
नवलपरासी,१५ साउन
जिल्लाको पाल्ह्ीनन्दन गाउपालिकाले बनाउन लागएको पोखरीको पर्खाल चर्किन थालेको जनाउदै स्थानियले त्यसबारे छानविन गरिनु पर्ने माग गरेका छन् । वार्ड नं.४ स्थित पौराणिक तथा सेनकालिन शिवपार्वती सिद्धधाम स्थित पोखरी ब्यवस्थापन गरि सौन्दर्यीकरण कार्यका लागि बनाइएको पोखरीको पर्खाल चर्किन थालेको देखिए पछि स्थानियले सो माग गरेका हुन् ।
पर्खालको डिजाईनमा कमजोरी हो ? कि काम गुणस्तर हित हो ? कि पोखरीबाट अनियन्त्रित रुपमा माटो खनेर बाहिर लैजादा के कारणले पर्खाल चर्किन थालेकोबारे स्थानियले चाँसो लिदै छानविन गरि सत्यतथ्य सार्वजनिक गरि काम अगाडी बढाउनु पर्ने माग भई रहेको एक स्थानियले बताए । पोखरीबाट अनियन्त्रित माटो खनेर बाहिर लैजादा समस्या भएको हुन सक्ने स्थानियले अनुमान गरेका छन् । विना राजस्व करोड बढिको माटो झिकिएको दाबी समेत स्थानियको छ । सम्बन्धित ठेकेदारले कुनै पनि राजस्व नै नबुझाई लाखौ रुपियाका माटो विक्रि गरेको हो ? कि अध्यक्ष बैजु प्रसाद गुप्ताको निर्देशनले भएको हो ? अध्यक्ष गुप्ताले समेत लाखौ रुपियाको माटो पोखरीबाट झिकेर आफ्नो फर्ममा लगेका छन् । धेरै ठेकेदारले पनि माटो झिकेर लगेका छन्,तर त्यसको नकुनै लोखाजोखा छ,उनले भने,नत नगरपालिकामा राजस्व बुझाइएको छ ।
किसानले आफ्ना खेतबाट माटो आफ्नै घरका लागि लैजादा समाउने प्रहरी प्रशासन लाखौको माटो पोखरीबाट झिक्दा कसरी मौन बस्यो ? उनले प्रश्न गर्दै भने,आज त्यही अत्याधिक माटो झिकेर पनि पर्खाल कमजोर भई चर्किने गरेको छ,भोली ति पर्खाल भत्किने अवस्था पनि आउन सक्छ । तर पर्खालको काममा केही गुणस्तर हित कार्य भएर पनि चर्किने अवस्था आउन सक्ने अनुमान आर्को स्थानियले गरेका थिए । नत्र एक महिनामै पर्खाल तथा बिम कसरी चर्किन सक्छ ? त्यसै गरि पर्खाल निर्माण गर्दा विच विचमा सपोर्ट दिने खालका संरचना छैन्,स्टेप पनि बनाइएको छैन् । एकतर्फि पर्खाल बनाउदा जति गुणस्तरको समाग्रि प्रयोग गरे पनि बाहिरी दवावले पनि चर्किने अवस्था देखिएको हुदा प्राविधिक डिजाईन पनि फेल भएर पनि हुन सक्ने भनाई स्थानियको छ ।
कुल २ करोड लागतको लोहरौली पोखरी सौन्दर्र्यीकरण तथा दुर्गामुर्ति निर्माण पाल्हीनन्दन ४ को योजना हो । आकर्ष निर्र्माण सेवा घोराही दाँगले सो आयोजना निर्माण गर्नका लागि १ करोड १७ लाख ४ सय १२ रुपियामा ठेक्का सकार गरेको थियो । २०८२।११।१७ मा सम्झौता गरि २०८३।३।१५ मा योजना सम्पन्न गर्नु पर्ने छ । संघिय सरकारको ससर्त योजना हो । सम्झौता अनुसार ठेकेदारले भुतmानी समेत लगि सकेको छ । माटो विक्रि गरेको राजस्व पनि बुझाएको छैन् ।
संरचना चर्किको छ,यसलाई कसरी ब्यवस्थापन गर्नेबारेमा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द केसीले ठेकेदारको धरौटी रकम अहिले पनि रोक्का नै छ । अन्तिम भुतmानी बाकी छ । यसबारे प्राविधिक रुपमा कसरी ब्यवस्थापन गरेर संरक्षण गर्न सकिन्छ भनेर आन्तरिक छलफलमै रहेको बताएका थिए । पोखरीको माटो विक्रि र राजस्व नोक्सानीबारे अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलले पनि अनुसंधान गरि रहेको छ । पोखरीको माटो झिक्नका लागि वातावरण प्रभाव मुल्याँकन पनि भएको थिएन् । त्यो भएर पनि कानुनी रुपमा पालिकाले माटो निकासी गर्ने अवस्था थिएन् । तर ठेकेदारले काम गर्दा झिक्न मिल्ने माटो एक स्थानमा थुपार्न सक्ने वा भण्डारण गरि राख्नु पर्नेमा सिधै विक्रि वितरण गरिदिएका कारणले पनि अहिले विवादित बनेको छ ।
गाउपालिकामा अहिले अध्यक्ष गुप्ताले अकुत सम्पति आर्जन गरेको भनेर सम्पति सुद्धिकरण आयोगले विशेष अदालतमा मुद्दा चलाईदिए पछि उनको पद निलम्बन भएको छ । पदको दुरुपयोग गरि उनी माथी साढे ति करोड भन्दा बढि सम्पति आर्जन गरेको र सम्पतिको स्रोत खुलाउन नसकेको आरोप लागेको छ । त्यो भन्दा पहिला पनि उनलाई लागु औषध करोबारमा संलग्ता देखिएको भन्दै नवलपरासी जिल्ला अदालतले एक बर्ष कैद साजय तोकेको थियो । उच्च अदालतले पनि जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो ।
उता उपाध्यक्ष फातुमा खातुन अंसारीलाई पनि उनका पार्टी नेपाली काँग्रेसले कार्यवाही गरेर निर्वाचन अयोगलाई सिफारिस गरेर उनलाई आयोगले पदमुतm गरिदिएको छ । पदमुतm भएकी अंसारीले सर्वोच्च अदालतमा पदबहालका लागि अन्तरिम आदेश माग्दै रिट निवेदन दिए पनि मंगलवार सर्वोच्चले रिट खारेज गरिदिएको थियो । गाउपालिकामा अहिले अध्यक्ष र उपाध्यक्ष विहिन बनेको छ । गाउपालिकामा नेतृत्व विहिनताले पनि कामकारवाहीलाई चुनौती थप्दै आएको छ । अहिले गाउपालिकामा कार्यवाहक बन्ने दौडमा वार्डअध्यक्ष तथा कार्यपालिका सदस्यहरु दौडधुपमा लागेका छन् । कार्यवाहक कसरी तोक्ने भन्नेमा प्रमुख प्रशासकिय अधिकृत केसी कानुनी आधारको खोजीमा छन् ।
