डा.विनोद निता कण्डेल आँखा अस्पतालको ३५ औ साधारणसभा

नवलपरासी,२१ चैत्र
नेपाल नेत्र ज्योती संघ नवलपरासी शाखा अन्तरगत सञ्चालित डा.विनोद निता कण्डेल आँखा अस्पतालको ३५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साढे तिन दशक देखी आँखा उपचार केन्द्र हुदै अहिले अस्पतालकै रुपमा सेवा प्रदान गर्दै आएको अस्पतालले आफ्नो साधारणसभा सम्पन्न गर्दै अगामी दिनमा आफ्नै ढाई विघा क्षेत्रमा भवन निर्माण कार्य गर्ने योजना समेत सार्वजनिक गरेको हो ।
अहिले पृथ्वीचन्द्र अस्पतालकै कम्पाउण्ड भित्र सञ्चालन हुदै आएको उतm अस्पतालले दुई दशक पहिला नै परासी बजारको दक्षिण परासी महेशपुर सडक नजिकै जग्गा खरिद गरेको थियो । त्यही जग्गामा अब अस्पतालको गुरुयोजना(डिपिआर समेत तयार गरि भारतिय दुतावासँग सहयोगका लागि परियोजना प्रस्ताव गरिएको अस्पतालकी अध्यक्ष देवेन्द्रराज कण्डेलले बताएका थिए । उनका अनुसार अस्पतालले हालसम्म १ लाख ३० हजार जनाको मोतिविन्दुको अप्रेसन(शल्यक्रिया)ं मार्फत नयाँ ज्योती देखाउने कार्य सम्पन्न गरेको छ । १० लाख बढिले आँखा उपचार सेवा लिइ सकेका छन् ।
यो २०८२ सालको चैत्र १६ गतेसम्ममा अस्पतालमा ३७ हजार २ सय १२ जना र अस्पतालद्धारा सञ्चािलत विभिन्न आँखा उपचार केन्द्रमा पुगेर ५ हजार १ सय १० गरि कुल ४२ हजार ३ सय ६३ जनाले आँखा उपचार सेवा लिएका छन् । सेवा पाउनेमा सबै भन्दा बढि २३ हजार ३ सय १३ जना महिलाहरु रहेका छन् । भारतबाट समेत आँखा उपचारका लागि अस्पतालमा सेवा लिन आउने गरेका छन् । अस्पतालको आफ्नै आँखा उपचार केन्द्र(क्लिनिक) भुजहवा,सुर्यपुरा,रानीनगर,सुनवलमा रहेको छ । त्यसै गरि अस्पतालले स्थानिय सरकार तथा विभिन्न संघसस्थाको समन्वयमा बाह्या शिविर समेत सञ्चालन गरि सेवा दिदै आएको उनको भनाई थियो । साधारणसभामा अस्पतालले आफ्नो बार्षिक प्रतिवेदन समेटिएको बुलेटिन समेत विमोचन गराएको थियो ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *