
नवलपरासी,१७ साउन
उद्योग वाणिज्य संघ नवलपरासीका नवनिर्वाचित अध्यक्ष नगेन्द्र कुमार अग्रहरीले आफ्ना उद्योगी, व्यवसायीको हितका लागि १ लाख बराबरको दुर्घटना बिमा गरिदिने भएका छन् । संघको ४० ओै वार्षिक साधारण एंव १६ ओै अधिवेशनको पद हस्तान्तरण समारोहमा उनले आफ्ना प्रतिवद्धता मन्तब्य राख्दै उतm घोषणा गरेका हुन् ।
संघको सदस्य लिएका तर नविकरण नगरि बसेका उद्योगी ब्यवसायीले नविकरण गराउदा र नयाँ सदस्य बन्ने वित्तिकै सो विमा गरिदिइने उनले समारोहमा जानकारी गराएका थिए । संघमा हाल ५ सय ८० सदस्य आवद्ध छन् । धेरै जनाले संघबाट के लाभ भन्दा नविकरण समेत गराउन छाडेका थिए । केहीले नगर गाउको संघमा आवद्धता गराए पनि जिल्ला संघको नविकरण पनि गराउन छाडेका थिए । तर दुर्घटना बिमा घोषणा पछि सदस्य संख्या बढ्ने अपेक्षा लिइएको छ । जिल्लाको आर्थिक विकासका लागि उद्योगहरूसँग भगिनीसम्बन्ध कायम राखेर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष अग्रहरीको भनाई थियो ।
उतm समारोहमा प्रमुख अथिती नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष श्रीकृष्ण वैद्यले सरकारको धरपकडका कारण उद्योगी, व्यवसायीहरू त्रसित भएको भन्दै सरकारले हतारमा ल्याउने नीति नियम टिकाउ नहुने भएकाले कार्यान्वयन गर्न सकिने मात्र ल्याउन आग्रह गरेका थिए । महासंघका उपाध्यक्षहरू नरेशराज श्रेष्ठ र कृष्णप्रसाद शर्माले वर्तमान सरकार आर्थिक विकासभन्दा जरिवानामा केन्द्रित भएको भन्दै टिक्न नसकेर वाध्यताले चलिरहेका उद्योग, व्यवसायको हितमा नयाँ सरकारले वास्ता नगरेको आरोप लगाएका थिए ।

उद्योग वाणिज्य संघ नवलपरासीका निवर्तमान अध्यक्ष ओमप्रकाश अग्रहरीले जिल्लाका उद्योगबाट सरकारलाई वार्षिक ९ अर्ब रूपैयाँ राजस्व जाने भए पनि जिल्लामा राजस्व कार्यालय नहुँदा जिल्लाको योगदान नदेखिएको बताउँदै कार्यालय स्थापना गर्न सरकारसँग माग गरेका थिए । त्यसै गरि महेशपुर भन्सार मुल भन्सारको रुपमा स्थापित भएको बर्षाै वितिसक्दा पनि भन्सारबाट कृषिजन्य बस्तुको आयात गर्दा क्वारेन्टाईन गर्ने प्लान्ट क्वारेन्टाईन स्थापना हुन नसक्दा मुल भन्सारको अनुभुति ब्यपारीले गर्न नपाएको समेत बताएका थिए । कार्यक्रममा बोल्ने अन्य उद्योगी, व्यवसायीले सरकारको नीतीका कारण सीमा क्षेत्रमा व्यापार व्यवसाय सञ्चालनमा कठिनाइँ भोग्नु परेको भन्दै त्यसलाई सहज बनाउन आग्रह गरेका थिए ।
सिमा क्षेत्रका ब्यवसायीहरुले भन्सार र राजस्व तिरेर ब्यपार गर्दा पनि प्रहरी प्रशासन मार्फत आतँकित बनाउने कार्य भई रहेको समेत गुनसो गरेका थिए । आशंकाको भरमा बैधानिक मालबस्तुलाई पनि पक्राउ गरि भन्सार पठाउने र दु?ख दिईने कार्य प्रहरी प्रशासनबाट भई रहेको छ । चोरी तस्कर िपनि रोकिएको छैन,डिआइजीका घुमुवा देखी एसएसपी र एसएसपीका सादा पोशाकका घुमुवा परिचालन गर्ने र तस्करबाट रकम असुल्दै तस्करीलाई बढावा दिदा नेपाली ब्यवसायीलाई मार पर्ने गरेको गुनासो थियो । तीन वर्षे कार्यकाल रहने संघको २२ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
