
नवलपरासी, १३ साउन
ढाई दशक पहिला सरावल २ (साविक मनरी गाविस) की रमा सिँह थारु चौधरीलाई महिलाहरुको समुह बनाउदा अहिलेको अवस्थाको अनुमान नै थिएन् । घर भित्र बस्ने गृहणीको भुमिकामा रहिँ खान पकाउने,बच्चा स्यार्ने,खेतीपातीमा सहयोगी भुमिका बारे अरु काम महिलाले गर्नु पर्छ,भन्ने अवस्था पनि थिएन् । त्यो बेला महिलाहरुलाई संगठित गरि समान्य बचत गर्न सिकाउदै,शुख दुखका कुरा सुन्ने र सुनाउने महिला समुह माध्यम बनेको थियो, उनको लागि । तर आज त्यही सानो लक्ष्य लिई महिला जागरण कार्य गर्दै आउने रमा महिला जागरण बहुद्देशिय सहकारीकी ब्यवस्थापक छिन् । सानो समुह अहिले सहकारीमा परिणत हुदै करोडको कारोबार गरि रहेको छ । यस्ले महिलालाई शसतिmकरणसँगै समृद्ध बनाउदै गएको उनले अनुभव सुनाईन् ।
रमा बाहेक थप पाँच जना महिलालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ । महिलाहरु मात्रै सेयर सदस्य रहेको महिला जागरण बहुदेश्यि सहकारी सस्थाले हजारौ महिलाको आर्थिक जिवनको आधार बनेको उनी सुनाईन् । महिला जागरण समुहले महिलालाई आफ्ना अधिकारबारे जागरण गर्ने कार्य मात्रै गरेरन्,उनले भनिन्,महिलाको आर्थिक उपार्जन गर्ने स्रोत बनेको छ । ऋणका लागि साँहुको घरदैलो र बैंकको झंझटबाट मुतm महिलाहरु आफ्ना सहकारी प्रति समर्पित हुने भावले यहाँ सम्म पुर्याएको उनको भनाई थियो ।
उनका अनुसार एक हजार भन्दा बढि महिलाहरु सेयर सदस्यको रुपमा यो सहकारीसँग आवद्ध छिन् । विगतका महिला विकास शाखा हुदै महिला विकास कार्यालयले महिलाहरुलाई अधिकारबारे शसतिmकरण मात्रै गरेन,महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने उदेश्यले पहिला महिला समुह र पछि ति समुहलाई सहकारी ऐन २०४८ अनुसार २०५७ सालमा सहकारीको रुपमा दर्ता भएको थियो । जुन सहकारी सस्था निरन्तर आफ्नो लक्ष्य अनुसार अगाडी बढदै गयो । अहिले आफ्नै भवनमा सहकारी पसल,रेमिटान्ससम्मको सेवा प्रदान गर्दै आएको छ ।
आर्थिक बर्ष २०८१ ।२०८२मा कुल १४ करोड ३९ लाख ५९ हजार ७ सय ८८ बराबरको कारोबार गर्दै आर्थिक बर्ष ०८२।०८३ का लागि १६ करोड ५९ लाख ६३ हजार ४ सय ३५ रुपियाको कारोबार गर्ने लक्ष्य राखेको थियो । क्रमश? १ करोड ९५ लाख ३८ हजार ७ सय७४ रुपिया नाफा गर्दै खर्च ११ करोड ४९ लाख ४४ हजार ९ सय ५ कटाएर खुद नाफा ४५ लाख ९३ हजार ८ सय ६९ रुपिया गर्न सफल भएको सो सस्थाले लिई काम गर्यो । अहिले आफ्नो लक्ष्यमा पुगेको उनको भनाई थियो । लक्ष्य अनुसार नै २०८२।०८३ मा २ करोड ४५ लाख ९२ हजार आमदनी गरि खर्च कटाएर ६५ लाख ७८ हजार ९ सय ५५ रहेको थियो । लक्ष्यको नजिक पुगिएको जनाउदै सस्थाकी अध्यक्षकी अध्यक्ष प्रेम कुमारी चौधरीले अहिले ब्यवस्थित तालिम सञ्चालनका लागि तालिम हलको निर्माण भई रहेको उनले देखाईन् ।
