नवलपरासी क्षेत्र २ बाट १२ स्वतन्त्र सहित ३० जनाको उमेदवारी (काँग्रेसबाट दुई जना उमेदवार)

नवलपरासी,६ माघ
फागुन २१ गते हुन गई रहेको संघिय सरकार प्रतिनिधिसभा निर्वाचन २०८२ मा नवलपरासी क्षेत्र २ मा कुल ३० जनाको उमेदवारी दर्ता भएको छ । विभिन्न १८ वटा राजनीतिक दल १६ जना र बाकी १२ जना स्वतन्त्र उमेदवारको उमेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
नेपाली काँग्रेसबाट दुई जनाको उमेदवारी परेको कार्यालयले सार्वजनिक गरेको उमेदवारीको नामावलीमा उल्लेख छ । नेपाली कांग्रेसबाट दुई जनाले टिकट ल्याए पछि आधिकारिता विवाद उत्पन्न हुने देखिएको छ । भीमबहादुर थापा(भरत) र देबेन्द्रराज कँडेलले पार्टीबाट टिकट ल्याएको र दुबै जनाले आफ्नो टिकट नै अधिकारीक भएको दाबी समेत गर्दै आएका छन् । थापाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिला नै उम्मेदवारी दर्ता गराएका थिए । जस्मा केन्द्रीय सदस्य राधेश्याप पाठक प्रस्तावक र यमलाल भुसाल थापाको उम्मेदवारीमा समर्थक रहेका छन् । कण्डेल ढिलो मात्र निर्वाचन कार्यालय पुगे पछि केही समय विवाद जस्तो देखिए पनि कार्यालयले उनको पनि उमेदवारी दर्ता गरेको थियो ।


निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको छ । कँडेलले उम्मेदवारी दर्ताको तयारी गरेर निर्वाचन अधिकृतको कार्यालयमा आइरहेका बेला थापाले आफ्नो उम्मेदवारी दर्ता गराएर फर्केका थिए ।

उता नेकपा एमालेले पहिला टिकट पाएका उमेदवार जिल्ला समन्वय समिति(जिसस)का प्रमुख समेत रहेका भगौती प्रसाद यादवको बाबु विरामी भएर उपचारका लागि भारत गएकोले पार्टीले उनको स्थानमा पार्टी जिल्ला सचिवालय सदस्य लेखनाथ खरेललाई उमेदवार बनाई मनोनयनपत्र दर्ता गराएको थियो । रास्वपामा नेपाली काँग्रेस परित्याग गरि प्रवेश गरेका रामग्राम नगरपालिकाका पुर्व मेयर नरेन्द्र कुमार गुप्ताले गराएका छन् । त्यसै गरि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट देवेन्द्र शर्माले उमेदवारी दिईका छन् । राप्रपाका पुर्व मन्त्री तथा सोही क्षेत्रका निवर्तमान साँसद धु्रव बहादुर प्रधानले उमेदवारी दिइएका छन् ।
यसै गरि मंगोल नेसनल अर्गनाईजेसको तर्फबाट इन्द्र बहादुर गुरुगँ,राष्ट्रिय मुतिm पार्टी नेपालका गोविन्द बहादुर चौधरी,प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट चन्द्रभुषण पाठक,जनता समाजवादी पार्टी(जसपा) नेपालबाट देवेन्द्र यादव,आम जनता पार्टीबाट ध्रुव बहादुर कहार,राष्ट्रिय जनमोर्चाबाट पार्वती पौडेल,नेकपा माओवादीबाट प्रेस प्रसाद ढकाल,राष्ट्रिय जनमुतिm पार्टीबाट यु बहादुर राना,नेपाल मजदुर किसान पार्टीबाट रन्जना सुवाल,संयुतm नागरिक बार्टीबाट संजय कुमार हरिजन र बहुजन शतिm पार्टीबाट सञ्जय हरिजनको उमेदवारी मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत डा.राजेन्द्र कुमार अचार्यद्धारा हस्ताक्षरित मनोनयनपत्र दर्ता भएका उमेदवारको नामावली पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *