इभरग्रिन अस्पतालमा दन्तसेवा विभाग शुभारम्भ

नवलपरासी,१२ साउन
जिल्लाको सदरमुकाम परासीको एक मात्र निजी स्तरको इभरग्रिन अस्पतालले आफ्नो सेवा विस्तार गर्दै दन्त सेवा(डेण्टल) विभाग शुभारम्भ गरेको छ । सरकारी अस्पताल बाहेक दन्त सेवा लिनका लागि विरामीहरु निजी क्लिनीकमा जानु पर्ने बाध्यता हटाउने उदेश्यले सो अस्पतालले दन्त सेवा विभागको शुभारम्भ गरेको हो ।
एक कार्यक्रमको आयोजना गरि सो अस्पतालले अस्पतालमा मंगलवार देखी विशेषज्ञ सहितको दन्त सेवा प्रदान गरिने जानकारी गराएको थियो । अस्पतालका सञ्चालक बलिराम कोईरीले स्थानियको माग अनुसार दन्त सेवा विभाग खडा गरिएको हो । दाँतका विरामीहरुले गुणस्तरिय दन्त सेवा अस्पतालमा पाउन भनि सेवा विस्तार गरेका छौ, उनले भने , विरामीलाई गुणस्तरिय दन्त सेवा प्रदान गरिने लक्ष्य अनुसार काम हुन्छ । सरकारी पृथ्वीचन्द्र अस्पताल बाहेक सेवा लिनका लागि निजी डेण्टलमा जानु पर्ने बाध्यता यस्ले हटाउनेमा उनले विश्वास ब्यतm गरेका थिए । सरकारी अस्पताल नियमित आफ्नो सरकारी समयमा खुल्ने र बन्द हुने हुदा सरकारी समय भित्र सेवा लिन नसक्ने विरामीका लागि यो विकल्प हुने उनको भनाई थियो ।
सो अस्पतालले अहिले सरकारले तोकेको मापदण्ड अनुसार नै आफ्ना आधारभुत अस्पताल सेवा दिदै आएको छ । सो अस्पताललाई विशिष्टीकृत बनाउनै विशेषज्ञ सेवा पनि दिईने लक्ष्य अनुरुप काम गर्दै अगाडी बढि रहेको उनले बताएका थिए । दन्त सेवा विभागको शुभारम्भ प्रमुख अतिथी पवन माविका पुर्व प्रधानाध्यापक देवेन्द्र सिँहले गर्दै दाँतको सेवाले विरामीलाई सहज बनाउने बताएका थिए । रामग्राम नगरपालिकाकी पुर्व उपमेयर रम्भा कुवँरले परासीमा सबै प्रकारका स्वास्थ्य सेवा सहज र सुलभ उपलब्ध गराउनमा अस्पतालले भुमिका खेल्ने बताएकी थिईन् । परासी क्याम्पसका प्रमुख सुभन गोपाल अचार्यले पनि सरकारी सेवासँगै निजी स्तरबाट पनि हरेक स्वास्थ्य सेवाको ब्यवस्थापन गर्नु सराहनिय कार्य भएको बताएका थिए । सो कार्यमा स्थानिय समाजसेवी श्याम कुमार बस्यालले अस्पतालले दन्त सेवाको चिकित्सिय सेवासँगै विद्यालय स्तरमा जागरुकता कार्यक्रम पनि गर्न आवश्यक रहेको बताएका थिए । यसका लागि यो विभागले कार्ययोजना बनाई कार्य गर्नेमा विश्वास ब्यतm गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *