
नवलपरासी,२४ कातिक
उद्योग वाणिज्य संघ टोल लक्ष्मी पूजा समितिको आयोजनामा लक्ष्मी जागरण कार्यक्रम सम्पन्न भएको छ । संघिय संसद प्रतिनिधिसभा सदस्य (संघिय साँसद) नरेन्द्र कुमार गुप्ताको प्रमुख आथित्यतामा सो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रममा माता लक्ष्मीको पूजा–आराधनासहित धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँसद गुप्ताले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा आपसी एकता, भाइचारा र सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । धार्मिक आस्था र सांस्कृतिक परम्पराको संरक्षणसँगै सामाजिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता आयोजनाले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
लक्ष्मी जागरण कार्यक्रमले विशेषगरी उद्योगी तथा व्यवसायी समुदायलाई एकै ठाउँमा जोड्दै सामाजिक सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न सहयोग पु¥याएको आयोजकको विश्वास छ । यस अवसरमा माता लक्ष्मीको कृपाले सम्पूर्ण उद्योगी, व्यवसायी तथा आम नागरिकको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति प्राप्त होस् भन्ने कामनासमेत गरिएको थियो ।


