चिने रकम,उपकरण र इन्धन खरिद मार्फत ति पैसो विदेश नै जाने गरेको छ । आर्को तिर गाँउ ठाँउमा रोजगारीको अवसर नपाउने युवा आफ्नो पुख्र्यौली सम्पनि बेचविखन र बन्धकी राखेर विदेश जानु पर्ने बाध्यता सृजना भएको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *