
नवलपरासी,१२ साउन
जिल्लामा प्रहरीद्धारा ब्यवसायीलाई अनावश्यक दुःख दिईने कार्य भई रहेको जनाउदै उद्योग बाणिज्य संघ नवलपरासीले स्थानिय प्रशासनको ध्यानाकर्षण गराएको छ । किसानले आफ्ना उत्पादन समेत बजारसम्म तौल गर्न ल्याउदा,विक्रि वितरणका लागि बजारसम्म लैजादा विचमै पक्राउ गरि प्रहरीले भन्सार पठाउने गरेको आरोप संघका पदाधिकारीले लगाउदै ति कार्यहरु तत्काल बन्द गर्न माग गरेका हुन् ।
मंगलवार लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवार सहित संघका अध्यक्ष नगेन्द्र कुमार अग्रहरी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई उनकै कार्यकक्षमा भेटेर ब्यवसायीको समस्या राखेका थिए । प्रहरीलाई को ब्यपारी हो ? को किसान हो ? र को तस्कर हो ? त्यस विच पनि भेद नपाउने गरेको आरोप लगाएका थिए । सिमा क्षेत्रमा प्रहरी आफै तस्करसँग मिल्ने र तस्करी गराउने कार्य गर्छ,तस्करी भयो भनेर जनगुनासा बढदा ब्यपारी र किसानलाई दुःख दिने गरेको छ, प्रहरी उपरिक्षक के हेरेर बसेका छन ? प्रदेश साँसद कलवारले भने, प्रहरीद्धारा रंगभेदी कार्य पनि भई रहेको महशुस गरी रहेका छौ ।
सिमा सुरक्षामा नाकाम रहने प्रहरीको नियत नै नेपालमा ब्यपार ब्यवसाय गर्ने ब्यपारी र किसानलाई दुःख दिईने कार्य भई रहेका छन् । सिमावर्ति ब्यसायिलाई आफ्ना मालबस्तु आफ्ना गोदामसम्म लैजान ल्याउन तथा आफ्ना उत्पादन तौल केन्द्र(काँटा)सम्म पुर्याउदै गर्दा विचमा विल नभएको बताउदै पक्राउ गरेर भन्सार चलान गरिएको प्रति आक्रोस पोखेका थिए । सिमाक्षेत्रमा तस्करी रोक्न कस्ले रोकेको छ ? उनले प्रश्न गर्दै भने, नेपाल ब्यपारीहरु कर तिरेर आफ्ना कारोबार गर्ने गरेका छन्,किसानले उत्पादन गर्दै देशको जिडिपीमा योगदान गर्दै आएका छन् । त्यसलाई सहयोग भन्दा प्रहरीको अवरोध देखिन्छ । कस्तो प्रहरी हो ? तस्करसँग मिल्ने र जस्को करबाट तलब भत्ता खान्छन,उनी माथि नै त्रासदि फैलाउने र दुःख दिईने कार्य गरेका छन् । प्रहरीको ज्यादती अब असहय बन्दै गएको संघका अध्यक्ष अग्रहरीले बताए ।
प्रहरीको यस्तै रवैया रह्यो भन्ने उद्योगी ब्यवसायी आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिएका थिए । प्रहरीका अधिकारीहरुको राज्यको राजस्व बढाउने चिन्ता छैन्,आफ्ना खाजस्व उठाउनेमा बढि सक्रियता हुन्छ । घुमुवा परिचालन गरि तस्करबाट रकम उठाउने कुरा जगजाहेर नै छ,यि कुरा प्रहरी अधिकारीहरुलाई थाहा नै छ । लाईन उठाउन दिनरात लागि पर्छन्,त्यसको सिकार यहाँका ब्यपारी र किसान पर्ने गरेका छन् । राजमार्गमा ट्रफिक चेकजाँचको नाममा सवारीसाधन बाट रकम संकलन गर्ने नीयति नै प्रहरीको बनेको छ । दोब्बर ओभरलोड गरेर भारतिय गाडी जाने गरेका छन्,तस्करको गाडी तँ रोक्ने आट नै छैन प्रहरीसँग, रकम पाए भई सक्यो चाहे जति ओभरलोड किन नहोस यस्तो छ, प्रहरीको रवैया,संघका पदाधिकारीहरुले प्रजिअ नेपाल समक्ष आक्रोस पोखेका थिए । ओभर लोड बोक्ने गाडीलाई जरिवाना काटिन्छ,तर बढि भएको मालबस्तु किन झारिदैन ? जरिवाना र प्रहरीको भाग बुझाई दिए कानुनसम्म हुन्छ ? बढि भएको भार झारेर नियमन गर्ने कस्ले ? सिमावर्ति जिल्ला भने पछि सबै ब्यपारी तस्करी नै गर्छन,भनेर मान्यता प्रहरीले त्याग्नु पर्ने माग संघको थियो । प्रहरीसँग अनुसंधान गर्ने निकाय छ, सहयोगी आन्तरिक राजस्व कार्यालय छ । अनुसंधान गरि कारवाही गरियोस,तर अनुमानको भरमा ब्यपारी र किसानलाई दुःख दिईने कार्य नहोस भनेर प्रजिअसँग पदाधिकारीले माग गरेका थिए । प्रअिज नेपाले प्रहरी प्रमुखसँगै सुरक्षा निकायसँग छलफल गरि आवश्यक सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।