हजार भन्दा बढि महिला अहिले सहकारीसँग आवद्ध छिन्,उनले भनिन,ति महिलाहरु अहिले आर्थिक रुपले पनि आत्मनिर्भर बन्दै गएकी छिन्,अब आवश्यकता देखियो,गुणस्तरिय जिवनको,सभ्य शैलीको जिवन स्तरले गुणस्तरिय जिवन बनाउछन् । त्यसका लागि थप शससतिmकरण आवश्यक छ, शसतिmकरणका लागि शिप र तालिम अति आवश्यक छ । सभ्य समाज बनाउनका लागि सभ्य गृहणी महिलाहरुको आवश्यकता पर्छ,पैसो कमाएर पनि केही हुदैन,कमाईलाई सहि तरिकाले उपभोग गर्दै परिवारलाई जिवन रुपान्तरणसँगै पुस्तानन्तरण गर्न पनि आवश्यकता छ । त्यसका लागि अहिले सहरकारीले महिला अधिकार र सहकारी शिक्षाले मात्र पुग्दैन् । समाजमा योगदान बढाउन आश्यकता महशुस गरेका छौ ।
सहकारी ऐन र नियमावली अनुसार नै सेयर पुजिँ लाभाँस कोष ५० प्रतिसत,सहकारी विकास कोष १० प्रतिसत,सहकारी शिक्षा कोष १० प्रतिसत,घाटा पुर्ति कोष ५ प्रतिसत,सामुदायिक विकास कोष ५ प्रतिसत,कर्मचारी बोनस कोष १० प्रतिसत र उपदान कोष १० प्रतिसत रकम जम्मा हुदै आएको छ । ति कोषको परिचालन ब्यवस्थित तरिकाले गर्दै जाने उनले सुनाईन् । कर्मचारी र सेयरसँगका कोष तँ नियमित खर्च भई नै रहेका छन्,उनले भनिन्,तर सहकारी शिक्षा र सामुदायिक विकास कोषलाई ब्यवस्गित परिचालनको आवश्यकता महशुस गरेका छौ । यसैका लागि तालिम हल अहिले निर्माणाधिन हरेको उनको भनाई थियो ।
महिला जागरण सहकारी सस्था जिल्लाकै नमुना महिला सहकारी सस्था भएको जिल्ला सहकारी संघका कोषाध्यक्ष हैदर अलि मोमिनले बताए । सहकारीको कार्यशैली सहकारी ऐन र नियमसँग नै रहने गरेको छ । यसैले लुम्बिनी प्रदेश सरकारले सो सहकारीलाई रु.१ लाख नगद पुरस्कार सहित प्रदेशका नमुना सहकारीको रुपमा सम्मान समेत गरेको थियो । महिलाहरुले पनि गरेर देखाउन सक्ने उदाहरण जागरण महिला बहुदेश्यि सहकारीले देखाएको उनको भनाई थियो ।
लगानीको क्षेत्रमा हेर्ने हो,भने सो आर्थिक बर्ष २०८९।०८० मै सहकारीले सबै भन्दा बढि ६ करोड ३७ लाख ४८ हजार ८ सय ७० रुपिया कृषि तथा पशुपालन गर्नमा गरेको छ । त्यसै गरि ब्यपारका लागि ३ करोड ५८ लाख ५९ हजार ३ सय ३९ रुपिया ब्यपार ब्यवसाय कर्जामा लागनी गरेको छ । घरजग्गा कर्जामा पनि ९९ लाख ५६ हजार ५ सय९७ रहेको छ । बैदेशिक रोजगार तथा शिक्षामा पनि १ करोड ३ लाख ९४ हजार २ सय ८० रुपिया लगानी थियो । ब्यतिmगत कर्जा पनि १२ लाख २९ हजार ३ सय५५ रहेको छ । हायर पर्चेज कर्जा पनि १८ लाख ३० हजार ९ सय ७० रहेको थियो । यो लगानीले ग्रामिण क्षेत्रमा उत्पादन वृद्धि गर्दै स्वरोजगारको अवस्था सिर्जना गर्दै देशको जिडिपीमा योगदान गर्दै आएको देखिन्छ,त्यसै गरि बैदेशिक रोजगारी क्षेत्रमा पनि लगानी गरेर रेमिटान्स भित्रयाउने योजना देखिएका छन् । रेमिटबाट सिधै सहकारीको कर्जा असुल गर्ने विधि अपनाउन सहकारीले आफ्नै ग्रामिण क्षेत्रमा रेमिटान्स सञ्चालन गरेको छ । जस्ले गर्दा लगानी र असुलीलाई ब्यवस्थित देखिएको ब्यवस्थापक चौधरीको भनाई थियो ।

