
नवलपरासी,१३ साउन
जिल्लाको रामग्राम ११ स्थित नेपाल रेडक्रस सोसाईटी देवगाव उपशाखाले स्थानिय स्तरमै दैविप्रकोपमा परेका विपन्न परिवारका लागि छुट्टै अक्षयकोषको स्थापना गरेको छ । उपशाखाले एक कार्यक्रम विच स्थानिय स्तरमा प्रकोप तथा विपन्नताको प्रभावलाई न्युनिकरणमा सहयोग जुटाउन सकियोस भन्ने उदेश्यले सो अक्षय कोष बनाउने कार्यको शुभारम्भ गरेको हो ।
उपशाखाका सभापति रामउग्रह यादवले स्थानिय स्तरको परोपकार अक्षयकोष बनाउने सदस्यहरुले महशुस गरे पछि उपशाखाले निर्णय समेत गरेको थियो । कोषमा पहिलो पटक रेडक्रस लुम्बिनी प्रदेश शाखाका कोषाध्यक्ष हैदर अलि मोमिनले अध्यक्ष यदवलाई रु.५ हजार हस्तानान्तरण गर्दै कोषमा रकम जम्मा गर्ने कार्यको शुभासम्भ गरेका थिए । तत्पश्चात शाखाका सचिव अर्जुन चौधरी लगायत अन्य सेयर सदस्यहरुले पनि रकम जम्मा गरेका थिए । यो अभियानलाई निरन्तर जारी राख्दै उपशाखाले अन्य कार्यलाई पनि निरन्तर दिइने कार्य गर्दै आएको उपशाखा अध्यक्षय यादवले जानकारी गराएका थिए ।
उनका अनुसार विगत एक दशक देखी देवगावमा निर्माण भई सकेको तर विस्तार हुन नसकेको खानेपानी पाईपलाई विस्तरको जिम्मेवारी लिई जनतालाई शुद्ध खानेपानी पुर्याउने अभियान पनि गर्दै आएको छ । विपतको बेला मात्र काम गरिनु भन्दा विपत आउनै नदिने जस्ता क्षेत्रमा पनि काम गर्नु पर्ने आवश्यकता औल्याउदै समाजिक क्षेत्रका अन्य कार्यमा अग्रसरता देखाएको बताए । उपशाखाको कार्य प्रशंसनिय रहेको जनाउदै प्रदेश कोषाध्यक्ष मोमिनले यस्ता कार्य अन्य पालिकाका शाखा र उपशाखाले जिम्मेवारी बोध गरि समाजिक क्षेत्रको कार्य गर्न उदाहरण प्रस्तुत गरेको बताएका थिए । समाजिक क्षेत्रको अगुवाई निष्पक्ष सस्था रहेको नेपाल रेडक्रसले गरनु पछृ,उनले भने, जुन उदाहरण अहिले नवलपरासीको रामग्राम शाखा अन्तरगतको देवगाव उपशाखाले गरेर देखाएको छ ।
